उद्योगमन्त्री स्ट्रबेरी उत्पादक किसानका खेतबारीमा

This post has already been read 140 times!

 काठमाडौँ, २५ पुस । अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइराला किसानका पीरमर्का बुझ्न र उनीहरूलाई उद्यमशील हुन अभिप्रेरित गर्ने उद्देश्यले किसानका खेतबारीमा पुग्नुभएको छ । उद्योग मन्त्रालयअन्तर्गतको लघु उद्यम विकास कार्यक्रमको सहयोगमा नुवाकोटको ओखरपौवामा सञ्चालित स्ट्रबेरी उत्पादक किसानहरूलाई उनीहरूकै खेतबारीमा भेटेर मन्त्री कोइरालाले स्ट्रबेरीलाई नेपालबाट निर्यात हुने फलपूmलहरूको सूचीमा समावेश गर्न आफूले हरसंभव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । Arth mantriमन्त्री कोइरालाका सञ्चार संयोजक संकेत कोइरालाका अनुसार स्ट्रवेरी उत्पादक किसानहरूसँगको छलफलमा उहाँले केरा, स्याउ, सुन्तला, जुनारजस्ता फलपूmलमा आत्मनिर्भर बन्न चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजनको व्यवस्था गरेपनि स्ट्रवेरीका विषयमा आपूmलाई कसैले नसुझाएका कारण सम्बोधन गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो । बढ्दो व्यापार असन्तुलनबाट आक्रान्त मुलुकलाई राहत दिन कृषि क्षेत्रको व्यावसायिक विकास एकमात्र विकल्प भएकाले किसानहरूलाई उद्यमशील एवम् आत्मनिर्भर बन्न अनुरोध गर्नुभयो ।

चालु आवमा ७२ हजार केजी स्ट्रवेरी निर्यात गर्न सकिएको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले त्यसबाट आपूmलाई मात्र नभई किसानलाई समेत थप उत्साही बनाएको भन्दै उहाँले स्ट्रबेरीको उत्पादन, व्यावसायिक विकास र निर्यातको प्रवद्र्धनमा भएका समस्या समाधान गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो,–“संविधानसभाको निर्वाचन गराउने प्रमुख कार्यादेश पाएको वर्तमान सरकार डाडाँमा पुगेको घामजस्तो भएकाले सक्दो सहयोग गर्न म पछि पर्दिन ।” विभिन्न मन्त्रालयका सचिव, सरोकारवालाहरूसंगै किसानको दैलोमा पुगेका मन्त्री कोइरालाले आपूmहरू सरकारबाट हटेपनि स्थायी सरकारका प्रतिनिधिहरूले किसानका समस्या आत्मसात् गर्नेमा जोड दिनुभयो ।

किसानहरूसँगको छलफलमा उद्योग सचिव कृष्ण ज्ञवालीले स्ट्रबेरी, एवोकार्डो र किवीजस्ता नयाँ फलपूmलको नेपालमा व्यावसायिक उत्पादन हुन थालेकामा आफू उत्साहित भएको उल्लेख गर्दै ती फलको बजार प्रवद्र्धनलगायत क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनभयो । दलित, महिला, आदिवासीका नाममा उत्पादित बस्तुले बजार पाउन नसक्ने भन्दै सचिव ज्ञवालीले जैविक उत्पादन बढाउन सके बजारको समास्या स्वतः समाधान हुने विचार व्यक्त गर्नुभयो । लघु उद्यम विकास कार्यक्रमका राष्ट्रिय निर्देशक यामकुमारी खतिवडा, कार्यक्रमका प्राविधिक सल्लाहकार डा लक्ष्मण पुनले काठमाडौँ वरपर रहेका कुखुरा फर्ममा उत्पादित मल ल्याएर उत्पादनलाई अर्गानिक बनाउन सुझाव दिनुभयो । किसानहरूले डढुवा तथा बोट हौसिने रोगको उपचारमा समस्या भएको बताउँदै स्ट्रबरी निर्यातका लागि औपचारिक बाटो खोलिदिन आग्रह गरे । स्ट्रवरीका लागि पकेट क्षेत्र बनाएर यसको व्यावसायिक खेतीको प्रवद्र्धन सघाउ पु¥याउन उनीहरूले सरकारसँग अनुरोध गरेका छन् ।