माघ ५ देखि कोहलपुरमा प्राङ्गारिक कृषि मेला

यो समाचार 172 पटक पढिएको

बाँके, पुस २८ गते । माघ ५ गतेदेखि ८ गतेसम्म बाकेको कोहलपुरमा सातौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी २०७० सञ्चालन हुने भएको छ । कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, हरिहरभवन, ललितपुर, क्षेत्रिय कृषि निर्देशनालय सुर्खेत र जिल्ला विकास समिति बाकेको संयुक्त आयोजनामा सो मेला हुन लागेको हो ।

कृषिजन्य उत्पादनमा रासायनिक विषादीको प्रयोग न्यूनिकरणको उद्देश्य लिइएको सो सो मेलाको नारा ‘प्राङ्गारिक कृषि अभियान, स्वस्थ्यताको पहिचान’ तय गरिएको छ । मेलामा विशेषगरी मध्यपश्चिमका १५ जिल्ला र अन्य जिल्लाहरुबाट समेत सामाग्री प्रदर्शनीमा ल्याइने जिल्ला कृषि विकास कार्यालय बा“केका कृषि प्रसार अधिकृत एवम् मेला प्रचार प्रसार समितिका संयोजक धनबहादुर पुनले जानकारी दिए । मेलामा प्राङ्गारिक कृषिजन्य उत्पादन अन्नवाली, तरकारीबाली, नगदेबाली, फलफूल, मसलाबाली, कफी, चिया, मह, च्याउ, माछाको प्रदर्शनी हुने छ ।
प्राङ्गारिक मल एवम प्राङ्गारिक खेती प्रविधि प्रदर्शन गराई पुरस्कृत गराउने र व्यापारिक कारोवार खरिद तथा बेचविखन समेत गराइने छ । मेलामा प्रदर्शित कृषिजन्य सामाग्री स्टल मूल्यांकन गरिने भएको छ । यसैगरी प्राङ्गारिक कृषि सम्बन्धि कार्यपत्र प्रस्तुत र छलफल समेत गरिने छ । कृषकहरुको कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शन र कृषकलाई परामर्श समेत प्रदान गरिने पुनको भनाई छ । मेलामा कृषकहरुलाई कृषि विभागका विज्ञहरुले परामर्श प्रदान गर्ने भएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :