३ महिनामा १ अर्बले घट्यो कृषि ऋण

This post has already been read 186 times!

काठमाडौं, २८ पुस\बाणिज्य बैंकहरूले कृषि क्षेत्रमा प्रवाह गर्ने कर्जा घटेको छ । चालू आर्थिक वर्षको पछिल्लो ३ महनिामा वाणिज्य बैंकहरूबाट कृषि क्षेत्रमा जाने ऋण १ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा जाने ऋणको मात्रा बढाउन प्रयास गरिरहेका बेला बैंकहरूले भने यसअघि दिएको ऋण उठाएपछि थप लगानी गरेको देखिँदैन । तथ्यांकले कृषिमा नयाँ ऋण जानै नसकेको देखाउँछ । गत असारसम्म ३१ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूको पछिल्लो ३ महिनामा कटौती भएर ३० अर्ब २ करोड रुपैयाँमा झरेको छ । तर, यस अवधिमा विकास बैंक र वित्त कम्पनीको भने केही बढेको छ ।

agro bankचालू आवको पहिलो त्रैमासिकसम्म बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ३।९२ प्रतिशतमात्र कृषिमा लगानी गरेका छन् । असोजसम्म वाणिज्य बैंकहरूले ३० अर्ब १ करोड ९२ लाख, विकास बैंकले ६ अर्ब ७४ करोड ९० लाख र वित्त कम्पनीले १ अर्ब ९८ करोड गरी ३८ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ कृषि कर्जा दिएका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले ९ खर्ब ८६ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवाली भने कृषि क्षेत्रमा गत वर्षको सोही अवधिको तुलनामा हेर्दा घट्न सक्ने सम्भावना रहेपछि असारको तुलनामा असोजमा तथ्यांकीय रूपले पनि नघट्ने बताउँछन् । “बैंक तथा वित्तीय संस्थाले पठाएको तथ्यांक केन्द्रीय बैंकले राख्ने भएपनि तथ्यांकमा शंका लागे राष्ट्र बैंकले पुनः सोधीखोजी ९भेरिफाइ० गर्छ,” ज्ञवालीले भने, “कृषिमा लगानी घट्ने आधार देखिँदैन ।”

उता नेपाल बैंकर्स संघका अध्यक्ष राजनसिंह भन्डारीले पछिल्लो तथ्यांकबाट बैंकहरू कृषिभन्दा ऊर्जातर्फ आकर्षित भएको हुनसक्ने बताए । “पुरानो ऋण उठ्दा पनि नयाँ ऋण त्यसतर्फ गएको नदेखिनु बैंकहरूको रुची कृषि नभएको प्रष्ट देखिन्छ,” भन्डारीले भने, “बैंकहरूले चाहेर मात्रै कृषिमा लगानी नहुने भएकाले कृषिको व्यवसायीकरणमा आवश्यक संयन्त्र निर्माण हुनुपर्छ ।” लामो समयदेखि कृषिको व्यवसायीकरण र कृषि क्षेत्रमा वित्तीय संस्थाको ऋण बढाउने केन्द्रीय बैंकको नीति असफलजस्तै देखिएको छ ।

तर, बैंकहरूको कृषि ऋण जुन अनुपातमा घटेको छ, त्यो अनुपातमा ऊर्जामा पनि लगानी देखिँदैन । असारमा विद्युत्, ग्यास र पानीमा १८ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेका बैंकहरूले असोजमा १८ अर्ब ९१ करोड रुपैयाँ मात्रै लगानी गरेका छन् । असोजसम्मको ऋण लगानी तथ्यांकले भने माछापालनमा अधिक आकर्षण देखाएको छ ।

गत असारमा ५० करोड रुपैयाँ बैंकहरूले लगानी गरेको माछासँग सम्बन्धित क्षेत्रमा भने असोजमा आइपुग्दा २ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ लगानी भएको छ । समग्रमा बैंक तथा वित्तीय संस्थाले भने माछापालनमा २ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा कुल कर्जाको २० प्रतिशत र ऊर्जा तथा कृषि क्षेत्रमा ०७२ असारसम्म १२ प्रतिशत लगानी गर्ने व्यवस्था गरेको थियो । त्यसअघि उसले गत वर्ष ऊर्जा र कृषि क्षेत्रमा १० प्रतिशत कर्जा ०७१ असारसम्म पु¥याउन भनेको थियो ।

कृषि, माछा र ऊर्जामा ऋण लगानीको अवस्था (रु लाखमा)

विवरण            ०७० असोज                  ०७० असार                  ०६९ असार
कृषि                  ३८७४८३                      ३९१४७८                      २८५७५०
माछा                 २५५५३                        ६५७८                            १८२८०
ऊर्जा                  २१३८९२                     २०६९४२                        १४२१०५