जहाँ कुखुरा पाल्न र मासु खान निषेध छ

यो समाचार 186 पटक पढिएको

काठमाडौं, पुस २०\तपाईलाई कुखुराको मासु खान मन लाग्यो भने के गर्नु हुन्छ? तपाईको सहज जवाफ हुन सक्छ,होटलमा गएर खान्छु वा कुखुराको मासु किनेर ल्याएछु र घरमै पकाएर खान्छु । यि दुईमध्ये जुन कुनै विकल्प तपाई बिना रोकावट उपयोग गर्न पाउनुहुन्छ । तर ,दुर्भाग्य, ललितपुर खोकनाका स्थानियले भने यो पछिल्लो बिकल्प रोज्न पाउँदैनन । उनीहरुलाई कुखुराको मासु खान मन लाग्यो भने  पहिलो बिकल्प रोज्नुपर्छ । अन्यथा,उनीहरुको कुखुराको मासू खाने चाहना चाहनामै सिमित हुन्छ ।
Chikenधेरैलाई यो विषय आश्चर्य लागे पनि दक्षिण ललितपुर,खोकनाका स्थानियलाई भने यसो गर्न बानि नै परि सक्यो । बरु उनीहरुले कुखुराको साटो हाँस पालेर त्यसको मासु खाने गरेका छन् । यहाँ कुखुरा पाल्न समेत पाइदैन । यो नेवारहरुको बाक्लो आवाद रहेको क्षेत्र हो ।
तर धेरैले घरमा कुखुरा नपाल्ने र कुखुराको मासु ल्याएर पकाएर नखाने गरे पनि पछिल्लो पुस्ताका धेरैलाई कुखुराको मासु घरमा नखानुको कारणबारे जानकारी छैन। किंबदन्ती अनुसार परापुर्वकालमा कुखुराबासे पछि त्यहाँको श्रीखण्ड मुर्ती चोरी हुनबाट बचेको र कुखुरको त्यही योगदानका कारण मुर्ती चोरी हुनबाट जोगिएको भन्दै कुखुरको सम्मान गरेर उनीहरुले कुखुराको मासु खान छाडेका हुन् ।

‘परापुर्व कालमा कुखुराको कारणले मुर्ती चोर्न जोगिएको र कुखुराको योगदानलाई सम्झेर सम्मानस्वरुप कुखुरा पाल्न र त्यसको मासु खन छाडेका हौ’, खोकनाका तिर्थ डंगोलले भने ,‘अहिले त मासु खानु मन लागे शहर नै धाउनु पर्छ । नयाँ पुस्ताका कसैकसैले मात्र शहरबाट मासु ल्याएर खान्छन् । नत्र यहाँ मासु खाने चलन छैन । ’
कुखुराको मासु मात्र होइन,यो गाउँमा केही समयअघि सम्म देउतालाई मन नपर्ने भन्दै लसुन समेत खाने गरिएको थिएन । ‘तर अहिले लसुन भने खान थालिएको छ’ स्थानिय जुजुभाई महर्जनले भने,‘तर गुठी जात्रामा भने अहिले पनि यसलाई चलाउने गरिएको छैन ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :