कमला सिंचाईको जीप निजी काममा

यो समाचार 80 पटक पढिएको


लहान,
३० पौष । कमला सिंचाई डिभिजन नम्बर ३ धनुषा पोर्ताहाका कर्मचारीहरुले कार्यालयको गाडी निजी काममा प्रयोग गर्दा स्थानीय किसानहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन । 
kamalaमाघ १ गते तिलासंक्रान्ति पर्व मनाउंन बा १ झ ३७७५ को जिप प्रयोग गरि इन्जीनियर भुपेन्द्र पंजियार, केदारप्रसाद यादव, शिवनारायण मल्लिक ९मेकानिकल०, महेन्द्र यादव ड्राइभरलगायत आप्mनो घरतर्फ जादै गर्दा धनुषाको गोदारबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको हो ।
सरकारी जिप निजी काममा प्रयोग गर्दै गरेको अवस्थामा कमला सिंचाई जलउपभोक्ता समिति सिरहाका उपाध्यक्षसहित १७ स्थानीय किसानले पोर्ताहामा रोक्न खोज्दा ड्राइभरले नमानेपछि गोदार पुगिसकेका जीपलाई लखेटेर स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको जानकारीमा आएको छ ।

नियन्त्रणमा लिएको जिप पोर्ताहा प्रहरीलाई जिम्मा दिइएको जल उपभोक्ता समितिका उपाध्यक्ष जगदीश महतोले जनाएको छ । कर्मचारीहरुको घर जनकपुर र एक जनाको महोत्तरी रहेकोले पौने चार बजे घर जांदै गरेको अवस्थामा जीप नियन्त्रणमा लिएको स्थानीयवासीले दावी गरेका छन् ।

जल उपभोक्ता समितिका उपाध्यक्ष महतोले ‘ किसानहरुलाई सिंचाईको व्यवस्था मिलाइएको छैन्, सधै कर्मचारीहरु घर जाने र दैनिक चार पांच हजारको तेल सिध्याउंने काम गरेको छ । ’ योजना अनुसार सिरहा जिल्लाभरी १२ हजार हेक्टरमा पानी पुर्याउंनुपर्ने हो । तर, हालसम्म १ हजार हेक्टरमा मात्र पानीको व्यवस्था गरिएको स्थानीय किसानहरुको गुनासो रहेको छ । कार्यालय प्रमुख शोभाकान्त लाल पौष २१ गते अवकास पाएपछि कार्यालयको अवस्था लथालि¨ रहेको छ । कर्मचारीहरुको मनपरितन्त्र बढेको छ । कार्यरत एक कर्मचारीका अनुसार जीप लिएर काममा जान लागिएको थियो ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :