तारामणि खतिवडा साच्चै कृषि क्रान्तिका तारा

यो समाचार 196 पटक पढिएको

इलाम\ सुलुबुंगमा जन्मेका कृषक तारामणि खतिवडालाई यतिबेला पुर्वान्चलमै कृषि क्रान्तिका नायक मानिन्छ जसले हाम्रा राजनीतिक नेताहरुले भन्ने गरेको कृषि क्रान्तिलाई नजानिदो ढंगबाट अघि बढाइरहेका छन् ।Ilam२०४१ सालमा सरकारी जागिर सुरु गरेका तारामणिखतिवडाले २०६० सालमा जागिर छोडेर ललितपुरमा प्रांगारिक चिया बिकासका नाममा चिया खेतीबाट आफ्नो कृषि यात्रा सुरु गरेका खतिवडाले २०६४ सालबाट आफ्नै गाउँ इलामको सुलुबुङ ५ मा वातावरण संरक्षण तथा वैकल्पिक उर्जा विकास प्रा.लि. नामक संस्था खोलि बिहाईभ ब्रिकेट र त्यसको चुलो निर्माण, बिक्रि वितरण, तालिम लगायतका काम गर्दै हाल आएर किवी, कन्ने च्याउ, कुरिलो, जापनिज सुन्तला, कागती, अनार, ग्राउण्ड एप्पल लगायतका फलफुल तथा सब्जी खेतीलाई निकै आकर्षक ढंगबाट आगाडी बढाइ रहेका छन् ।

यसका साथै उनले प्रांगारिक खेती गर्ने उद्येश्यका साथ गोठेमल सुधार कार्यक्रम ल्याएर समग्र कृषकलाई प्रांगारिक खेती तर्फ आकर्षित गराउने काम, तालिम तथा सल्लाह दिंदै हिड्ने समाजसेवी कृषक तारामणिले हालै मात्र आफ्नै पहलमा कृषि मन्त्रालय तथा उद्योग बाणिज्य मन्त्रालय मार्फत “एक गाउँ एक उत्पादन” नामक कार्यक्रम अन्तर्गत किवी फल खेतीको लागि इलामलाई छनोट गराउन समेत सफल भएका छन् ।
करिब ५-६ लाख लगानीमा सुरु भएको तारामणिको कृषि व्यवसाय अहिले लगभग ६०-७० लाखको सम्पति बनेको छ । बार्षिक १२-१५ लाख सम्म आम्दानी गर्ने गरेको बताउने तारामणि भन्छन- आफ्नो प्रगतिमा आफ्नै श्रीमती पार्वती खतिवडाको सदैब साथ पाए ! उनले पनि काठमाडौँमा भएको व्यवसाय छोडेर मलाई कृषि कार्यमा सहयोग गरिन, आज संस्थाको अध्यक्ष उनै छिन मेरो सफलताको आधा हिस्सा उनी हुन् l
पूर्वान्चलका सबै जिल्ला तथा संखुवासभा लगायतका जिल्लमा कृषि तथा किवी खेती सम्बन्धि ५५० भन्दा बढीलाई तालिम दिइसकेका तारामणि अरुलाई कृषि पेशामा लाग्न प्रेरित मात्रै गर्दैनन् उनीहरुले उत्पादन गरेका बस्तुको बजार प्रबर्धनमा समेत लाग्ने गरेका छन् । बिशेषगरी पुर्वान्चलका बजारमा र सिक्किम तथा दर्जेलिंगमा आफ्ना उत्पादन बिक्ने गरेको बताउने तारामणि भन्छन- उत्पादित बस्तुको बजारमा कुनै समस्या छैन । माटोको उपयोग गर्न सके सुन फलाउन सकिने बिचार बोक्ने तारामणि बिशेष गरी आधुनिक कृषिमा लाग्न सबैलाई प्ररित गर्दछन ।
उनकै कारण इलामका ३८ गाविसका ६ हजार १ सय परिवार र पूर्वान्चलका १६ हजार भन्दा बढी परिवार अहिले किवी खेतीमा लागेका छन् र राम्रो आम्दानी समेत गरिरहेका छन् । अहिले तारामणिले करिब ३० जना युवालाई रोजगारी समेत दिएका छन् भने पशुपालनका थप नयाँ योजना समेत अगाडी बढाएका छन् । आफ्नो पेसाप्रति एकदमै सन्तुष्ट रहेका तारामणिलाई अहिले सम्म जिल्ला र क्षेत्रीय स्तरका ४ वटा पुरस्कारद्वारा सम्मनित समेत गरिएको छ । त्यसै गरी २०६६ सालमा उत्कृष्ठ घरेलु उद्योगी पुरस्कार द्वारा सम्मानित खतिवडालाई हिमालय क्षेत्रमा गरिवी निवारण र वातावरण संरक्षणको क्षेत्रमा किवी लगायतका अर्गानिक खेती र बैकल्पिक उर्जाको क्षेत्रमा महत्वपूर्ण काम गरे बापत इसिमोडले नेपालमै पहिलो पटक “ग्रीन च्याम्पियन आवर्ड १०१२” द्वारा पनि पुरस्कृत गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :