शहरीयाको भान्साको परिकार बन्यो सिस्नु

यो समाचार 144 पटक पढिएको

उदयपुर,  ३० पुस \ गाउँघरमा संगुरको चारो र गाईभैसीको खोलेको रुपमा प्रयोग हुने सिस्नु हिँजोआज शहरीयाको भान्साको परिकार बन्न थालेको छ । उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाईसिस, पथरी, ग्यास्टिकलगायतका रोगीका लागिसमेत उपयोगी हुने थाहा पाएपछि सिस्नुको व्यापार शहरका डिपार्टमेन्टल स्टोरबाटै हुन थालेको छ ।  


शहरीयाको भान्साको परिकार बन्यो सिस्नुउदयपुर सदरमुकाम गाईघाटस्थित सगरमाथा र ग्लोवल डिपार्टमेन्टल स्टोरमा बिक्रीका लागि राखिएको प्रसोधित सिस्नुले व्यापक बजार पाएपछि जिल्लाको पहाडी भेगमा पाइने बहुउपयोगी सिस्नुको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । सिस्नुले मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पु¥याउने भएकाले यसको संरक्षणका साथै बजार प्रवद्र्धन सुरु गरिएको हो ।
“ सिस्नुको व्यवसायिक खेती गर्दा गरिवी निवारण, आत्मनिर्भरता र जिविकोपार्जनमा टेवा पुग्ने देखेर काम सुरु गरेका हौं” लेकाली महिला समुह रौताकी व्यावस्थापक मैया विकले भनिन्,“   सुकाइएको सिस्नु औषधि र तरकारीको लागि बिक्री भइरहेको छ” ।  सिस्नु गाउँका महिलाको आय आर्जनको गतिलो माध्यम बनेको उनले बताइन् ।
सिस्नुलाई बजारीकरण गर्दै महिलाको आम्दानीको स्रोत बनाउने उद्धेश्यले एक्सनएड नेपाल र चेलीबेटी क्लव उदयपुरले लेकाली महिला समुह गठन गरिदिएका थिए । सो समुहले संकलन गरेको सिस्नु त्रियुगा नगरपालिका १ स्थित एकता महिला समुहले प्रसोधन गरेर बजारमा बिक्री गर्दै आएको संस्थाका कार्यक्रम संयोजक गेसबहादुर आले मगरले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :