नब्बे प्रतिशत आलुखेती समाप्त

यो समाचार 174 पटक पढिएको

गौशाला, २५ पुस । लगातार रूपमा बढ्दै गइरहेको चिसोका कारण महोत्तरीमा लगाइएको ९० प्रतिशत आलुखेती नष्ट भएको छ । जिल्लामा व्यक्तिगतरूपमा लगाइएको २ सय हेक्टर र सार्वजनिक निजी साझेदारीतर्फ लगाइएको ५० हेक्टर आलुखेतीमध्ये ९० प्रतिशत खेती चिसोबाट समाप्त भइसकेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ ।Potato seedचिसोले गर्दा आलुको बोटमा डढुवा रोग लागेर जरा, डाँठ र पात कुहिएको र ठुटोसमेत बाँकी नरहेको अवस्थामा पुगेर आलुखेती नष्ट भएको किसानलाई उद्धृत गर्दै जिल्ला कृषि विकास कार्यालयका वागवानी प्राविधिक सहायक लालकुमार साहले बताउनुभयो । उहाँले साधारण कार्यक्रमतर्फ आलुखेतीको पकेट क्षेत्र मानिएको जिल्लाको गौशाला, औरही, रामगोपालपुर, रतौली, महदैया तपनपुर, हल्खोरी, रामनगर र जलेश्वर नगरपालिका तथा सार्वजनिक निजी साझेदारीतर्फ जिल्लाको मटिहानी, धिरापुर, गोनरपुरा र जलेश्वर नपा–१० रहेको बताउँदै सो क्षेत्रमा रहेको ९० प्रतिशत आलुखेती चिसोबाट नष्ट भइसकेको बताउनुभयो ।

आलुखेतीमा लागेका जिल्लाका सयौँ किसान यस वर्ष आलु उत्पादनमा निकै कमी आउने चिन्तामा छन् । बढ्दो चिसोका कारण जिल्लाका आलुमात्रै नभई सबै प्रकारका तरकारी र दलहनखेती निकै प्रभावित भएको किसान बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :