स्थानीय निर्वाचन : एमाले आधुनिकीकरण कृषिको पक्षमा

यो समाचार 888 पटक पढिएको

यस्तो छ, एमालेको घोषणा पत्रमा कृषि र सिंचाईसम्बन्धि मुद्दा

काठमाडौं । नेकपा एमाले आधुनिकीकरण कृषिमा पक्षमा रहेको स्पष्ट पारेको छ । स्थानीय निकायको निर्बाचनसम्बन्धी घोषणा पत्र सार्वजनिक गर्दै एमालेले यस्तो प्रतिवद्धता जनाएको हो । एमालेद्वारा जारी घोषणापत्रले आधुनिकीकरण तथा औद्योगिकरण कार्यक्रमको माध्यमले किसानलाई सक्षम बनाउने उल्लेख गरेको छ । नेकपा एमालले आफ्नो वहुमतसहितको सरकार बनेको एक बर्षभित्रमा देशभरका जग्गा नापी गरी भूमिको यर्थाथ अभिलेख राख्ने उल्लेख गर्दै खेतीयोग्य जग्गालाई अतिक्रमण गर्न नदिने अडान घोषणा पत्रमार्फत लिएको छ । वैज्ञानिक भूमिसुधार र भू उपयोग नीतिको आधारमा भूमिको वर्गीकरण गरी दुई बर्षभित्रमा नेपाललाई आधारभूमि खाद्यान्नमा आत्मनिर्भर बनाइने दावी एमालेले गरेको छ । एमालेले आफ्नो सरकार बनेको पाँच बर्षमा कृषि उत्पादनमा बृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाएर निर्यात गर्ने अवस्थामा पु¥याउने दावी पनि गरेको छ ।

खण्डीकृत रुपमा रहेका कृषियोग्य जमिनलाई चक्लाबन्दी गरी सुपर जोन, जोन, ब्लक र पकेट स्तरमा आधुनिक फार्मको विकास गर्ने र यस्ता फार्मको माटो परिक्षणको आधारमा अनुकुलताको आधारमा कृषिजन्य बस्तुको उत्पादन गरिने घोषणापत्रमा उल्लेख छ । भगौलिक अनुकुलताको आधारामा पशुपंछी, मौरी र माछापालन व्यवसायलाई थप विस्तार गरिने र रसायनिक मल प्रयोगलाई निरुत्साहित गर्दै आगामी १० बर्षमा खेतीयोग्य जग्गामा प्राँगारिक मल र विषादीको प्रयोग मात्र हुने अवस्था सिर्जना गर्ने एमालेले जनाएको छ ।

एमालेले कृषि यन्त्रको सहयोग बिना कृषि सम्भव नहुने भन्दै उत्पादनदेखि वितरण प्रणालीसम्म आधुनिक कृषि यन्त्रको प्रयोगमा जोड दिएको छ । यस्ता कृषि यन्त्रको प्रयोगमा लाग्ने खर्चमा निश्चित मापदण्डको आधारमा पहिलो पटक सरकारले अनुदानसमेत उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । एमालेले कृषि र पशु उत्पादनमा बीमा सुविधा जोड दिदैं प्रत्यैक स्थानीय तहको उत्पादन क्षेत्रमा कृषि बजार, एकीकृत सेवा केन्द्र र सरकारबाट मान्यता प्राप्त कृषि तालिम केन्द्र स्थापना गर्ने पनि उल्लेख छ । यसैगरी प्रत्येक प्रदेशमा कृषि अनुसन्धान केन्द्र र जिन बैंक स्थापनालाई पनि प्राथमिकता दिइएको छ । कृषि फार्ममा काम गर्ने कृषि श्रमिकको पारिश्रमिक, आवास, स्वास्थ्य उपचार, बीमा, निवृतिभरणलगायतको सुविधाको पनि व्यवस्था गरिने भन्दै एमालेले आफ्नो सरकार बनेको पाँच बर्षभित्रमा प्रदेश सदरमुकाम र स्थानीय तहका केन्द्रहरुमा खाद्यान्न भण्डारण(गोदाम) को व्यवस्था गर्ने जनाएको छ ।

उपभोक्ताले स्वच्छ र गुणस्तरयुक्त मासु उपभोग गर्न पाउनुपर्ने भन्दै एमालेले आवश्यक संख्यामा आधुनिक बद्यशाला निर्माणसम्बन्धी नीति कार्यान्वयनमा ल्याउने र यस्तो नीतिमार्फत आधुनिक विक्री केन्द्र निर्माण गरी एकीकृत सेवा उपलब्ध गराउने उल्लेख गरेको छ ।

सिंचाईमा पनि जोड

एमालेले आफ्नो सरकार निर्माण भएको पाँच बर्षमा सम्पूर्ण कृषियोग्य जग्गामा आधुनिक सिंचाई प्रणालीमार्फत सिंचाई सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । पाँच बर्षभित्रमा तराई मधेश र भित्री तराईको कृषियोग्य जग्गामा सिंचाई गर्न नदी डाइभर्सन गर्ने, भेरी बबई डाइभर्सन, बबई, रानी जमरा, सिक्टा, वागमती सिंचाईलगायतका आयोजनाहरु चाँडै सम्पन्न गर्ने जनाएको छ । यसैगरी सुनकोशी मरिन वागमती र सुनकोसी कमला डाइभर्सन आयोजनाको काम पनि अघि बढाउने, कर्णाली पन्डुन गोलटीटार, नौमुरे शिवपुर, कालीगण्डकी तिनाउ, त्रिशुली चितवन, मेघौली पर्सा वेलौवा, तमोर मोरब डाइभर्सन आयोजनाको अध्ययन गरी निर्मार्ण कार्यलाई गति प्रदान गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । पुराना आयोजनाको मर्मत सम्भार गरी सुचारु गरिनेछ ।

भूमिगत सिंचाई सम्भाव्यता भएको तराई मधेश र अन्य स्थानमा स्यालो तथा डिप ट्युववेल र पहाडी भूभागको समथर, बेसी तथा टारमा सौर्य उर्जा र अन्य प्रविधिमा आधारित लिफ्ट सिंचाई सुविधा सञ्चालनमा ल्याउने दावी गर्दै एमालेले पानीको न्युन स्रोत भएको स्थानमा अकाशे पानी संकलन, भण्डारण तथा उपभोग, थोपा तथा फोहोरा सिंचाई प्रविधि, खुला तथा प्लास्टिक पोखरीको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

महाभारत पहाडबाट निस्कने नदीको मुहानमा बाँध बाँधेर बिजुली उत्पादनका साथै डडेलधुराको जोडबुढा, सुर्खेत उपत्यका, दा® र देवखुरी, प्युठानको झिम्रुक फाँट, अर्घाखाँचीको सन्धिखर्क, पाल्पाको माडी, रामपुर, पोखरा उपत्यका, नवलपुर, चितवन, मकवानपुर, सिन्धुली, उदयपुर र चुलाचुलीको कृषियोग्य जग्गामा सिंचाईसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने एमालेले घोषणापत्रमार्फत प्रतिवद्धता जनाएको छ ।