राष्ट्रपतिले भने, ‘बाचा पुरा गर्नुहोस्’

यो समाचार 172 पटक पढिएको

काठमाडौ, पुस २३ – संविधानसभाको पहिलो बैठक आफुले आह्वान गर्नुपर्ने दावी गरिरहेका राष्ट्रपति रामबरण यादवले दलका नेताहरुलाई बोलाएर चियापन गराएका छन् । मंगलबार दिउसो भएको सो चियापन समाहरोहमा उनले एक बर्षमा संविधान दिने बाचा पुरा गर्न राजनीतिक दललाई आग्रह गरे ।

अन्तरिम संविधानको मर्म र भावना अनुसार सरकार बनाएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति यादवले दलहरुले गरेका बाचा पुरा गर्दै स्थानीय निकायको चुनाव गर्न समेत गरे ।

UML-MAO
राष्ट्रपतिले अन्तरिम सरकारले आफूलाई तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी मुलुकको राजनीतिलाई मूलमार्गमा पुनर्स्थापित गरिदिएको भन्दै अब राजनीतिलाई अगाडि बढाउने तथा विगतको संविधानसभाबाट भएका राम्रा कार्यहरुको जगेर्ना गर्दै निर्धारित समयमा मुलुकलाई नयाँ संविधान दिने जिम्मेवारी पुन दलहरुको काँधमा आएको बताए । उनले संविधान सभामा प्रतिनिधित्व नभएका दल, समुदाय र वर्गको भावना समेत नयाँ बन्ने संविधानमा सुनिश्चित ढंगबाट समेटिने व्यवस्था गर्नेतर्फ ध्यान दिन आग्रह समेत गरे ।

राष्ट्रपतिले विषम परिस्थितिमा पनि चुनाव सफल तुल्याउन योगदान गर्ने आम नेपाली मतदाता बधाईका पात्र भएकाे भन्दै सबैप्रति धन्यवाद दिए ।उनले सबै दललाई एक भएर संविधान निर्माणतिर केन्द्रीत हुन विशेष आग्रहृ गरे । चियापानमा सरकारका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरू सहभागी भएका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :