गुल्मीमा १३ करोडको सुन्तला उत्पादन

यो समाचार 306 पटक पढिएको

गुल्मी \ जिल्लामा यस वर्ष १३ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष दुई हजार ६ सय ५७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यो उत्पादन गत वर्षको तुलनामा सात प्रतिशतले बढी हो।Orange In Iree

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिक ारीले एक रोपनी जग्गामा औसत ४० हजार रुपैयाँभन्दा बढीको आम्दानी हुने गरेको जानकारी दिए। सुन्तला खेतीका लागि जिल्लामा विभिन्न तीनवटा पकेट क्षेत्र निर्धारण गरी थप व्यवस्थापन तथा विस्तारमा कार्यालय लागिरहेको छ।

वरिष्ठ कृषि विकास अधिकृत अधिकारीका अनुसार पकेट क्षेत्र १ मा दिगाम, विरबास, हर्दिनेटा र गौंडाकोट गाविस रहेका छन् भने पकेट क्षेत्र २ मा नयाँगाउँ, पिपलधारा, हाडहाडे, भनभने र अर्खले छन्। यस्तै पकेट क्षेत्र ३ मा अर्बेनी, हर्मिचौर, जयखानी र अर्लाङकोट छन्।

थोरै परिश्रम र कम लगानीमा यसबाट राम्रो आम्दानी हुने भएपछि किसान सुन्तला खेतीतर्फ बढी आकर्षित भएका हुन्। सुन्तला खेतीको विस्तारका लागि जिल्लाका विभिन्न स्थानमा नर्सरीसमेत स्थापना गरिएको छ। जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने र स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने नयाँगाउँ गाविसमा मात्रै सुन्तलाबाट हरेक वर्ष डेढ करोडभन्दा बढी आम्दानी हुने गरेको छ।

यसैको हाराहारीमा पिपरधारा, हाडहाडे, भनभने, अर्खले, दिगाम, अर्लाङकोट, पुर्कोट, धुर्कोट रजस्थल, जैसीथोकसहित दर्जनौं गाविस छन्। उत्पादित सुन्तला जिल्लाका विभिन्न स्थान एवं छिमेकी जिल्ला अर्घाखाँची हुँदै पाल्पा, बुटवललगायतका सहरमा निर्यात हुने गरेको छ। ग्राहकमाझ गुल्मीको सुन्तला लोकप्रिय मानिन्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :