यसरी हराउदै छ, भँगेरा र चिबे चरा

This post has already been read 211 times!

चौतारा । आँगन र दलिनभरि चिरविर चिरबिर गर्दै आउने भँगेरा र चिबे चरा अहिले गाउँघरमा देखिन छाडे। मानिसको आसपासमा बस्न रुचाउने भँगेरा, चिबे अहिले खोजिहिँड्दा पनि भेट्टाउन हम्मे पर्न थालिसक्यो। कहाँ गए त यी चरारु

किन हराए त यिनीहरु ? कारण मानिसकै गतिविधि हुन्। पहिला काठको घर हुन्थें। छानोमुनी गुँड लगाउन आउँथे चरा। अहिले पक्की, ढलान गरिएको छत हुन्छन्। आँगन र करेसाबारीमा रुख हुन्थे। अहिले न रुख नत करेसाबारी। भएपनि गमलामा फूल रोपेर सजाउने चलन छ। तिनले गुँड लगाउने ठाउँ पाएनन्।

गुँड बसाउने ठाउँमात्र मासिएन। चराले आहार पनि पाउन छाडे। गाउँघरमा विषादि नहाली खेती हुन छाड्यो। धेरै जमीनमा प्लटिङले घरघरै फलाइदियो। चराले के खाऊन्रु ‘रातको प्रथम प्रहारमा भाले बास्नुअगावै चिबेको स्वर सुनिन्थ्यो’, चौतारा नगरपालिका–९ का एकेन्द्रबहादुर श्रेष्ठ विगत सम्झिन्छन्, ‘अब त चिबेचरा देख्न छाडियो।’

‘गाउँघरमा कुखुराको चल्ला लाने चिललाई सानै भए पनि चिबेले लखेटेर हायलकायल पार्ने गरेको दृश्य अब त स्मृतिमा मात्र सीमित रहेको अर्का स्थानीयवासी जगतबहादुर श्रेष्ठ बताउँछन्।

‘केही वर्षअघिसम्म आँगनमा धान, कोदोको बिस्कुन सुकाउँदा भँगेराबाट जोगाउन गोठालो नै लाग्नुपथ्र्यो,’ स्थानीय टीकालक्ष्मी श्रेष्ठ सुनाउँछिन्, ‘अब त हाम्रा नातिनातिनाले भँगेरा र चिबेचरा फोटोमा मात्र देख्ने भए।’ खेतीपातीमा बढी मात्रामा विषादी प्रयोग हुन थालेपछि किराफट्याङ्ग्रा नासिएर आहाराको अभावले पनि ती चरा विस्थापित हुन थालेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउँछन्।

‘पुराना काठका घरमा चिबे, सारौँ र भँगेराले गुँड बनाउने कठप्वाल हुन्थ्यो, अहिले त पहाडमा पनि सिमेन्टेड घर बन्नथाले, ’ डा. बराल भन्छन्, ‘किसानले धान, कोदो लगाउनै छाडेपछि बिस्कुन सुकाएको देखिनै छाडेको छ। मानिसले चरालाई चारो छरिदिँदैनन्, न बस्न पाए, न खान पाए।’

अहिले धेरैजसो जमीनमा धान, गहुँ, कोदोजस्ता अनाजको खेती हुने क्रम निकै घटेको छ। फलफूल तथा तरकारीखेती हुन थालेका छन्। त्यसमा अत्याधिक विषादि हालिन्छ। प्राकृृतिक रुपमा पाइने किराफट्याङ्ग्रा विषादिले निर्मूल पारिदियो। अब न बालीनालीमा अनाज खाएर बाँच्न पाए न त किराफट्याङ्ग्रा। नेपाल पक्षी संरक्षण सङ्घका चराविद् ज्योतेन्द्र ठकुरी आहारा र वासस्थानकै अभावमा भँगेरा र चिबे लोप हुन थालेको बताउँछन्।