भैंसीसँगको यौन सम्पर्कले अर्ना संकटममा

यो समाचार 2882 पटक पढिएको

सुनसरी । कोशिटप्पुमा खुल्ला चरिचरण क्षेत्रको अभावले पहिले देखि नै यो समस्या रहेको छ । नियन्त्रण गर्न खोज्दा झन्झटिलो कानुनी प्रक्रिया राजनितिक दवाबले समस्यामा पारेको छ ।

कोशीटप्पु बन्यजन्तु आरक्षमा रहेका बुबलुस बुबलिस प्रजातिको अर्ना संकटमा परेको छ । खुल्ला क्षेत्र र तारबारको अभाबमा घरपालुवा भैंसी आरक्षमा प्रवेश गर्दा अर्ना संकटमा पर्न थालेको छ । घर पालुवा भैंसीले अर्नासँग शारीरीक सम्पर्क राख्दा अर्नाको अस्तित्व संकटमा परेको हो ।

आरक्षको कोर एरियामा चरिचरनका लागि हजारौँको संख्यामा प्रवेश गर्ने भैँसीसँग अर्नाले शारीरिक सम्पर्क राख्ने गरेको छ । स्थानीय नेचर गाइड सुवास भुजेलले भने, ‘चरिचरणका लागी आएका भैंसीसँग अर्नाले यौन सम्पर्क राख्दा अर्नाको बंश नै संकटमा परेको छ ।’

विशेषगरी कोशिटप्पु वन्यजन्तु आरक्षमा चरिचरनको अभाव रहेको छ । यसले गर्दा यस किसिमको समस्या देखिन्छ । कोशिटप्पु वन्यजन्तु आरक्षका पुर्व संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने ‘कोशिटप्पुमा खुल्ला चरिचरण क्षेत्रको अभावले पहिले देखि नै यो समस्या रहेको छ । नियन्त्रण गर्न खोज्दा झन्झटिलो कानुनी प्रक्रिया राजनितिक दवाबले समस्यामा पारेको छ ।’

पुर्वी नेपालको गहनाको रुपमा परिचित वन्यजन्तु आरक्ष १७५ वर्ग किमि फैलिएको छ । सानो आरक्ष भएकाले यहाँको चरन क्षेत्रसमेत कम छ । सप्तकोशी नदिले आरक्षको अधिकांश भुभाग ओगटेको छ । घरपालुवा भैंसीलाई आरक्ष क्षेत्रमा प्रवेश रोक नभएकाले आरक्ष क्षेत्रमा स्थानीयले चराउने गरेका छन् । भुजेलका अनुसार ‘आरक्षमा घर पालुवा भैसी हटाउन आराक्ष प्रसाशन दरिलो नभएकाले यस्तो समस्या देखिएको हो ।’

सरकारले सम्पुर्ण निकुञ्ज आरक्षको सुरक्षामा नेपाली सेनालाइ परिचालन गरेको छ । तर पनि आरक्ष प्रशासनले आवश्यक समन्वय गर्न नसकेको आरोप स्थानीय संरक्षणकर्मी विश्वास बरालले बताए ।

विभिन्न समयमा आरक्ष प्रशासनले घरपालुवा जन्तु नियन्त्रणको कार्यक्रम ल्याएपनि घरपालुवा जन्तु नियन्त्रण आराक्षको प्रमुख समस्या बन्दै आएको छ । छाडा छोडिएको जन्तु आराक्षको मात्र नभई मद्यवर्ती क्षेत्रका बासिन्दा हरुकासमेत समस्या बन्दै आइरहेको छ । स्थानीय कृषक बासु भट्टराईले भने, ‘राती राती आरक्षका भैसी आँउथे, आजभोली त घर पालुवा भैसी पनि राती निस्किएर बालीनाली समेत विगारिदिन्छन् ।’

घरपालुवा भैसीको पूर्वजमानिने अर्नालाई भैंसीको हुलमा मिसाईदियो भने चिन्न निक्कै गाह्रो हुन्छ । उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाजपनि उस्तै हुन्छ । त्यति हुँदाहुदै पनि यी दुईमा केहि भिन्नता छन् । अर्नाको कानको रौं र घुँडाको घेरा सेता हुन्छ । आँखीभौं पनि केहि सेतो र खैरो हुन्छ ।

स्रोत : नेचरखबर डट कम