विदेशी कामदारबाट चिया वगानको व्यवस्थापन

यो समाचार 64 पटक पढिएको

संखुवासभा । जिल्लामा दक्ष कामदार नभए पछि संखुवासभाको शनिश्चरे बजार स्थित सगरमाथा टिस्टेटमा भारतबाट कामदार ल्याएर चिया कटिङ गर्ने काम भइरहेको छ ।tea worker

भारतको दार्जिलिङ स्थित मिरीकका ओकाइटी टिस्टेटका संचालक पिवी वम्जन सहितको ९ जनाको टोली संखुवासभाको अहिले चिया चियाको कटिङमा व्यस्त भएको हो । भारतबाट दक्ष कामदार ल्याएर इलामको जस्तै आर्कषक चियावगान बनाई चिया उत्पादनक्षेत्रका रुपमा विकास गर्न प्रयास भइरहेका कृषकहरुको भनाइ छ । टोलीमा मिरिकको टिस्टेटमा ४० वर्ष काम गरेका आरके राई लगायतका दक्ष कामदार सगरमाथा टि इस्टेटसँगको सम्झौतामा ल्याइएको हो ।

०५५ सालमा स्थापित उक्त टिस्टेट ७ सय ५० रोपनीको क्षेत्रफलमा फैलिएको छ । उक्त टिस्टेटमा प्याब्सन अध्यक्ष उमेश श्रेष्ठ, नेपाल आर्मीका पुर्व कर्णेल शिव राई, र इटहरी स्यार्सेकाली पेट्रोलपम्पका संचालक शिव घिमिरे लगायत उद्योगीको लगानी रहेको व्यावस्थापक टेक बहादुर मगरले बताए । उनका अनुसार अग्र्यानिक तथा अर्थोडक्स चिया उत्पादन गरी युरोपियन देशहरुमा निर्यात गर्ने लक्ष्यका साथ लगानी भइरहेको छ । चिया वगानको व्यावस्थित विकास गरी मुढे बजारको पर्यटकीय विकास गर्ने लक्ष्य टिस्टेटले लिएको छ । यस अघि स्थानीय बासीको सक्रियतामा ९ लाख पर्ने चिया पेल्ने मेसीन खरिद गरेर अर्थोडक्स चिया बनाई स्थानीय बजारमा विक्री भइरहेको छ । गानको व्यावस्थापन पछि संखुवासभामा चियाको उद्योग संचालन हुने भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :