ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपलु

यो समाचार 225 पटक पढिएको

ध्रुवसागर शर्मा
म्याग्दी, उद्यमीका लागि बाधक बन्दैन शारीरिक अपाङ्गता ,हातमा सीप र मनमा केही गर्छु भन्ने आँट हुने हो भने शारीरिक अपाङ्गता बाधक बन्दो रहेन छ भन्ने गतिलो उदाहरण बनेका छन् म्याग्दीको ज्यामरुककोट गाविस वडा नं १ बगरफाँटका कृषक जीतवहादुर कार्की ।जन्मदेखि नै बाँया खुट्टाले टेक्न नसक्ने कार्कीले बिगत १० वर्षेदेखि व्यवसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आँट हुनेहरुका लागि शारिरिक अपाङ्गता बाधक नबन्ने उदाहरण बन्न सफल भएका छन्।
aaaकृषि पेसालाई नै जीवन जीउने आधार बनाएका कृषक कार्कीले उत्पादन गरेका तरकारी विक्रि गरेर घर खर्च मात्र होइन, सदरमुकाम बेनी वजारका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा बचत गरेर स्वदेशमा रोजगारीको कुनै सम्भावना नरहेको भनि विदेशिने युवाहरुलाई परिश्रम गर्न सक्ने हो भने विदेशको भन्दा राम्रो आम्दानी गर्न सकिने नजिर समेत बनेका छन् ।

उमेरले ५० वसन्त पार गरिसकेका कार्कीको बारिमा अहिले टमाटर, काउली लगायतका तरकारीहरु लटरम्म फलिरहेका छन्।वुढ्यौली उमेरको असक्त शरीर भए पनि अधिकांश समय तरकारी खेतीमा व्यस्त भेटिन्छन् कार्की ।अहिले २ वटा प्लाष्टिक टनेलमा बेमौसमी गोलभेडा खेती गरेका कार्की टनेलमा लटरम्म गोलभेँडा फलेपछि दङ्ग परेका हुन्। करिब ४० हजार रुपैंयाँको गोलभेडा बेच्ने लक्ष्य रहेको कृषक कार्कीले बताए । ुगोलभेँडा राम्रो फल्यो, अब अर्को टनेलमा पनि गोलभेडा खेती गर्ने विचार गरेको छु।

 

एउटा खुट्टा खोच्याउँदै लठ्ठिको सहारामा हिँडडुल गर्ने कार्की आफ्नो परिश्रम खेर नगएकोमा मख्ख हुनुहुन्छ। ुमैले सकिनसकी विगत १० वर्षेखि निरन्तर रुपमा तरकारी खेती गरिरहेको छु ,यसैबाट घरखर्च चल्नुका साथै केही बचत पनि गरेको छु, म यसैमा सन्तुष्ट छु्ु आफ्नो पेसाप्रति गर्व गर्दै कार्कीले भने ।

 

जिल्ला कृषि विकास कार्यालयले कृषकहरुलाई सहुलियत दरमा मल, विउ, विषादी लगायतका कृषि सामग्रीहरु उपलव्ध गराउने हो भने अधिकाँश व्यक्तिहरु कृषि पेसातर्फ आकषिर्त हुने र कृषि पेसा व्यवसायिक रुपमा पनि सफल हुने कार्कीको वुझाइ छ।

 

उत्पादन गर्न सक्ने हो भने वजारको अभाव नभएको भएता पनि संस्थागत कृषि वजारको भने आवश्यकता रहेको कार्कीले बताए । बिगत केही वर्षता वैदेशिक रोजगारीवाट फर्केका युवाहरुमा कृषि पेसाप्रति आकर्षण वढदै गएको भएता पनि कृषि क्षेत्रमा कालो वजारी मौलाउँदै गएको र विचौलियाका कारण कृषकहरु मारमा परेका गुनासाहरु वढदै जान थालेका छन।

 

तरकारी किन्न घरमै आउने व्यापारीहरुले कृषकहरुसँग कम मूल्यमा किन्ने र आफूले वेच्दा दोव्वर तेव्वर मूल्यमा वेच्ने गरेको आफूले पाएको कृषक कार्कीले बताए । यसले गर्दा वास्तविक कृषकहरु मारमा परेका छन् , कार्कीले भन्नुभयो ुखेती गर्नेले भन्दा वेच्नेले वढि कमाउँछ , उपभोक्ताहरु चर्को मूल्य तिरेर तरकारी खान वाध्य हुन्छन्, तर सरोकारवाला निकायहरु भने मौन वस्छन्, यसरी कसरी होला र कृषिको विकास अनि कृषकको उन्नति।ु

रचनात्मक प्रतिक्रिया दिनुहोस् :