‘किसानलाई दूधको मुल्य धेरै देउ

यो समाचार 99 पटक पढिएको

काठमाडौ, १ माघ\  केन्द्रीय दुग्ध सहकारी संघले किसानले पाउने दूधको मुल्य बढाउन माग गरेको छ । लागत बढेपनि दुग्ध विकास संस्थानले त्यस अनुसारको मुल्य नतोक्दा पेशाबाट पलायन हुने अवस्था आएको भन्दै संघले किसानले पाउने दूधको मुल्य बढाउन र उद्योगले कम मात्रै नाफा खाएर बेच्ने बनाउन सरकारसंग माग गरेको हो ।

milk

संघका अध्यक्ष माधव कोइरालाले दूध तथा दुग्धजन्य पदार्थ आयात भइरहेको तर उचित मुल्य नपाउँदा देशका दुग्ध उत्पादक किसान भने पेशावाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै किसानलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

दूध धेरै उत्पादन हुनपर्ने सिजन भएपनि किसान आकर्षित हुन नसक्दा अहिले दुग्ध विकास संस्थानले दैनिक २० हजार लिटर दूध भारतबाट मगाइरहेको र बार्षिक रुपमा ५ अरब रुपैयाँको दुग्धजन्य पदार्थ आयात भइरहेको अध्यक्ष कोइरालाको भनाई छ ।

केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध विकास संस्थानले लागत मुल्य अध्ययन समितिले दिएको सिफारिस कार्यान्वयन नगरेकोमा आपत्ति पनि जनाएको छ । संघमा १८ सय वटा दुग्ध उत्पादक सहकारी संस्थाका झण्डै १० लाख किसान आवद्ध छन् ।

उज्यालोबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :