नेपालमा बार्षिक ७५ करोड रुपैयाँको च्याउ विक्री

यो समाचार 149 पटक पढिएको

बलम्वुमा मात्रै १८ केजी च्याउ उत्पादन
काठमाडौं ,पुस २६ पुस \  ‘च्याउखेती गर्नुपूर्व कृषिखेतीबाट दुई छाक टार्न समेत धौ–धौ प¥थ्यो, तर, आज त्यस्तो समस्या छैन्,’ केहीवर्ष अघिसम्म समान्य कृषि खेती गर्दै आएको काठमाडौं जिल्लास्थित बलम्वुका च्याउ व्यवसायी अनील श्रेष्ठले हर्सित हुँदै भने । उत्पादित च्याउले राम्रोसँग बजार पाउने भएपछि उनीजस्ता धेरै मानिस व्यावसायिक च्याउखेतीमा लागेका छन् । लागतअनुसार राम्रै आम्दानी हुनेभएपछि किसानहरू व्यावसायिक च्याउ खेतीतर्फ आकर्षित हुँदै सम्वद्ध किसानहरूको भनाइ छ । छोटो समयमा राम्रै आम्दानी लिन सकिने तथा उत्पादित च्याउले सहजै बजार पाउने भएकाले अन्य व्यवसाय छोडेर च्याउ खेतीतर्फ लाग्नेको सङख्या बढ्दै गएको छ ।
Masroomव्यावसायिक कीट विकास निर्देशनालयका अनुसार हाल नेपालमा २५ लाख केजी च्याउ उत्पादन हुँदै आएको छ । निर्देशनालका प्रमुख जग्दिशभक्त श्रेष्ठले नेपालमा ५ सयको हाराहारीमा व्यावसायिक च्याउ फार्म सञ्चालनमा रहेको बताए । ‘माछा मासु नखाने मानिसको सङख्या बढदै गएकाले पनि च्याउको माग बढेको हो,’ उनले भने, ‘माछामासुको विकल्पमा च्याउ प्रयोग हुन्छ, ।’ एउटा च्याउ फाममा कम्तीमा ६ जनाले रोजगारी पाएका छन् । त्यसलाई आधार मान्दा ३ हजार मानिसले रोजागारी पाएको निर्देशनालयको भनाइ छ ।
हाल एउटा च्याउ फार्म सञ्चालन गर्न कम्तीमा २ लाख रुपैयाँ लाग्छ । यसलाई आधार मान्दा नेपालमा १० करोड रुपैयाँ लगानी भएको छ । नेपाल खाद्य च्याउ अनुसन्धान तथा विकास प्रालिका अध्यक्ष सुमन मर्हजनले किसानले च्याउको विक्रीबाट बार्षिक ७५ करोड रुपैयाँ आम्दानी गर्ने बताए । ‘अहिले बजारमा एककेजी च्याउको मूल्य ३ सयसम्म पर्छ,’ उनले भने, ‘हाल नेपालमा २५ लाख केजी च्याउ उत्पादन हुने अनुमान छ ।
मर्हजनका अनुसार बलम्वु गाविसमा मात्रै २ सयओटा च्याउ फार्म सञ्चालित छन् । ती च्याउ फार्मबाट दैनिक रुपमा ५ हजार केजी च्याउ उत्पादन हुँदै आएको उनको भनाइ छ । त्यसैगरी, बलम्वु गाविसमा विगत १० वर्षदेखि च्याउ खेती गर्दै आएको कृषक बुद्धि श्रेष्ठले सिजनमा धेरै च्याउ उत्पादन हुने गरेकाले सोचेजती मूल्य नपाएको गुनासो गरे । ‘पानी पर्ने सिजनमा च्याउ उत्पादन बढी हुन्छ,’ उनले भने, ‘तर, त्यो सिजनमा कृषकले सोचेजती मूल्य पाउँदैनन्, ।’ सरकारले कुखुराको जस्तै च्याउको पनि न्यूनतम मूल्य निर्धारण गरेमा कृषकलाई राहत हुने मर्हजनको भनाइ छ । ‘कृषकले उत्पादन गरेको च्याउको मूल्य विक्रीपछि मात्रै थाहा हुन्छ,’ कृषक श्रेष्ठले भने, ‘न्यूनतम मूल्य निर्धारण भए त्यसैअनुसार च्याउ विक्री गर्न सजिलो हुन्थ्यो, ।’

व्यावसायिक कीट विकास निर्देशनालय र बलम्बु च्याउ सहकारी संस्थाको आयोजनामा एकदिने च्याउ परिकार महोत्सव आयोजना गरिएको छ । च्याउ उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले च्याउ परिकार महोत्सव आयोजना गरिएको अयोजकले बताएको छ ।

  • ३ हजार जनालाई रोजगारी
  • १० करोड लगानी
  • ७५ करोड बार्षिक आम्दानी
  • ५ सय च्याउ फार्म
  • २५ लाख केजी च्याउ उत्पादन

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :