जताततै उपभोक्ता ठग्दै व्यापारी

यो समाचार 153 पटक पढिएको

काठमाडौं, ३० पुस \ सानेपा बस्ने दिनेश घिमिरे सोही स्थानमा रहेको एक किराना पसलबाट एक सय ७० रुपैयाँ पर्ने आधाँ केजी जिराको प्याकेटलाई २ सय ५० रुपैयाँमा खरिद गर्न बाध्य भए । व्यापारीले मुल्य नै बढेर आएको भन्दै उनलाई आधा केजीमा ८० रुपैयाँ बढी मुल्य असुली गर्दै ठगे ।

2011-03-16__bus02कुपन्डोल निवासी उर्मिला राई पनि आधा यसरी नै ब्यापारीबाट ठगिइन । एक लिटरको फेमली तोरीको तेल खरिद गरी घरमा लगेर जोख्दा एक सय एमएल तौल कम पाइन उनले । यी दुई घटना केवल उदाहरण मात्रै हुन । राजधानीका हरेक स्थानमा साना वा ठुला व्यापारीले यसरी नै सर्वसाधरण उपभोक्तामाथि ठग्दै आएका छन । ब्यापरीहरुले कित दोब्बर मुल्य असुल गर्छन कि त कम तौल दिएर ठगी गरिरहेका छन । सरकारले बजार अनुगमनको कामलाई निरन्तरता दिइरहेको दावी गरेपनि दैनिकजसो उपभोक्ता भने ठगिरहेका छन् ।

यत्तिसम्म कि हरियो तरकारी खरिद गर्न जाँदा पसलपिच्छे व्यापारीले फरक –फरक मुल्य लिई उपभोक्ता गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
बाणिज्य तथा आपुर्ति व्यस्थापन विभागले गत वर्षको तुलनामा यस कसुर अनुसार दुई गुणा बढी मुद्धा दायर गरेको बताएपनि दिनहुँ उपभोक्ता ठगिनेक्रम भने रोकिएको छैन् ।
विभागका महानिर्देशक नरायणप्रसाद बिडारी यस वर्ष विभिन्न कसुरका १९ वटा मुद्धा कारबाहीका लागि दर्ता गरिसेको र मुलुकभर थप चार दर्जन मुद्धा कारबाहीको लागि अनुसन्धानको क्रममा रहेको बताए । उपभोक्ता ठग्ने व्यापारीको सामान जफत, कारोबार रोक्का,पसल बन्दै गर्ने जस्ता कारबाहीका काम गरिरहेका छौ, महानिर्देशक विडारीले भने‘ कसुर अनुसार अर्काे कार्यलयमा केस पठाइएको र अन्तिमरुपमा कारबाहीका लागि अदालतमा मुद्धा दायर गरिरहेका छौ ।’उपत्यकामामात्र नभएर जिल्ला स्तरमा समेत कारबाही का लागि कानुन अधिकृत पठाएको उनको भनाई छ ।
बजारमा व्यापारीले उपभोक्तालाई नुन देखि सुनसम्म ठग्ने गरेका छन् । व्यापारीले कुन सामान कति मुल्यमा विक्रि गरेका छन भनेर मुल्यमा अनुगमन नगर्दा व्यापारीले मनपरी मुल्य लिने गरेको उपभोक्ताको भनाई छ । दैनिक उपभोग्य वस्तु देखि लिएर विशेष गरी खाद्यान्न, इन्धन, सुन, सवारी साधन, लगायतका अन्य क्षेत्रमा उपभोक्ता सिधै ठगिने गरेका छन् । खुद्रा तथा किराना व्यापारीले विशेष गरी चिनी, खाने प्याकेटको तेल, जिरा, तरकारी, खाद्यान्न लगायत अन्य सामानमा मनपरी मुल्य निर्धारण गर्दा सिधै उपभोक्ता ठगिने गरेका छन् ।

पुलचोकका संदिप अधिकारी १० लिटर पेट्रोल हाल्दा एक देखि डेढ लिटर सम्म तौल कम हुने गरेको बताए । उपत्यकामा सञ्चालन भएका अधिकांस पेट्रोल पम्पले कम तौल दिई उपभोक्ता ठग्ने गरेका छन् ।उपत्यकामा सञ्चालित अधिकांस टयाक्सीले मिटर विगारेर उपभोक्तालाई ठग्ने गरेका छन् । किलोमिटरका आधारमा सरकारले टयाक्सी भाडा निर्धारण गरेपनि व्यसायीले मिटर विगारेर यात्रुबाट बढी रकम असुल गर्ने गरेका छन् । उपभोक्ता ठग्नका लागि धेरैले टयाक्सीले मिटर विगार्ने र कुनैले मिटरमा लान नमार्ने गरेको उपभोक्ताको उपभोक्ताको गुनासो । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साहले उपभोक्ता ठग्ने टयाक्सीलाई जरिवान स्वरुप तिन महिना सम्म मिटर जफत गर्ने गरेको बताए । हामीले दैनिकजसो टयाक्सीमा अनुगमन गरिरहेका छौ, उनले भने‘ उपभोक्ता ठग्ने गरेको फेला परे तत्काल कारबाही प्रक्रिया अगाडि बढाएका छौ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँ उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही नहुँदा बजार नियन्त्रण हुन नसकेको बताउँछन् । उपभोक्ता अधिकार सुनिश्चित गर्नका लागि उपभोक्ता हित संरक्षण ऐन २०५४, नियमावली २०५६ ,प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ र कालाबजारी ऐन रहे पनि कार्यान्वयनमा नआउदा सिधै उपभोक्ता ठगिने गरेका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन यातायात व्यवस्था विभाग, नापतौल विभाग र ट्याक्सी व्यवसायीको मिलेमतो हुँदा उपभोक्ता सिधै ठगिने गरेको बताए । ट्याक्सीमा प्रतिस्पर्धा नभएकाले पनि उपभोक्ता ठगिने गरेको उनको भनाई छ । उपभोक्ता अधिकार सुनिश्चित गर्नका लागि बनेका ऐननियम कार्यान्वयन नहुँदा सिधै उपभोक्ता ठगिने गरेको उनी बताउँछन् । कसुर गर्ने व्यापारीलाई सरकारी कर्मचारीले नै ढाकछोपगरी कारबाही प्रक्रिया अगाडि नबढाउदा बजार नियन्त्रण बाहिर गएको उनको भनाई छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :