दानाका लागि मकै उत्पादन कार्यक्रम

यो समाचार 137 पटक पढिएको

हेटौँडा, २ माघ । मकवानपुरमा दानाका लागि मकै उत्पादन कार्यक्रम सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले दानाका लागि अभियानमुखी मकै उत्पादन कार्यक्रमको थालनी गरेको हो । Maizeकार्यालयका प्रमुख महेश रेग्मीले मनहरी, हटिया र छतिवन गाविसमा उत्पादनमुखी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मकै विकास कार्यक्रमबाट प्रतिहेक्टर तीन मेट्रिक टन मकै उत्पादन हुन्छ भने अभियानमुखी कार्यक्रममा प्रतिहेक्टर छ मेट्रिक टनभन्दा बढी उत्पादन हुन्छ । प्रमुख रेग्मीले यो खेती सिञ्चित र पकेट क्षेत्रमा मात्र गरिने भएकाले यसबाट अत्यधिक उत्पादन हुने र यो उत्पादन खानका लागि नभई दाना बनाउनका लागि प्रयोग गरिने बताउनुभयो ।

 
बढ्दै गएको दानाको मागलाई लक्षित गरेर थालिएको यो कार्यक्रम प्रभावकारी हुने कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत काशीराज हमालले यो कार्यक्रमअन्तर्गत प्राविधिकको रेखदेखमा राखेर खेती गराइने भएकाले पनि उत्पादन लक्ष्य बमोजिम हुने दाबी गर्नुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :