चिराइतो हेलीकप्टरबाट सिधै चिन निकासी

यो समाचार 210 पटक पढिएको

भोजपुर, सदरमुकामबाट १८ कोष उत्तरी खाटम्मा गाविसको वडा नंं. ५ डिलखर्कमा मात्रै एक करोड ४० लाखको चिराइतो उत्पादन भएको छ । डिलखर्कमा यस बर्ष ५ सय मन (१ मन बरावर ४० केजी) चिराइतो उत्पादन भएको हो । यातायात सुविधा सहज नभएकाले डिलखर्कको चिराइतो आइतबार (५ पटक) हेलीकप्टरद्वारा चीनको किमाथाङ्कामा निकासी गरीएको डिलखर्कका चिराइतो किसान आङवावु शेर्पाले बताए ।

Heli “यातायात सुविधा नभएकाले हेलीकप्टरमा चिरातो निकासी गराउनु हाम्रो बाध्यता हो ।” शेर्पाले भने “भारतमा चिराइतोको मूल्य राम्रो नभएकाले सिधै चिनमा हामीले चीराइतो निकासी गराएका हौ ।” चिराइतो स्थानिय बजारमै प्रतिमन २८ हजारका दरले विक्री हुने गरेको शेर्पाले जानकारी दिए । “मैले चिराइतो खेती गर्न थालेको ५ बर्ष भयो । खेतीबाट मैले बर्षमा १६\१७ लाख आम्दानी गर्ने गरेको छु ।” शेर्पाले थपे ।

चिराइतो खेती गर्न सरकारी निकायले सहयोग नगरेका कारणले समस्या भैरहेको किसानहरुको गुनसो छ । “खेती गर्न प्राविधीक ज्ञान छैन, निकासी गर्न पनि विभिन्न खाले झन्झट व्यहोर्नु पर्छ तर सरकारी निकायले भने यसतर्फ चासो नै दिएको छैन् ।” डिलखर्ककै अर्का किसान कुसाड्ड शेर्पाले भने । जिल्लाको आर्थिक श्रोत मध्येको एक चिराइतो खेती गर्ने किसानहरुलाई सरकारले सहयोग गुर्न पर्ने शेर्पाको भनाई छ । बजारमा सजिलै विक्री हुने र खेति गर्न पनि सहज भएको कारण पछिल्लो समयमा किसानहरु व्यवसायिक चिराईतो खेति तर्फ आकर्षित बनेका छन् ।
“चिराइतो खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले बसाइसरी गएकाहरु पनि अहिले गाँउ फर्कीएर खेती गर्न थालेका छन् ।” चिराइतो कृषक काजी शेर्पाले भने । अहिले गाउँमै चिराईतोको विरुवा उत्पादन गर्ने उदेश्यले तिम्मा–२ का मानबहादुर राईले आफ्नै बारीमा नर्सरी स्थापना गरेका छन् । यसैवर्षबाट विउ छर्न सुरु गरेका राईले आफ्नो २ रोपनी जग्गामा चिराइतोको नर्सरी राख्ने योजना बनाएका हुन् । औषधिय गुण भएको चिराईतो संरक्षण तथा संवर्दन तथा वजारीकरण गर्ने उदेश्यले चिराईतोको नर्सरी स्थापना गरेको राईले बताए ।
समुन्द्री सतहबाट करिव १२ सय देखि ३ हजार मिटर उचाईसम्म पाईने चिराईतो एक किसिमको जडिबुटी हो । हाल जिल्लाका दोभाने, किमालुड्ड, भैसीपंखा, तिम्मा, चौकीडाँडा, कुदाकाउले लगायतका गाविस व्यवसायिक चिराइतो खेती गरिदै आएको छ

रचनात्मक प्रतिक्रिया दिनुहोस् :