सत्र लाखको मल चोरी काण्डमा अख्तियारले सुरु गर्यो छानबिन

यो समाचार 183 पटक पढिएको

विराटनगर, पुस २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले विराटनगरस्थित कृषि सामग्री संस्थानको गोदामबाट ढुवानीका क्रममा बाटैबाट करिब रु १७ लाख मूल्य बराबरको रासायनिक मलको चोरी भएको घटनाको छानबिन र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।Fertilizer
कृषि सामग्री संस्थानबाट सप्तरीको राजविराजस्थित सो संस्थानको जिल्ला कार्यालय गोदाममा ढुवानी गर्ने क्रममा एक ट्रकबाट २५ मेट्रिक टन डिएपी मल गायब भएको थियो । रासायनिक मल ढुवानीको जिम्मेवारी लिएको निहारिका ढुवानी सेवाको ना३ख ८२०० नम्बरको ट्रकबाट उक्त मल रहस्यमय ढङ्गबाट चोरी भएको र त्यसको उजुरी अख्तियारमा परेपछि कारबाही अगाडि बढाइएको आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रवक्ता चन्द्र फुयाँलले बताउनुभयो ।

यस सम्बन्धमा ट्रक चालक हलुमान माझी तथा कृषि सामग्री संस्थान राजविराजका कर्मचारीसँग सोधपुछ भइरहेको छ । मल बुझाउने सम्बन्धमा किर्ते कागजसमेत गरिएको बताइन्छ । उता संस्थानको क्षेत्रीय कार्यालयका अनुसार ट्रक चालक माझीको बदमासी देखिएकाले निहारिका ढुवानी सेवाले क्षति व्यहोर्नुपर्ने देखिएको बताइएको छ । एक महिना अगाडि भएको सो घटनाको कृषि सामग्री संस्थान केन्द्रीय कार्यालयले पनि छानबिन गरिरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :