एमाओवादी नेता पौडेलले भने–पार्टीको नेतृत्व फेरौं

This post has already been read 52 times!

काठमाडौं, २० पुस । एकीकृत माओवादीका नेता देबेन्द्र पौडेलले पार्टीको नेतृत्व र नीति असफल भएकोले नेतृत्व फेर्नुपर्ने बताएका छन् । पार्टीको नेतृत्व र नीति सफल हुँदासम्म मात्र कायम रहने भन्दै संविधानसभाको निर्वाचनको परिणामले नेतृत्वलाई असफल सावित गरेकाले पार्टीको नेतृत्व परिवर्तनको मुद्दा औपचारिकरुपमै प्रवेश गरेको पौडेलको दावी छ ।
devendra-paudel-150x150रििर्पोटस् क्लबले शनिवार गरेको साक्षात्कार कार्यक्रममा पौडेलले भने–‘आगामी केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको मुद्दामा बहस हुन्छ, नयाँ पुस्ता नेतृत्वको लागि तयार हुनुपर्छ । एउटै व्यक्ति लामो समय नेतृत्वमा रहँदा नयाँको प्रतिभा र क्षमता अघि बढ्न सक्दैन ।’
पौडेले समानुपातिक सभासद चयनमा संस्थागत निर्णय नमिलेर विवाद भएपनि पार्टी भने फुट्न नदिने स्पष्ट पारे । उनले भने–पार्टी फुट्ने र फुटाउने अधिकार कसैलाई छैन । अहिलेको मतभेदलाई ब्यवस्थापन गर्नु पर्यो नभए नेतृत्व यूवा पुस्तालाई दिनुपर्छ ।’
पार्टी भित्र त्याग, निष्ठा र आर्दश हराएर गुट, पद, पैसा, अवसरबाद र गुटवाद हावी भएको भन्दै यसले सबै दलहरु जनताको नजरमा गिरेको भन्दै पौडेलले नेतृत्वले फराकिलो भएर गल्ती नसच्याए मुलुकमा दुघर्टना हुने चेतावनी दिए । संविधानसभाको बैठक ढिला नगरी तत्काल बोलाउनुपर्ने जिकिर गर्दै उनले संविधान अस्पष्ट रहेकोले दलहरुको सहमतिको आधारमा संविधानसभाको बैठक डाक्नुपर्ने पौडेलले बताए । ठूलो दल भएकाले काग्रेसले सहमतिअनुसार जिम्मेवार भएर एक वर्षभित्र संविधान जारी गर्ने गरी अघि बढ्नुपर्ने सुझाव पौडेलले दिए ।