यो बर्षको मनसुन भित्रियो

यो समाचार 336 पटक पढिएको

काठमाडौं । यो वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागबाट सोमबार बेलुका मनसुन प्रवेश गरेको हो ।

तर पू्र्णरूपमा सक्रिय हुन र देशभरि नै फैलन भने अझै केही दिन लाग्ने अनुमान गरिएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रन्छ । तर यो वर्ष २ दिन ढिला गरी सुरू भएको महाशाखाले जनाएको छ ।

सन् २००९ देखि लगातार २–४ दिन ढिला गरी मनसुन भित्रिएको छ । साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।

यो वर्ष मध्य तथा सुदूर पश्चिमका धेरै ठाउँमा सामान्य भन्दा कम वर्षा हुने र बाँकी भूभागमा सामान्य वर्षा हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।