बढ्यो खाद्य असुरक्षा

यो समाचार 187 पटक पढिएको

काठमाडौं, २० पुस\ वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहँदा करिब डेढ वर्षअघि सचिव लालमणि जोशी ९हाल सहकारी तथा गरिबी निवारण मन्त्रालय० ले वाणिज्य विभागद्वारा आयोजित कार्यक्रममा भनेका थिए, ‘आमउपभोक्ताले कम गुणस्तरको वस्तुलाई बढी मूल्य तिरेर उपभोग गरिरहनुपरेको छ । यो भीडमा म पनि पर्छु ।’

Food Secutiryसरकारले खाद्य वस्तुको मूल्य र गुणस्तर नियमनका लागि दौडधुप गरिरहेको बताइरहँदा व्यवसायीले भनेअनुसारकै मूल्य तिर्दा पनि स्वस्थ्यकर खाने कुरा नपाउने उपभोक्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । यसर्थ, समय बित्दै र फेरिँदै गए पनि प्रश्न उही छ, ‘साँच्चै के गर्नुपर्ला रु’ यसको जवाफ कोहीसँग छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग महानिर्देशक जीवनप्रभा लामा अल्पविकसित देशमा पूर्ण रूपले खाद्य स्वच्छता कायम गराउन सजिलो नहुने बताउँछिन् ।

‘अल्पविकसित देशमा सतप्रतिशत खाद्य स्वच्छता कायम गराउन गाह्रो पर्छ । सकिँदैन भन्नेचाहिँ होइन,’ उनले भनिन्, ‘उत्पादक, विक्रेता, उपभोक्तालगायत सबै क्षेत्रको साथ र सहयोग भए सही मूल्य तिरेर गुणस्तरीय खानेकुरा उपभोग गर्न पाउने उपभोक्ताको संख्या बढाउँदै लान सकिन्छ ।’ विभागको तथ्यांकअनुसार अहिले २० प्रतिशत उपभोक्ता खाद्य असुरक्षाको घेरामा छन्, जुन व्यवसायीले तोकेकै मूल्य तिर्दा पनि स्वच्छ र ताजा खानेकुरा उपभोग गर्न नपाउनेको प्रतिशत हो । नेपालको यो प्रतिशत दक्षिण एसियाली राष्ट्रसँग भने मिल्दोजुल्दो छ । सार्क राष्ट्रमा औसत २५ प्रतिशत खाद्य असुरक्षा छ ।

खाद्य विभाग, वाणिज्य विभाग, गुणस्तर विभागलगायत अनुगमनकारी निकायले दिनहुँ बजार अनुगमन गरी खाद्यान्नको मूल्य र गुणस्तर नियमन गर्न अग्रसर भइरहेको रिपोर्ट सार्वजनिक गर्ने गरेका छन् । तर, उपभोक्ताको स्वस्थ खानेकुरा उपभोग गर्न पाउनुपर्ने अधिकारलाई सुरक्षित गर्न नसकेको उपभोक्तावादीको आरोप छ । ‘सरकारी निकायले अनुगमन गरेका छन् । तर, यसको प्रभाव आमउपभोक्ताले आभास गर्न सकेका छैनन्,’ उपभोक्ता हित संरक्षण मञ्चकी सचिव विमला खनालले भनिन्, ‘अनुगमन भएर मात्रै हँुदैन, त्यसको प्रभावकारिता पनि देखिनुपर्छ ।’ उनले आमउपभोक्ताले सरकारको अनुगमनबाट लाभ लिन नसकेको जिकिर गरिन् ।

निश्चित क्षेत्रमा मात्रै भएको अनुगमन र नमुना परीक्षणले आर्थिक वर्ष ०६८र६९ मा २०।८ प्रतिशत उपभोक्ता खाद्य असुरक्षाको खतराभित्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिवेदनमा उल्लेख छ । सोभन्दा अघिल्लो आवमा १९।३ र आर्थिक वर्ष ०६६र६७ मा १५।६ प्रतिशत उपभोक्ता खाद्य असुरक्षाको खतरामा रहेको देखिन्छ । महानिर्देशक लामाका अनुसार अनुगमनको क्षेत्र, नमुना परीक्षणको संख्या र गुनासो गर्ने उपभोक्ताको संख्या बढ्दै गएको छ ।

‘सबै क्षेत्रको दायरा बढेकाले खाद्य असुरक्षा पनि बढेको छ, सुधारका लागि हामी क्रियाशील छौँ,’ महानिर्देशक लामाले भनिन् । विभागले राजमार्ग आसपासका एक सय ८१ होटललाई स्वास्थ्य पक्ष वर्गीकरण गरी स्टिकर टाँसेको छ । यसैगरी, विभागले सुदूरपश्चिम क्षेत्रका सडकमा ठेलागाडा राखेर तयारी खानेकुरा बिक्री गर्ने एक सय २७ साना व्यवसायीलाई तालिम दिने र सुरक्षित फुट कार्ट ९आधुनिक ठेलागाडा० वितरण गरेको, देशैभर सचेतनाका कार्यक्रम गरी खाद्य स्वच्छताका लागि क्रियाशील रहेको दाबी गरेको छ ।
विभागका प्रवक्ता प्रमोद कोइरालाले साताव्यापी ‘स्वच्छ खाना स् सबैको चाहना’ नाराका साथ खाद्यमा गुणस्तर कायम गर्ने उद्देश्यलाई थप प्रभावकारी बनाउन छैटौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइने जानकारी दिए । ‘हामी उपभोक्ताको खाद्य स्वच्छताको अधिकारलाई सुरक्षित राख्न क्रियाशील छौँ, दिवस राखेर सरोकारवाला सबैलाई समेटेर थप सशक्त पार्ने उद्देश्य हो,’ प्रवक्ता कोइरालाले भने ।

 

सुधारका लागि प्रयासरत छौँ
जीवनप्रभा लामा, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
विभाग र देशभर रहेका क्षेत्रीय कार्यालयबाट खाद्य स्वच्छता कायम गर्नका लागि पछिल्लो समय वर्षैभरि अनुगमन गर्ने, अनुगमनमा दोषी भेटिएकालाई कारबाही गर्ने, उपभोक्ता सचेतनाका कार्यक्रमलगायत गतिविधि भइरहेका छन् । यसर्थ, पैसा तिरेपछि स्वच्छ खानेकुरा पाउनु उपभोक्ताको अधिकार हो । विभागमा रहेको जनशक्तिले प्रयास गर्दै जाँदा अहिले खाद्य स्वच्छताबाट करिब २० प्रतिशत जनता वञ्चित रहेको हाम्रो तथ्यांक छ । तर, यो डरलाग्दो वा आत्तिनुपर्ने तथ्यांक होइन । दक्षिण एसियाका सबै राष्ट्रमा लगभग यही अनुपातमा खाद्य स्वच्छताको अवस्था पाइन्छ । विश्वभरको अवस्था हेर्ने हो भने पनि नेपालजस्तो अल्पविकसित राष्ट्रमा पूर्णरूपले खाद्य स्वच्छता कायम गराउन गाह्रो पर्छ ।

 

विभाग एक्लैको प्रयासले नेपालमा खाद्य स्वच्छताको अधिकारलाई सुनिश्चित गर्न सजिलो छैन । त्यसैले उत्पादक, विक्रेता र उपभोक्तासमेत सजग हुनु जरुरी छ । बजारमा विभागको उपस्थितिले ठूलो नभए पनि खाद्य स्वच्छताका कायम गर्ने कुरामा धेरथोर प्रभाव अवश्य पारेको छ । यस वर्ष ‘स्वच्छ खाना स् सबैको चाहना’ नारा लिएर राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइरहेका छौँ । उपभोक्ताको खाद्य स्वच्छता अधिकार सुनिश्चित गर्ने विभागको अभियानअन्तर्गत दिवसलाई राखिएको हो । धेरै देशमा यस किसिमको राष्ट्रिय खाद्य दिवस नगरिने भए पनि हामी भने बर्सेनि दिवसको आयोजना गरिरहेका छाँै । दिवसको माध्यमबाट व्यापक जनचेतना वृद्धि हुने हाम्रो अपेक्षा छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :