शितलहरले तरकारीमा ५ करोड क्षति

यो समाचार 228 पटक पढिएको

कपिलवस्तु, लगातारको शीतलहर तथा चिसोका कारण जिल्लाका तरकारी वालीमा करिब ५ करोड रुपैयाँको क्षति हुने भएको छ ।बाक्लो हुस्सु तथा शीतलहरका कारण तरकारी बालीमा विभिन्न रोगको संक्रमण तथा परागसेचन प्रभावकारी नहुँदा यति धेरै क्षति हुने हुने कृषि विकास कार्यालयले जनाएको छ ।आलु र टमाटरमा ढडुवा तथा तोरीबालीमा थोप्ले रोग देखिएको छ । आलु खेतीबाट यस वर्ष २३ हजार ४ सय ६५ मेट्कि टन उत्पादन हुने लक्ष्य भए पनि शीतलहरका कारण देखिएका डढुवा रोगले करिब ३० प्रतिशतले उत्पादन नोक्सान हुने कृषि कार्यालयका निमित्त प्रमुख खुर्सेद अहमद खाँले बताउनुभयो ।
Sitlahar
जिल्लामा ३ सय ५० हेक्टरमा लगाइएको टमाटर खेतीबाट ६ हजार ३ सय मेट्रिक टन उत्पादनको लक्ष्य भए पनि १५ देखि २० प्रतिशत उत्पादन शीतलहरकै कारण घट्ने खाँले बताउनुभयो । शितलहरले टमाटरमा मात्रै करिब २ करोड ५० लाख रुपैयाँ क्षति हुने कार्यालयको अनुमान छ ।

४ हजार २ सय ६५ हेक्टर क्षेत्रफलमा गरिएको तोरी खेतीबाट ३ हजार ८ सय ६० मेट्रिक टन तोरी उत्पादन हुने अपेक्षा गरिए पनि शितलहरका कारण ८ प्रतिशतसम्म उत्पादन घट्ने कार्यालयले जनाएको छ ।

शीतलहरले गर्दा तरकारी तथा तोरीबालीलाई चाहिने आवश्यक तापक्रम निकै घटेकाले आलु, टमाटर, तोरी, लगायतका बालीको बोट, पात धमाधम मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :