कृषिको अधिकाँश बजेट प्रशासनिक क्षेत्रमै प्रयोग

यो समाचार 206 पटक पढिएको

काठमाडौं, पुस २७ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले सरकारले कृषि क्षेत्रमा दोव्वर बजेट विनीयोजना गरे पनि बजेटअनुसार प्रतिफल भने आउन नसकेको बताए । कृषि क्षेत्रलाई दोव्वर बजेट दिने तत्कालिन प्रधानमन्त्रीको घोषणापछि सम्वद्ध मन्त्रालयका सचिव तथा सहसचिवहरुले हतार हतार दोव्वर बजेटसहित पेश गरेको कार्ययोजनमा कृषि उत्पादन बढाउने मिसन कार्यक्रमभन्दा विदेश भ्रमण र गोष्ठी सेमिनारका कार्यक्रमको बाहुल्यता रहेको आरोपसमेत लगाए ।

sakariiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

शनिबार राजधानीमा नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघको छैठौ वार्षिक साधारणभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सचिव वास्कोटाले भने– कृषि क्षेत्रमा दोव्वर बजेट विनीयोजन गरिए पनि कृषिमा आत्मनिर्भरता र उत्पादन बृद्धिको कुनै कार्ययोजना छैन, अधिकांस रकम कर्मचारीको तलव सुविधा, विदेश भ्रमण, गोष्ठी सेमिनारमै खर्च हुने गरेको छ ।
कृषिप्रधान मुलुकमा बार्षिक अर्बौंको तकारकारी तथा खाद्यन्न आयात हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले नेपालमा बार्षिकरुपमा ९७ अर्बको खाद्यन्न, फलफूल तरकारी र माछामासु आयात हुने गरेको बताए । कृषकले उत्पादित बस्तुको मूल्य नपाएका कारण कृषि क्षेत्रप्रति आकर्षण घटेको भन्दै उनले कृषकको उत्पादनमा विचौलीयाहरुले मोजसस्ती गरिरहेको आरोप लगाए । कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्वन्ध स्थापना नगरेसम्म विचौलीयाहरुको हालीमुहाली कायमै रहने भन्दै त्यसमा सरकारको पनि ध्यानाकर्षण भएको बताए ।

पढेलेखेका व्यक्तिहरु विदेश पलायन हुने प्रबृतिका कारण पनि कृषि क्षेत्रको व्यवसायीकरण हुन नसकेको उल्लेख गर्दै उनले नेपाली युवाहरुलाई स्वदेशमै अबसर दिनसकेका कृषि क्षेत्रले गति लिने बताए । नेपालमा कृषि क्षेत्रलाई व्यवसायिक बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउदै सचिब बाँस्कोटाले जो मानिस राजधानीमा बस्छ उसलाई आबासमात्र व्यबस्था गर्नुपर्ने र जो व्यक्ति गाँउघरमा बसेर कृषि व्यबसाय वा अरु कुनै व्यवसाय गरी बस्छ त्यसलाई दुबै कुरा उपलब्ध गराउनुपर्ने नीति हुनुपर्ने उनको भनाइ थियो ।
कृषि सहकारीमार्फत कृषि उत्पादन बढाउन सकिने भए पनि सहकारी क्षेत्रमा भित्रिएका बिकृतिका कारण सहकारी क्षेत्रसमेत बदनाम हुँदै गएको उनले आरोप लगाए । सरकारी कार्यालयमा बोर्ड राख्ने र त्यसपछि बोर्डसमेत बोकेर भाग्ने कारण राम्रा र नराम्रा सहकारी छुटयाउनै मुस्किल हुने गरेको पनि उनको भनाइ थियो । सचिब बाँस्कोटाले आफन्तहरुलाई पदाधिकारी बनाई सहकारी सञ्चानल हुने गरेकोले पनि नेपाली समुदायमा सहकारीप्रति चासो घटेको बताए ।
राष्टिय सहकारी संघका अध्यक्ष केशव बडालले कृषि क्षेत्रको विकासविना मुलुक आत्मनिर्भर बन्न नसक्ने बताउदै सहकारीमार्फत कृषिको व्यवसायीकरणमा जोड दिए । नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठकले संघको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाले गरेको एक गाँउ एक उत्पादन,अर्गानिक उत्पादन, बाली उत्पादन,सहकारी व्यवसाय÷खेती,सामुदायिक सिंचाई कार्यक्रम र कृषि पर्यटनजस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरेको जानकारी दिदै सयुक्त राष्ट संघको निर्णयअनुसार नेपालमा पनि २०१४ लाई पारिवारिक खेति बर्ष मनाउन लागिएको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :