भक्तपुरमा कुखुरा वधशाला सञ्चालन हुने

यो समाचार 163 पटक पढिएको

भक्तपुर \ उपभोक्तालाई अन्तर्राष्ट्रिय गुणस्तरको स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यले भक्त पुरमा कुखुरा वधशाला सञ्चालनमा ल्याइने भएको छ। कुखुरापालक व्यवसायी संघ भक्त पुरमा आबद्ध व्यवसायीले एभरेस्ट चिकेन नेपाल प्रालि नामक वधशाला सञ्चालनमा ल्याउन लागेका हुन्। भक्तपुर नगरपालिका १७ स्थित औद्योगिक करिडोरमा करिब दुई करोड लगानीमा निर्माणाधीन वधशालामा भारतबाट ल्याइएका उपकरण जडान कार्य भइरहेको छ।

vvvv

वधशाला जिल्लामा बर्डफ्लु संक्रमण हुनुअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको थियो। तर, बर्डफ्लु संक्रमणले जिल्लाका व्यवसायीको करिब सात अर्ब रु पैयाँ डुबेपछि ढिलाइ भएको हो।

भक्तपुर औद्योगिक करिडोरस्थित एभरेस्ट चिकेन नेपाल प्रालिले स्थापना गरेको वधशालामा जडान गरिएको उपकरण।भक्तपुर औद्योगिक करिडोरस्थित एभरेस्ट चिकेन नेपाल प्रालिले स्थापना गरेको वधशालामा जडान गरिएको उपकरण।सरकारी सहयोगसमेत रहेको वधशाला सञ्चालनमा आएपछि दैनिक आठ घन्टाभित्र २४ हजार किलो स्वस्थकर मासु तयार हुने प्रालिका अध्यक्ष सुमन सुवालले जानकारी दिए। उनका अनुसार वधशालाले प्रतिघन्टा एक हजार पाँच सय कुखुरा काट्ने, सफा गर्ने, चिस्याउने तथा फ्रिज गरी बजारमा पठाउन सकिने तीन हजार किलो मासु तयार गर्नेछ।

अध्यक्ष सुवालले तीव्र गतिमा उपकरण जडान कार्य भइरहेकाले कम्तीमा दुई महिनाभित्र वधशाला सञ्चालनमा आउने बताए। ुवधशालालाई आवश्यक सम्पूर्ण उपकरण जडान कार्य तीव्र गतिमा भइरहेको छु, उनले भने, ुमेसिन जडान सकेपछि भुइँ र भित्तामा मार्बल लगाउने कार्य गरेपछि वधशाला सञ्चालनमा आउँछ। यसका लागि कम्तीमा दुई महिना समय लाग्ने अनुमान गरेका छौं।ु

उनले नेपाल विद्युत् प्राधिकरणले थ्री फेज लाइन उपलब्ध गराउन आनाकानी गरेकाले वधशाला सञ्चालनमा ल्याउन ढिलाइ भएको गुनासो गरे। ुमहिना दिन भइसक्यो विद्युत् प्राधिकरणमा छुट्टै थ्री फेज लाइनको माग गरेको तर अहिलेसम्म उपलब्ध गराएको छैनु, उनले भने। सबै अटोमेटिक चल्ने मेसिनले करिब १० मिनेटमा एउटा कुखुरा काटेर रगत सबै सोसाइसकेपछि तीन मिनेट २० सेकेन्ड चिस्याएपछि मासु तयार हुने उनको भनाइ छ।

अहिले सञ्चालनमा आएका कोल्ड स्टोरले आफूलाई आवश्यक पर्ने कुखुरामात्रै लाने गर्दा बाँकी कुखुरा पाल्न व्यवसायीलाई दोहोरो खर्च लाग्ने गरेको छ। वधशाला सञ्चालनमा आएपछि कुखुरा तथा कुखुराको मासुको बजार मूल्यसमेत स्थिर भई व्यवसायी र उपभोक्ता ठगिनबाट बच्ने व्यवसायी बताउँछन्।

जिल्ला पशु सेवा कार्यालय भक्तपुरका अनुसार बर्डफ्लु संक्रमण फैलिनुअघि कुखुरा व्यवसायमा चितवनपछि भक्त पुर दोस्रो स्थानमा थियो। गत ३ गते बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा फिर्ता भएपछि भक्त पुरमा व्यवसायीले कुखुरा पाल्न सुरु गरेको कार्यालयका पशु चिकित्सक रामपरीक्षण साहले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :