होटेल व्यवसायी बंगुरपालनतर्फ

यो समाचार 163 पटक पढिएको

रौतहट/ राजमार्ग छेउछाउमा होटेल सञ्चालक बंगुरपालनतर्फ आकर्षित भएका छन्। बंगुरपालन गरेर प्रशस्त आयआर्जन हुन थालेपछि उनीहरू यो व्यवसायतर्फ आकर्षित भएका हुन्। पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर, बागमती, निजगढलगायतका क्षेत्रमा खानाखाने होटेल खोलेका व्यवसायीले बंगुरपालन गरी प्रशस्त मात्रामा आयआर्जन गरिरहेका छन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगाहपुरका होटल व्यवसायीले पालेका बंगु

लामो दूरीका यातायातले ती स्थानमा खानाखाने गरेका कारण आम्दानी हुनुका साथै बंगुर पाल्नेतर्फ थप मद्दत पुगेको उनीहरू बताउँछन्। यात्रुले खाएर छाडेको खाना बंगुरलाई खुराक हुने भएकाले पनि यो व्यवसाय सहज भएको छ। चन्द्रनिहागपुर र निजगढ आसापासमा यसरी बंगुरपालन गर्ने थुप्रै व्यवसायी छन्। बंगुरपालनबाट वार्षिक लाखौं आम्दानी हुने गरेको व्यवसायी बताउँछन्।

तरकारीको डाँठ, बासीभात, यात्रुले छोडेका खानेकुरा बंगुरलाई दिने गरेको स्थानीय चन्द्रनिगाहपुरका डेल एभरेस्ट होटेलका सञ्चालक समुन कार्कीले बताए। उनका अनुसार बिहानबेलुका खेर जाने खानेकुरा बंगुरलाई दिँदा अन्य बाहिरी दाना दिन पर्दैन।

यस्तै चन्द्रनिगाहपुरका अर्का होटेल व्यवसायी सुमन श्रेष्ठले पनि बगुरपालन गरेको छ। श्रेष्ठ होटेलका सञ्चालक श्रेष्ठले वार्षिक दुई लाखभन्दा बढी बगुर बिक्री गरेर आम्दानी हुने बताए। होटेलको आम्दानीबाहेक अतिरिक्त आम्दानी बंगुरपालन हुँदा आयस्रोत फस्टाउँदै गएको उनको भनाइ छ। सधंैभरि होटेल एक नासको नचल्ने हुँदा बंगुरबाट नै सबै क्षतिपूर्ति असुल हुने गरेको श्रेष्ठले बताए।

होटेल व्यवसायी संघ रौतहटका अध्यक्ष तथा उदय प्लाजा होटेलका सञ्चालक सुरेन्द्र सापकोटाले राजमार्गछेउमा होटेल सञ्चालन गरेका व्यवसायीलाई बंगुरपालन थप आम्दानी गर्ने स्रोत बनेको बताए। अहिले चन्द्रनिगाहपुरका प्रत्येक होटेलमा पाँचदेखि २० वटासम्म बंगुरपालन गरिएको उनको भनाइ छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :