च्याउको ब्याबसयिक खेती

यो समाचार 526 पटक पढिएको

फंगस समूह को जिबाणु ,बनस्पति जागत मा पर्ने च्याउ एक प्रकार को खाध्य तत्व हो l अरु विरुवाहरुले जस्तो आफ्नो खाना आँफै बनाउन नसक्ने हुदा च्याउ लाई खान सक्ने खाना बनाइ दिएर हावा पानी मिलाई सुरक्ष्यित स्थानमा ब्यवस्थित सँग यसको खेती गरी उत्पादन गर्न सकिन्छ l काँचो र नपाकेको वा पुरै सडेको पदार्थमा यसको उत्पादन नहुने हुदा यसलाई हरियो र काँचोपन हटेको तर त्यस बस्तुको तत्व नस्ट नभै सकेको पदार्थ चाहिन्छ l जस्तै पराल सुकेको हुन्छ तर कुहेको हुँदैन वा तत्व सकिएको हुँदैन l

च्याउमा मसिना रेसा जस्ता तन्तु हुन्छन जसबाट फैलिएर ठुलो साइज़ मा खान योग्य च्याउ तयार हुन्छ च्याउ तरकारीको रुपमा प्रयोग गरिने अती स्वादिलो साथै मानिसको लागि उपयुक्त खाना हो यसलाई साकाहारी र माम्साहारी दुबै थरिले मन पराउने हुदा यसको ब्याबसायिक खेती गरी ठुलो आम्दानी गर्न सकिन्छ l
Masroom

 

च्याउ को इतिहास

छ सय बर्ष पहिले देखी चीन मा गरीएको च्याउको खेती गरेको पाईन्छ प्रचिन कालका बादशहहरुले अनेक प्रकारका रुपमा प्रयोग गरिने भोजनका साथै औषधीयुक्त च्याउ खाइ आफुलाइ सधैं जबान राख्न चाहन्थे l
बिकसित देशहरुले च्याउको उत्पादन उपयोग र त्यसको महत्वबारे जन समक्ष्य ल्याइ उत्पादन र उपयोग गरेका छन अन्तरराष्ट्रिय जगतमा च्याउ खेती किसानको एउटा सशक्त खेती र च्याउका बारेका ब्यापक प्रचार प्रसार गरी जन समक्ष्य ल्याइ च्याउको उपभोग्य संसार फराकिलो पारीदिएको छ l छिमेकी राष्ट्र चिन लाई नै हेर्ने हो भने सशक्त च्याउ उत्पादन गर्ने र अरु देशलाई च्याउ बिक्री गर्न सक्ने देखिन्छ नेपालको बजारमा चाइनाकै च्याउको क्यान पाईन्छ भारतमा पनि प्रसस्त रुपमा अहिले पनि च्याउ खेती भएको र धेरै
च्याउका विउहरु पनि चाइना र भारतबाट नेपालमा ल्याइेएको पाईन्छ / हाम्रो देशको नजिकै भारतको पश्चिम बंगाल र सोलानमा पनि धेरै च्याउ खेतिको राम्रो प्रचार प्रसार भएको पाईन्छ l हाम्रो देशमा पनी च्याउ खेती ३५ देखी ३८ बर्ष को ईतिहास रहेको पाईन्छ l

कन्ये च्याउ खेती

सानो पुँजिको उत्पादनले क्रान्ति ल्याउन सक्ने कन्ये च्याउकै बारेमा भन्ने हो भने २० देखी २५ हजारको लगानिमा ३० × १४ फिटको छाप्रोमा एक पटक खेती गर्दा राम्रोसँग मेहनत गरे १५०० किलो च्याउ उत्पादन गर्न सकिन्छ एउटा छाप्रोमा वर्शको दुइचोटि खेती गरे ३००० किलो च्याउ फलाउन सकिन्छ , यती सानो संसारबाट यात्त्रो च्याउ उत्पादन हुन्छ l कन्ये च्याउ काठमान्डू मा पुष माघमा पनि उत्पादन भएको छ झापाको केचना नजिकैको चाराली र धुलाबारी सम्मको गर्मी ठाउमा पनि कन्ये खेती गरिएको छ / हिमालि भेगको जौको नलदेखी पहाडको मकैको ढोड , खोस्टा र तराइको खोलाको काँसदेखी गहुँको छवाली र परालमा समेत् कन्ये च्याउको खेती गर्ने स्रोत हुन l तरकारी , अचार् सुकाएर जसरी पनि बिरामी र सुत्केरी जस्ताले पनि दुब्ला र मोटाजस्तालाई पनि बुढा , युवक , र वच्चा सबैले खान हुने / खेती गरेको २० देखी ४० दिनमै उत्पादन लिन सकिने नेपालको एक स्तरिय खेती कन्ये च्याउ हो नेपालमा कन्ये च्याउको खेती राम्रोसँग गरे १२ महिना नै गर्न सकिन्छ । गोब्रे च्याउ भन्दा स्वास्थ्यको हिसाबले कन्ये च्याउ खानको लागि धेरै उपयुक्त मानिन्छ ।गोब्रे च्याउमा जस्तो यसमा डि ए पि , युरिया र चिनी मल जस्ता रासायनिक मल प्रयोग गरिदैन । गोब्रे च्याउलाई खान अयोग्य सोडा प्रयोग गरेर धोइन्छ भने कन्ये च्याउमा यस्तो केमिकल प्रयोग गरेर पखालिदैन । सिधैपोकाबाट टिपेर बेचिन्छ । हर हिसाब, हर ठाउमा , यसको उत्पादन गर्न सकिन्छ ।

छाप्रा बनाउन चाहिने सामानहरु

– छाप्रो बनाउन आवश्यक हतियार
– बाँस
– बाँसका छाप्रालाई मिल्ने नापका खामाहरु
– बाँसका बलाहरु

– घुमाउने भाटाहरु
– सिधा भाटाहरु
– छाप्रोको खामा, बला र भाटाहरु बाँध्ने डोरी
– छाउने प्लास्टिक
– माथिबाट छोप्ने गुन्द्री
-पोका झुन्ड्याउदै जाँदा विचमा टेका दिने बलाहरु
-सिकुवा बार्नको लागि आवश्यक भाटा , किला , बाँस , पराल वा छवाली

कन्ये च्याउको छाप्रो कस्तो चाहिन्छ ?

झुन्ड्याउने प्रविधिको कन्ये च्याउको छाप्रो निश्चित नापको चाहिन्छ । कती पोका झुन्ड्याउने, कती अट्छ सबै पहिले नै योजना बनाउन पर्दछ। आफ्नो जग्गाको स्तिथी हेरेर छाप्रोको तयार गर्ने । छाप्रो पुर्व,पश्चिम, उत्तर, दक्षिण जता फर्काएर बनाए पनि हुन्छ । पहिला धुरिमा खामो गाड्ने, धुरिको खामो १ फिट पर विचको झुन्ड्याउने खामो गाड्ने । धुरी खामोको साँढे ४ फिट पर छेउको झुन्ड्याउने खामो गाड्ने । अर्को पट्टि पनि त्यसरी नै यही नापमा विचका र छेउका झुन्ड्याउने खामाहरु गाड्ने । साँढे ४ फिटको ठाउमा छाप्रामा पानी हाल्ने र च्याउ टीप्न जाने बाटो रहन्छ । विचमा दुई खामोबिच २ फिट फरक ठाउमा मानिस हिंड्न चाँही ठाउँ हुँदैन तर त्यो विचबाट छिरेको हावाले विच भागअको च्याउलाई राम्ररी फाल्न सहयोग पुर्याउँछ । दुबैपट्टि सिकुवामा ३ फिटमाथि छ फिट सम्मको दुरिमा झ्याल हुनुपर्छ । त्यसभन्दा माथिको भाग बन्द गरी बार्नुपर्छ । यसरी ३ फित्देखी छ फिटसम्मको उचाइमा खोलिएको झ्यालमा केही बाँसका भाटाले बुनेको जाली आकारको टाटी त्यसमा झुल माथिबाट लाउन र खोल्न मिल्ने कालो प्लाश्टिकको झ्यालमा दुबैपट्टि सिकुवामा हुनुपर्छ । मानिस पस्ने ढोका सधैं बन्द हुनुपर्छ । च्याउ फलेको बेलामा च्याउलाई चाहिने आवश्यक हावा दिन मिल्नेखालको छाप्रो हुनुपर्छ । पराल वा छवालिले राम्ररी सिकुवा बार्नुपर्दछ । सिकुवा बारेको राम्रो भएन भने छिद्र वा दुलाबाट किरा र घाम पसी च्याउलाई बाधा पुर्याउछ । छानामाथि हालेको गुन्द्री मिलेको हुनुपर्दछ , गुन्द्री पातलो भए वा हुँदै नभए प्लाश्टिकबाट घामको तातो छिरेर फलेको च्याउलाई सुकाइदिन्छ । छाप्राका झ्याल सिधा हावा सरर छिर्ने खालको हुनुपर्दछ। हावा नछिर्ने छप्रामा उत्पादन कम् हुन्छ ।
छाप्रोको लागि बाँस कस्तो चाहिन्छ?

बाँस हुनेबितीकै सबै बाँस छाप्रोको लागि उपयुक्त हुँदैनन । यसमा पनि कन्ये च्याउको झुन्ड्याउने प्रबिधिको छाप्रोमा त धेर बोझिलो कामको छाप्रो हो । कन्ये च्याउको छाप्रो बनाउने बाँस स्तरिय,बलियो,छिप्पेको, सिधा, र राम्रो जातको चाहिन्छ । कलिलो, बाङ्गो,किराले खाएको र कमसल जातको काम लाग्दैन । राम्रो बाँस निश्चित नाप गुणस्तर सिपमा छाप्राको काम सुरु गर्नुपर्दछ । छाप्राको लागि आवश्यक बाँसका सामानहरु खामा, बला, र भातहरु ठीक मिल्दो साइजका हुनुपर्दछ । बाँसका यि सामान कमजोर अभाव भयो भने स्तरिय काम लाग्ने छाप्रो बनाउन सकिदैन ।

छाप्रो च्याउ खेतिको लागि मानिसहरु बसेको घर भन्दा प्लाश्टिकले छाएर माथिबाट गुन्द्रिले छोपिएको प्लाश्टिक घर बढी राम्रो हुन्छ । यस्तो प्लास्तिक घर बनाउनलाई हाम्रो आर्थिक हिसबमा बाँसको भाटा बनाइ प्लाश्टिक् ओढाएर बनाएको छाप्रो चलन चल्तिमा छ । हुन त बाँसको ठाउमा फलाम प्रयोग गर्दा खर्छ बढी
हुन्छ र पछी फलाम खियाले भाचिदा वा बिग्रदा कवाडी मुल्यमा जान्छ भने बाँसलाई तरकारीको थाङ्ग्रो र पराल बफ्याउदा वा दाउराको रुपमा बाल्ने काममा समेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पहिलो बाँस स्वदेशी उत्पादनको सदुपयोग भयो पुन प्रयोग गरिने पदार्थ भयो तेस्रो काम मुल्यमा किन्न सकिने भयो । फलाम भन्दा बाँस धेरै कम् मुल्य र सरल खर्चमा पर्दछ ।

खामोको बाँस कस्तो चाहिन्छ?

खामोको लागि बाँसको फेदको भाग सिधा,बलियो र बलाभन्दा केही ठुलो छाप्राको पुरै भारी थाम्ने हुन पर्दछ । प्रत्यक खामोको बलो राख्ने ठाउको चोक आँख्लामा हुनुपर्दछ नत्र बलो राख्दा खामो चिरिन्छ । खामो कती गाढ्ने भन्ने कुरा ठाउमा भर पर्दछ। सामान्यतया साँढे १ फिट गाड्नु पर्दछ । यो पनि ठाउँ हेरी खाल्टोमा इन्टा,ढुङा राख्ने सतर्कता अपनाउने हो भने पछी भासिने समस्याले दु:ख पर्दैन । खामो जुन जातको बाँस भएपनी हुन्छ तर खामोको काम धान्ने हुनुपर्दछ ।

खामोको उचाइ 

यहाँ हाम्रो छाप्राको आधारमा टहराको वर्णन गरिएको छ। अग्लो उचाइमा धेरै पोका अट्ने र टहरो स्तरिय हावा राम्रो सन्चालन हुने र व्यवसायिक हिसाबले सान्दर्भिक हुने भएकाले यस प्रकारको उचाइमा जोड दीएको हो। जस्तै
-धुरी खामो १० फिट उचाइको आवश्यक अनुसार
-विचको खामो ९ फिटका आधा उचाइको ७ फिट आधाको फरकमा गाड़ने र कमजोर खामो भए
मिल्दो गरी गाड्ने
-विचको अर्को लाइन खामो पनि ९ फिट्का आधा उचाइको ७ फिट आधाको फरकमा गाड्ने
-छेउका दुबै पत्टिका खामाहरु ७ फिट आधा उचाइका ७ फिट आधा फरकमा गाड्ने ।
——————————————————————————————————————————
खामाले थेग्नुपर्ने भार

झुन्ड्याउने कन्ये च्याउमा एक पोकाको तौल् ५ देखी ७ के.जि सम्म हुने भएकाले चार पाँच सय पोकाको तौल् तीन हजार के.जि सम्म भार थेग्ने खालको खामो गाड्नुपर्दछ। खामाहरु बलिया भएनन भने थेग्न सक्दैनन र छाप्राहरु लड्छन। छाप्रो बनाउदा नै पछीको समस्या प्रती गहिरो सोच राखेर काम गर्नु पर्दछ। पोका झुन्ड्याइसकेपछि खामो कमजोर भयो भने बलो लर्केर पोका भुइमा लड्छ र पोका बिग्रन्छ।
—————————————–

—————————————————————-
घुमाउने भाटाहरु
च्याउ छाप्रोमा भाटा दुई प्रकारअका हुन्छन । घुमाउने र सिधा घुमाउने भाटाले डाँडाको काम पनि गर्नुपर्ने भएकाले भाटा भरपर्दो, दरो, र स्तरिय हुनुपर्दछ। घुमाउने भाटा किरा लागेको मसिना, लुलो, झिनो र गान्सेको
हुनुहुन्दैन। छाप्रो स्तरिय बनाउनको लागि यो भाटा २ फितको फरकमा राख्नु पर्दछ। छाप्रोको निश्चित नाप मिलाई दुबै लाइनमा २ फिटको किला ठोकेर बलियो गरी गाड्ने। धुरी बलो माथिबाट भाटा मिलाई दुबै पट्टि किलामा घुमाउने भाटो बांध्ने । यसरी किलामा डोरिले बाँधेको भाटा उसै गाडेको भन्दा बलियो हुनको
साथै स्तरिय छाप्रो बन्दछ बातासले उडाउने समस्या कम् हुन्छ। बाँस चिर्दा खेरी नै स्तरिय भाटा चिर्नु पर्छ ।
——————————————————————————————————————————
सिधा भाटा
यो घुमाउने भाटाको सहयोगी पनि हो। यो भाटा टुक्रा कमजोरी खालको हुँदा पनि हुन्छ। सिधा भाटा घुमाउने भाटा लाई सहयोग गर्दै छानाको काम पुरा गर्ने भएकाले टुक्रा खेर जाने खालको बाङ्गा टुप्पा साना सबै खालको भाटाहरु सिधा तेस्रो भाटामा प्रयोग गर्न सकिन्छ।
————————————————————————————————————
पराल
कन्ये च्याउ खेतिको लागि राम्रो पराल चाहिन्छ। पराल पठुवा पाकेको वा नपाकेको दुबै हुन्छ। पठुवा पाकेको पराल अली नरम र पोका पार्न सजिलो हुन्छ।निम राखेको पराल अररो कडा हुने हुनाले पोका पार्दा प्लास्टिक छेड्ने र पोका मिलाउने समस्या हुन्छ, उत्पादनमा दुबै उस्तै हुन। कन्ये च्याउको लागि पानीले भिजेको कालो टिका लागेको, मकिएको र कुहिएको हुनु हुँदैन। पुरानो पराल हुन्छ तर नयाँ पराल राम्रो नसुकेको हरियो वा डाठमा चिसो भएको हुनु हुँदैन। धेरै मलिलो ठाउको पत्ता बढी भएको परालमा उत्पादन कम् हुन्छ। धान
फलेको बालो भागमा च्याउ उत्पादन हुँदैन । रुखो खेतको डाठ बढी र पात घटी भएको परालमा उत्पादन बढी हुन्छ। परालबाहेक गहुँको छवाली मकैको खोस्ता,उखुको रस निचोरेको बाँकी डाठ र कान्समा पनि कन्ये च्याउमा खेती गर्न सकिन्छ । तर परालमा जती उत्पादन भने लिन सकिदैन ।
————————————————————————————————————
पराल काट्ने सामान 
कन्ये च्याउ खेतिमा पराल पोका पार्नु पर्ने हुनाले पराललाई टुक्रा पार्नुपर्दछ । पराल कात्नुलाई भुशा काट्ने भन्ने गरिन्छ। हामीले दुई प्रकारअका हतियारले पराल टुक्रा बनाउछौ। सानो खर्चको कैची र ठुलो हातले वा
मोटर् विजुलिबाट चल्ने ब्लेडवाला मेसिन दुबै हतियार पराल काट्नलाई आफ्नो आर्थिक क्षमताअनुसार प्रयोग गर्न सकिन्छ। यसरी कातेको पराल आधा इन्च देखी दुई इन्चसम्म प्रयोग गरिएको हुन्छ । आधा वा एक इन्चको पराल छोटो हुँदा पोका मिलाउन सजिलो हुन्छ भने देढ वा दुई इन्चको परालको टुक्रामा च्याउ टिप्दा धेरै खाल्टो पर्छ र अर्को पटकालाई फल्ने पराल खेर जान्छ। देढ वा दुई इन्चको परालमा च्याउ टिप्दा पोका त्यसरी धेरै खेर जाने गरेर आउँदैन।
————————————————————————————————————
पराल पखाल्ने ठाउँ

कन्ये च्याउको राम्ररी पखाल्नु पर्ने हुनाले ठाउँ वा भाडो निश्चित हुनुपर्छ। आफ्नो आर्थीक अवस्था अनुसार पखाल्ने ड्रम , बाटा वा सिमेन्टले प्लश्टर गरिएको पोखरी हुनु जरुरी छ। यसरी काटेको टुक्रा पराललाई राम्रोसँग पखालेर मात्रा बाफ्याउनू पर्दछ। पराल राम्ररी भिज्ने गरी केही समय २ देखी ३ घण्टासम्मा पानीमा डुबाइ राख्ने त्यसपछी दुइवटा तरिकाले उठाउन सकिन्छ सानो थोर र फुर्सद छ भने परालको पानी तर्काइ बफ्याउने भान्डोमा भरी बफ्याउने। यदी तुरुन्तै पोका पार्नुछ भने ४०, ५० के.जि को जुट को बोरामा भरी बोरमै बफ्याउने गरी ड्रममा भर्ने किनकी बोराको पराल अर्को खाली बोरा हातमा पन्जा जस्तै लगाएर तातो बोरा झिक्न सकिन्छ त्यही तातो ड्रममा अर्को पराल बफ्याउन सकिन्छ।
————————————————————————————————————

चुलो

आफ्नो आर्थिक अवस्थाले जुटाएको भाडोअनुसारको चुलो हुनु जरुरी छ। व्यबसायिक हिसाबले खेती गर्दा चाँही उपयुक्त भाडो ड्रम नै हो। एक ड्रममा ९ देखी १० वटा पोकासमा बफ्याउन सकिन्छ। बफ्याउने चुलो ड्रमको लागि १६ इन्च गहिरो चुलो गोलो वा चारपाटे दुबै हुन्छ। चुलो जमिनको सतहभन्दा तल भएमा पाकेको पराल ड्रमबाट झिक्न सजिलो हुन्छ। बातासले आगोलाई हान्दैन र अली छिटो हुन्छ। जमिनको सतह माथि हुँदा पराल झिक्न असजिलो हुन्छ। बातासले बढी सताउछ। यो चुलो दाउराको भुस भरेर दाउराले मात्रा पकाउने हो भने उचाइ १० इन्च र फराकिलो १६ इन्चकै चुलो ठीक हुन्छ। अहिले आधुनिक चुलो पनि प्रयोगमा आएको छ ।

———————————————————————————————————————————-
बफ्याउने तरिका

कन्ये च्याउ खेतिको लागि मेशिन वा कैचिमा टुक्राएको पराललाई पखालेपछी ड्रम वा भाडोमा ६ इन्च पानी राखी पानीमा सफा खालको इटा वा ढुङ्गा राखी ड्रम भए त्यसैको माथिको विर्को भाग काटी त्यो बिर्कोलाई ढलाई काटी ले प्वाल पारी ड्रममा त्यो विर्कोलाई छिराइ इटा माथि राखेर त्यसपछी खुला वा जुटको बोरामा
झरेको परालको बोराले ड्रम भर्दा बोरा टाडे पर्‍यो भने परालको बोरा नताती एकै फेरी वाफ माथि आउछ । परालको बोरा ड्रममा भर्दा निकै ध्यान दिएर टाडे नपर्ने गरी मिलाएर भर्ने। बोरा वा परालले ड्रम भरिएपछी बाक्लो प्लाश्टिकले बोरासहित ड्रमको मुख छोपी साइकलको ट्युबले कसेर ड्रमको मुख बान्ध्ने। ड्रमको सबै भागमा तातो पर्ने गरी आगो लाउने, यसरी पराल तातेर माथिसम्म वाफ आएपछी प्लाश्टिक भुक्क भएर फुल्छ। पूरा तातेपछी वाफले ट्युब र प्लास्टिक फालिदिन्छ। त्यस बेला ड्रमको खुल्ला वा बोराको पराल पूरा सबै तातेको छ कि छैन भनी राम्रोसँग छामेर हेर्ने। यदी पराल वा बोरा सबैमा तातो पुगेको छैन भने तात्ने गरी फेरी बप्ग्याउने । पुरै पाकेर मात्र झिक्ने। नपाकेको परालमा कन्ये च्याउको विउ बाँच्न सक्दैन। जङ्गली च्याउ उम्रन्छ र हरियो ढुसिले आक्रमण गर्छ।

सानो हिसाबमा थोरै खेती गर्दा आफुसँग भएका डेक्ची, ड्रम जस्ता भाडा मा पनि हामीले बफाउन सक्छौ। ड्रममा जस्तै पिधमा ६ इन्च पानी त्यसमा सफा इटा वा ढुङ्गा राखी त्यसमाथि केही बाँसका कप्टेरा वा साना साना साइजको काठको मिल्ने फ्ल्याक वा फलाम का जाली केही मिल्दो जुल्दो गरी त्यसैमा पराल राखेर
बफ्याई घरेलु उत्पादनको कार्य गर्न सक्छौ ।
————————————————————————————————————
पोका पार्ने ठाउँ 
पराल बफ्याए पछीको महत्वपूर्ण दोश्रो काम पोका पार्नु हो। यसको लागि राम्रो ठाउँ चाहिन्छ। ठुलो खेती गर्नेले छुट्टै पोका पार्ने टहरा बनाउछन । सानो खेती गर्नेले च्याउ लगाउने टहरामै पोका पार्छन। यसको लागि मझेरी मिलेको हुनुपर्दछ, त्रिपाल वा बाक्लो प्लाश्टिक ओछ्याइएको हुनुपर्छ,पोका पार्ने कोठामा सफा पारी डायथिन् एम ४५ लुगा धुने सरफ १ लिटर पानीमा १०० ग्रामका दरले राखी छाप्रो र भुइमा सबै तिर स्प्रे गर्ने।
————————————————————————————————————
बफ्याएको परालमा

-वेविस्तिन १ लिटर पानीमा ५ ग्रामका दरले
-फर्मालिन १ लिटर पानीमा ५ एम.एल का दरले रेन्कर को निमतेल १ ली .पानीमा २ एम.एल मिलाई आफ्नो आवश्यक परालको आनुपातमा औषधी घोली स्प्रेमा हाली पोका पार्ने ठाउमा स्प्रे गर्दै खन्याउदै
गर्ने यसरी पोका पार्ने ठाउमा खन्याएको परालमा सबैतिर औषधीको मात्रा पुगेको हुनु पर्दछ। नत्र त्यो पराल रोग मुक्त हुन सक्दैन र हरियो ढुसी र जङ्गली च्याउले आक्रमण गर्छ। औषधी स्प्रेसँग हातले चलाएर पनि मिलाउनु पर्दछ।

पोका पार्ने ठाउमा जुत्ता चप्पल लगाएर जान पनि मनाही गर्नुपर्दछ। कुनै फोहोर मैला हात खुट्टा लिएर काम गर्न हुँदैन। खाजा, चिया, चुरोट, र खैनी जस्ता पदार्थ त्यहा बसेर सेवन् गर्नु हुँदैन। आगोबाट झिक्दा झिक्दै कही तातै वा वाफ छुट्दै गरेको पनि पोका पार्दा हुन्छ। चिसो भएपछी पारे पनि हुन्छ। तातोले पराल पोका पार्न सजिलो हुनुका साथै ढुसी पनि चाडै फैलिन्छ।
————————————————————————————————————
प्लाश्टिक

कन्ये च्याउ खेतिको लागि राम्रो सिफारिस प्लाश्टिक १६× २६ को एल डिलाइ हो । आर्थिक तथा व्यबहारिक हिसाबअले १६× २६ साइजको प्लाश्टिक २० ग्राम तौलको ठीक हुन्छ। प्लाश्टिक धेरै पातलो हुँदा पोका कसिदैन, पोका कसिएन भने खुकुलो पोकामा उतपादन कम हुन्छ l बढ़ी बाक्लो प्लास्टिक मा पोका पार्न असजिलो भाई पोका बाध्दा प्लाश्टिक मर्किदैन र कस्न सकिदैन भने

बाक्लो तौल् बढी हुँदा मुल्य पनि बढी पर्दछ।
————————————————————————————————————
च्याउ खेतिको लागि बिउ

अरु खेतिलाई जस्तै च्याउ खेतिलाई पनि राम्रो विउको आवश्यकअता पर्छ। विउको स्तर छुट्याउन त समस्या नै छ तर पनि मदर कल्चरको माउ बिउ राम्रो हुन्छ। यसको लागि विश्वासनिय प्रविधिसँग
संपर्क राखी पछी उत्पादन नराम्रो भए सो खेतिको जवाफदेही प्राबिधिकले लिने सर्तमा च्याउको विउ खरिद गर्नु पर्दछ।

विउ कस्तो हुनुपर्दछ? 

-विउमा कालो हरियो कुनै रङ्ग देखिनु हुँदैन।
-बोतल वा प्लाश्टिकमा हेर्दा राम्ररी ढुसी फैलिएको हुनुपर्दछ।
-विउ बनाएको मिती धेरै भै च्याउ पलाइसकेको पनि हुनु हुँदैन।
-विउ कुहिएको गन्हाउने कडा डल्ला भएको हुनुहुँदैन।
—————————————————————————————————————————
पोका पार्ने तरिका

प्लाश्टिकको थैलो बन्द भएपट्टि मुजा पारी रबर वा सुतलिले बाध्ने र १ लिटर पानीमा ५ एम.एल फर्मालिन मिलाई भाडो मा राख्ने र प्लास्टिक थैलो फर्मालिन पानीमा चोभ्ने र त्यो चोभेको भागअलाई पराल भर्ने पट्टि फर्काइ पोका भर्न सुरु गर्ने। पहिला विचमा हाल्ने भागको आधा भाग बिउ प्लास्टिकको पिधमा राखेर पराल भर्न सुरु गर्ने। कारीब २ इन्च खादेको परालको फरकमा बिउ रख्दै जाने l

एक पोकाको उचाइ १२ देखी १४ इन्चको हुनुपर्दछ। यसमा लगाइने विउलाई तह भनिन्छ। एउटा पोकामा ५ देखी ७ तहसम्म विउ छर्नुपर्दछ। पराल पुरा भएपछी अन्त्यमा पनि पिधमा जस्तै विच भागको तुलनामा आधा विउ हाल्ने एक पोकामा १५० ग्रामदेखी २०० ग्रामसम्म विउ चाहिन्छ। पोका बाध्ने बेलामा पहिला पराल मिलाई जोडले खाद्ने । पोका भर्दा पराल प्रेसले खादेर मात्रा विउ राख्दै जाने। पोका खादिएन भने उत्पादन कम् हुन्छ। विउ हाल्दा बाहिरबाट देखिने भागपट्टि बिउ मिलएर त्यहाँ प्रश्ट देखिने गरी हाल्ने भित्रपट्टि नदेखिने भागमाविऊ छेउको तुलनामा ४ भागमा एक भाग मात्र हाल्ने। त्यसो हुँदा छेउबाट ढुसी फैलिएर सबै पराललाई राम्ररी ढुसिले ढाक्न सक्ने पोका हातले मात्र कस्न नसके घुडा को सहायतामा पनि खाद्न सकिन्छ। कन्ये च्याउ राम्रो फलाउन राम्ररी खाद्नुपर्दछ। यसरी खाद्ने काम पूरा भएपछी च्याप्प हातले पोकाको प्लाश्टिकको मुख समाइ केही घुमाएर रबर वा सुतलिले बाध्ने र सिरक तग्ने ठुलो सियोले २०० देखी २५० वटा सम्म सबैतिर पर्नेगरी प्वाल पार्ने। एउटा मात्रा सियोले खोप्दा धेरै समय लाग्ने हुँदा १० देखी १२ वटा जती सियोलाई एउटा बट्टा को वारीपरी राखेर ट्युबको केही सानो भागले बाध्ने र खोप्ने । २० पटकामै २०० भन्दा माथि प्वाल हुन्छ।
———————————————————————————————————-
पोका राख्ने ठाउँ
पोका पारेर खोपिसकेपछी केही समय पोकालाई भुइमा प्लास्टिक ओछ्याएर राख्ने। ७ देखी १० दिन पछी झुन्ड्याउने, भुइमै राख्ने भए लाइन मिलाएर पानी दिने र च्याउ टिप्ने बाटो मिलाएर राख्ने, यसलाई इटा वा ढुङ्गा माथि राख्दा बढी राम्रो हुन्छ। यसरी पोका पारेर ७ देखी १० दिन राख्दा पोकामा राम्रो ढुसी फैलिदै जाने हुनाले धुसिमा च्याउको फूलको जस्तै बास्ना चल्छ। यो बास्नाको कारण किराले र भुसुनाले ढुसिलाई आक्रमण गर्न खोज्छ। त्यसकारण रेगुलर औषधी प्रयोग गर्नुपर्छ। पोका पारेको दिन देखी लिएर च्याउको मुना
नआउन्जेल सम्म दैनिक औषधी स्प्रे गर्नुपर्छ।

पहिलो दिन : निम तेल १ लि. पानीमा २ एम.एल का दरले
दोस्रो दिन: निम तेल र डेसीस १ लि.पानीमा ५ एम.एल का दरले
तेस्रो दिन: निम तेल र वेबीस्टीन १लि. पानीमा ५ ग्राम का दरले
चौथो दिन: निम तेल र डेसीस १ लि.पानीमा ५ एम.एल का दरले
पचौ दिन : निम तेल २ एम.एल १ लि.पानीमा २ एम.एल का दरले

छैठौ दिन: निम तेल र वेबीस्टीन १लि. पानीमा २ एम.एल ५ ग्राममा
सातौ दिन : निम तेल र वेबीस्टीन १लि. पानीमा २ एम.एल ५ ग्राममा
———————————————————————————————————-
झुन्ड्याउने तरिका
पोका झुन्ड्याउनलाई छप्रो बनाउदा नै ध्यान दिनुपर्छ। सामान्यतया बलो भन्दा अली ठुलो बासको खामो हुनुपर्छ। बलो धेरै छिप्पेको सिधा तारु बास भए बढी राम्रो हुन्छ। यसमा एक बाट अर्को खामोको फरक ७ फिट आधामा गाड्दा एक कबोल वा एक खामो देखी अर्को खामोसम्मको ६ लाइन पोका झुन्ड्याउन सकिन्छ। यदी
टुप्पो वा लुलो बलो झुन्ड्याउदा नुहियो भने तीन वटा पोकाको विच्बाट टेको दिएर पनि कमजोर बास लाई सदुपयोग गर्न सकिन्छ। यसरी झुन्ड्याउदा बढीमा हामीले छेउको बलामा ६ फिट उचाइमा ४ पोका झुन्ड्याउने गरिन्छ।

बिचको बलामा ८ फिट उचाइमा ६ पोका झुनड्याउने l छाप्रो र खामो बलाको क्षेमेता कम छ वा उचाई होचो छ भने यो लेख भन्दा छाप्रो को स्थिति संग मिल्ने र थाम्ने हिसाब ले गर्न सकिन्छ l यसमा उन्लेख बमोजिम ३० फिट लम्बाई र १४ देखि १५ फिट चौडाई छाप्रो ७.५ फुटको र १४ देखि १५ फिट चौडाई छाप्रो मा ७.५ फट्को कबोलमा ६ लाइन झुनड्याउदा र छाप्रो मा पानी हाल्ने र च्याउ टिप्ने बाटो राख्दा ४६८ पोका झुनड्याउन सकिन्छ l
छेउको लाइनमा 4 × ६ = २४ लाइन हुन्छ
२४ लाइन × ४ = ९६ पोका हुन्छ l

२ छेउ ९६ × २ = १९२ बिचमा बाटो राख्दा
२३ लाइन ६ पोका को दरले २३ × ६ = १३८ बिचमा बाटो राख्दा २३ लाइन ६ पोका को दरले २३ × ६ = १३८ चार लाइन जम्मा = ४६८ हुन्छ l
————————————————————————————————————
पोका काट्ने कात्ने समय

गर्मी मौसममा कारीब १३ देखी १८ दिनमा र जाडो मौसममा २५ देखी ४० दिनमा पोका
कात्ने समय हुन्छ तर पोकाको स्थितिचाही राम्ररी जाँच्न सक्नुपर्छ ।

पोका काट्ने बेला भएको कसरी थाहा पाउने
क) हामीले पोका पारेको परालको कलर एकदमै फरक भाई रातो,पहेलो वा राम्रो पराल कलरमा हुनु।

ख) हामीले पोकामा राखेको विउको तह सबै ठाउमा एकै खालको हुनु। तल्लो र माथिलो तह जोड़ीनु
ग) पोकाको सबै परालमा राम्ररी ढुसी मिलेको देखिनु।
घ) विउमा देखिने गहुको दाना पुरै धुसिमा बिलाउनु ।
ड.) परैबाट हेर्दा ढुसिले आकर्शक पोका देखिनु।

हामीले बनाएको च्याउको पोकाको यो स्थिती देखिएपछी तुरुन्तै पोका काट्न सक्छौ।

————————————————————————————————————
पोका काट्ने तरिका

स्तरिय च्याउ फलाउना प्लास्टिक खोल्नु हुदैन सिमित ठाउबाट मात्र फलाउने गरी प्लास्टिक काट्नु पर्छ प्लास्टिक सबै खोल्दा च्याउको विरुवालाई खाने तत्व कम् हुन्छ फलस्वरोप च्याउ गुणस्तर को हुदैन । एउटा पोकामा ३ देखी ४ वटा ठाउमा काट्दा सबै भागबाट उत्पादन लिन सकिन्छ। अगाडि पट्टी र पछाडिपट्टी डोरिको छेउमा नयाँ ब्लेडले पराल नछरिने गरी र प्लास्टिक मात्र कट्ने गरी पराल राम्ररी काट्नु पर्दछ। कन्ये च्याउ प्लास्टिक काटेकोआधारमा झुपाको साइज निकाल्ने दुई ठाउमा काटे साना साना झुप्पा हुन्छ। यसरी प्लास्टिक काट्दा पानीको सुक्खापन कम हुन्छ। किरा, वा बाहिरी बतासले पनि धेरै सताउन सक्दैन। त्यसकारण लामो समयसम्म पोका सुरक्षित रहन्छ र उत्पादन बढी हुन्छ।
———————————————————————————————————–
पोका काटे पछी

पोका काटेपछि को समय भनेको नजिक को च्याउ फल्ने समय मा हामी पुगेका हुन्छौ l त्यसैले निकै ध्यान दिएर पोकामा पनि दिने झ्याल बाट हावा दिने जस्ता काम सक्रिय हुनुपर्छ l हावा दिदा छाप्रो बनाउदा निश्चित हिसाब ले राखेको झ्याल त्यसै बाट हावा खोल्न र छोप्न मिल्ने प्लास्टिक राखी गर्मि मा रातमा र जाडोमा दिउसो घाम लागेको बेलामा झ्याल खोलि हावा दिन सकिन्छ l हावा दिने झ्याल मा भित्र पट्टि झुल र बाहिर कालो कलर को बाक्लो प्लास्टिक ले राम्ररी ढाक्ने गरि मिलायको हुनु पर्दछ l झुल सधै किराहरु नपस्ने गरि राखियको हुनु पर्छ प्लास्टिक चाही खोल्न /निकाल्न मिल्ने हुनु पर्दछ l काटेको पोको धेरै समय सुक्खा भयो भने उम्रन लागेको बिरुवा मर्छ l त्यसैले बिरुवा ओसिलो भइरहनु पर्दछ l स्प्रे बाट राम्ररी सफा स्वच्छ र पोटास प्रयोग गरियको पानी दिदा च्याउ लाई l पानी दिदा सबै पोकामा पर्ने गरि दिनु पर्छ l जमेको वा कुलो को फोहोर र नराम्रो पानी च्याउ मा हाल्नु हुदैन l यसरि पानी को चिस्यान र राम्ररी हावा आवत जावत गर्ने झ्याल को ब्यबस्थित छाप्रो मा च्याउ राम्रो स्थारिया फाल्नु को साथै उत्पादन बढी हुन्छ l
———————————————————————————————————————————
च्याउ टिप्ने तरिका

हाम्रो खेतिमा फलेका च्याउ कलर पहिलेको भन्दा फिक्का सेता च्याउको पत्ता छेउ नै पातलो भई फुटन लागेको हुनु, झुप्पाको सबैभन्दा माथिल्लो पात केही कुप्रो आकारको देखिनु यि अवस्थाका च्याउ टिप्ने बेलाका हुन। डाक्टरहरुले कन्ये च्याउ हतियार प्रयोग गरी टिप्ने सल्लाह दिएका छन। तर यो तरिकाभन्दा रायोको साग जस्तै गरी घुमाएर टिप्दा त्यो च्याउको जरैदेखिको सम्बन्धित भाग आउने हुँदा अर्को आउने च्याउलाई पहिलेको पुरानो भागले समस्या पर्दैन। कटदा रहेको फेदको भागले निम्त्याउने भुसुनाको प्रकोप पनि कम् हुन्छ। काटेर रहेको भाग तुरुन्तै सफा गर्न नसके त्यसैबाट हरियो ढुसी चाडै फैलन्छ। त्यसकारण काटेर च्याउ टिप्ने भन्दा मर्काएर टिप्दा बढी राम्रो हुन्छ।
————————————————————————————————————

पोका सफा गर्ने तरिका

च्याउ तिपिसकेपछी त्यो तिपेको भागमा रहेको बाँकी मसिनो च्याउ वा टिप्दा भाचिएर रहेको डाठ को कुनै भाग वा त्यो च्याउ फलेको वारीपरी जमेको केही बाक्लो ढुसिको भाग च्याउ टीपिसकेपछी त्यस ठाउबाट अर्को फेरी च्याउ पलाउने भएकाले रहेको बाँकी डाठ, च्याउ र आवश्यक बाक्लो ढुसिलाई राम्ररी सफा गर्नुपर्छ। यसरी सफा गर्नाले अर्को पटक आउने च्याउलाई समस्या पर्दैन र सफा च्याउ उम्रन सक्छ। पोका सफा नगरनाले फेरी आउने च्याउलाई सढे गलेको भागले छोपी समस्या पार्छ र उत्पादन घट्छ। प्लास्टिक काटेको पोकामा सबै ठाउबाट च्याउ आउन खुल्ला नभएकाले सियोले खोपेको प्वालबाट च्याउ आउछ। त्यो प्वाल साघुरो भएकाले च्याउको केही फेदको भाग खिल जस्तो च्याउ टिप्दा उम्रेकै ठाउमा प्लास्टिक भित्र रहन्छ। यस्तो भागअलाई प्लास्टिक काटेर बाँकी रहेको भाग वा खिललाई निकाल्ने । च्याउ प्लास्टिक भित्र टुसाइरहेको छ तर बाहिर निस्कन नसक्दा प्लास्टिक भित्र विरुवा मर्छ र सढेर बस्छ। यस्तो सढेकोलाई पनि प्लास्टिक काटेर पोका सफा गर्नुपर्छ।

———————————————————————————————————–

कन्ये च्याउमा लाग्ने रोगहरु र यसको रोक थाम

१) हरियो ढुसी
२) कालो टिका
३) पोकाको केही भागमा देखिने कालो
४) भुसुना र किरा
५) पोकैमा पर्ने किरा

६) सुन्तला रङ्का किरा
७) चिप्ले किरा

हरियो ढुसी: कन्ये च्याउ खेतिमा लाग्ने सबै भन्दा ठुलो रोग हरियो ढुसी हो। यसलाई खेती गर्दा सफा हावा चल्ने र सफा पराल हुनुपर्छ। यसमा गर्नुपर्ने सफाइ र औषधीको तालिका बमोजिम काम गर्नुपर्छ। यसरी पनि पोकामा हरियो ढुसी देखियो भने तालिका अनुसारको फर्मालिन र वेविस्तिनको झोल बनाइ हरियो ढुसी आएको भागको प्लास्टिक आधा इन्चको फरकमा चिरेर औषधी झुम्रामा राखी केही मोडे जसरी हरियो ढुसी आएको भागमा लगाए नियन्त्रन हुन्छ।

कालो टिका : कुनै बिउ खराब हुने हुँदा पोका पारेको केही दिन पछी विउबाट नै कालो टिका देखिन्छ। यो कालो टिका बिउबाट आउने हुँदा पोकामा विउ राख्दा राम्ररी ध्यानपुर्याएर हेर्नु पर्छ।

पोकाको केही भागमा देखिने कालो : बफ्याउदा नपाकेको परालमा बिउ बाँच्न नसक्दा पराल कालो देखिन्छ।

भुसुना र किरा : च्याउमा बास्ना चल्ने भएकाले पोका पारेको लगत्तै च्याउको ढुसी खान भुसुना
आउछन। यसको लागि झ्याल झुल लगाउनुपर्छ र औषधी स्प्रे गर्नुपर्छ।

पोकामा पर्ने किरा: च्याउ ढुसी भुसुना ले खाए पछी ठुलो संख्या मा फुल पर्छ र पछी किरामा परिणत हुन्छ l

सुन्तले रंग को किरा : च्याउ फल्दै गरेको बेलामा च्याउ मा लाग्छ सुन्तले रंग को किरा यसको लागी १ एम .एल डेसिस मा ४ एम.एल नीम तेल प्रति लीटर पानीमा राखेर स्प्रे गर्ने

चिप्ले किरा : यो किरा लाइ बाटा माँ औषदी छरी नियंत्रण गर्ने l छाप्रो भित्र पानी जम्ने खाल्डो नराख्ने , छाप्रो भित्र जथा भाबी मान्छे लाई पश्न नदीने , च्याउ मा हाल्ने पानी पोटास हालेर मात्र प्रयोग गर्ने l

यी कुरा हरुमा मिहिनेत संग गरे तपाई एक कुसल च्याउ ब्याबसयी बन्न सफल हुनुहुनेछ ………..

प्रति १ के.जी च्याउमा पाइने पौषटिक तत्वहरु

-कार्बो हाइड्रेड ८१.८ –ग्राम
-प्रोटीन १०.५ –ग्राम
-बोसो —१.६ — ग्राम
-फाइबर –७.५ –ग्राम
-शक्ती (इनर्जी ) –३६७.० – क्यालोरी
-राइबो फ्रबिन — ४.७ मिनी ग्राम
-थाइमिन — ४.८ मिनी ग्राम
-माइसिन –१०८.७ मिनी ग्राम

रचनात्मक प्रतिक्रिया दिनुहोस् :