सावधान ! खसीको भन्दै बाख्राको मासु

This post has already been read 172 times!

 खसी भनेर बाख्राको मासु बेच्ने चार व्यापारी पक्राउ 

सिराहा, १ माघ । खसी भनेर बाख्राको मासु बिक्री गर्ने चार व्यापारीलाई इलाका प्रहरी कार्यालय लाहानले विशेष सुराकीको आधारमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका– १ का मो. बसिर, सोही ठाउँका मो. हजरफ अली, मो. मस्तकिम र मो. फिरोज रहेका छन् ।

Motton meat

घरमै बाख्रा काटेर लहानस्थित तरकारी बजारमा बिक्री गरिरहेको अवस्थामा चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लाहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका व्यापारीहरूले आफूहरूले बाख्राको मासु बेचेको स्वीकारेका छन् ।

पहिल्यैदेखि खसी भनेर बाख्राको मासु बिक्री गर्दै आएकाले विशेष सुराकीको आधारमा पक्राउ गरिएको फुयाँलको भनाइ छ । बरामद गरिएको ६० किलो बाख्राको मासु इलाका प्रशासन कार्यालय लहानको रोहवरमा नष्ट गरिएको उहाँले बताउनुभयो । बजारमा अहिले खसीको मासु प्रतिकिलो ६ सयमा बिक्री भइरहेको छ ।