केरा र च्याउका परिकार चाख्न दर्शकको भीड

यो समाचार 176 पटक पढिएको

दमौली, २९ पुस । तनहुँको दमौलीमा जारी प्रथम दमौली महोत्सवमा केरा र च्याउका परिकार चाख्न दर्शकको भीड लागेको छ । महोत्सवमा चितवन केरा व्यवसायी संघले राखेको केराका र मनपाङ–८ का च्याउ कृषक धु्रवराज वाग्लेले राखेको च्याउका स्टलमा तिनका परिकार चाख्न दर्शकको भीड लागेको हो ।दमौलीमा दोस्रो पटक केराको स्टल राखेको संघले पहिलो पटक जस्तै यस पटक पनि केराका परिकार चाख्न दर्शकको भीड बढेको जनाएको छ । संघले गत वर्ष सम्पन्न चौथो तनहुँ महोत्सवमा समेत स्टल राखेको थियो । संघका सदस्य अकल श्रेष्ठले महोत्सवमा दैनिक करिब ३० हजार बराबरको केराका परिकार विक्री भइरहेको जानकारी दिए ।

केरा र च्याउका परिकार चाख्न दर्शकको भीड उनका अनुसार महोत्सवको चौथो दिन सोमबारसम्म १ लाख २२ हजार रुपैयाँ बराबरको केराका परिकार विक्री भएको छ । श्रेष्ठले महोत्सवको पहिलो दिन २८ हजार, दोस्रो दिन ३८ हजार, तेस्रो दिन २७ हजार र चौथो दिन २९ हजार रुपैयाँ बराबरको केराका परिकार विक्री भएको बताए । महोत्सवमा केराका मम र चिप्स चाख्न दर्शकको भीड बढेको उनले जानकारी दिए ।
महोत्सवमा केराका अतिरिक्त च्याउका परिकार चाख्न समेत दर्शकको भीड लाग्ने गरेको छ । मनपाङ–८ का च्याउ कृषक धु्रवराज वाग्लेले आफैले उत्पादन गरेको च्याउबाट मम र पकौैडा विक्री गरेका छन् । १२ वर्षदेखि च्याउ खेती गरेका वाग्लेले पहिलो पटक महोत्सवमा च्याउको परिकार चाख्न दर्शक बढेको बताए । उनले पहिलो दिन १५ हजार, दोस्रो दिन ३० हजार र तेस्रो दिन १५ हजार बराबरको च्याउका परिकार विक्री भएको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :