प्याक्टले चिया नसमेटेको गुनासो

यो समाचार 168 पटक पढिएको

Pactइलाम–२५ पुस । कृषिको व्यवसायीकरणको उपयुक्तता र पर्याप्त सम्भाब्यता भएकोले कृषि व्यवसायीकरणमा सहयोग पुर्याउन नेपाल सरकार, कृषि विकास मन्त्रालयले विश्व वैंकको सहयोगमा सञ्तालनमा आएको व्यवसायिक कृषि तथा व्यापार आयोजना –प्याक्टले चियाका किसानलाई नसमेटेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । 

वि.स.२०६६/२०६७ बाट कार्यान्वयनमा आएको यो आयोजनाले यस बर्षदेखि देशभरवाट सबै जिल्लामा सञ्चालन शुरु गरेको छ । आयोजनाको राष्ट्रिय आयोजना निर्देशन समितिको २१ आश्विन २०७० मा बसेको नवौं बैठकले आठ वटा कृषि वस्तु मूल्यश्रृंखलाहरुलाई साना तथा मझौला अनुदानका लागि स्विकृत गरेपनि सो चियालाई छनौट नगरेपछि कृषकहरुले ग’नासो गरेका हुन ।आयोजनाले पुस २२ भित्रमा उपआयोजना प्रस्ताव पेश गर्न कृषि सहकारी, समुह र निजी फार्महरुलाई आव्हान गरेको थियो । आयोजनाले तरकारी, अदुवा, दुग्ध पदार्थ, कफी, माछा, मासु र मासुजन्य वस्तु, पुष्प र अलैंची बालीलार्य छनौट गरेको थियो । कृषि सहकारी जिल्ला संघका सदस्य लिला थापाले मुख्य वालीलार्य नै उपेक्षा गरेको बताए । उनले आयोजनाले मुख्यबालीका लागि थप प्रस्ताव आव्हान गर्न माग गरे

रचनात्मक प्रतिक्रिया दिनुहोस् :