बलम्बुमा पहिलो पटक च्याउ परिकार महोत्सव

यो समाचार 181 पटक पढिएको

काठमाडौं, २० पुस \ कृषिमन्त्री टेकवहादुर घर्तीथापाले व्यवसायिक रूपमा च्याउको खेतीका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन। बल बुस्थित बलम्बु च्याउ सहकारी संस्थाको पाँचौं साधारण सभा तथा च्याउ परिकार महोत्सवको उदघाट्न गर्दै मन्त्री थापाले यस्तो जानकारी दिएका हुन्।

Masroomमन्त्री थापाले व्यवसायिक रूपमा किसानहरूले सामूहिक रूपमा गर्ने च्याउ खेतीका लागि सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने बताए। च्याउ खेतीका क्षेत्रमा बलम्बु संस्थाले उल्लेखनीय योगदान पु:याउदै आएको बताउदै उनले पर परागत प्रणाली छाडेर व्यवसायिक रूपमा आधुनिक प्रणालीलाई अंगाल्ने किसान तथा समूहलाई सरकारले दुवै प्रकारले सहयोग गर्न तयार रहेको आश्वासन दिए। ‘आधुनिक रूपमा च्याउको खेती गर्ने किसान वा समूहलाई आर्थिक र प्राविधिक रूपमा सहयोग गर्न सरकार सदैव तयार छ,Ó उनले भने।

व्यवसायिक किट विकास निर्देशनालयका निर्देशक जगदिश भट्ट श्रेष्ठले च्याउ खेतीका क्षेत्रमा बल बुले ठूलो योगदान पु:याएकाले उक्त स्थानमा च्याउस बन्धी प्रयोगशाला सञ्चालनमा ल्याएको वताए। ‘यो संस्था च्याउ खेतीको क्षेत्रमा नेपालमै नमूनाको रूपमा अगाडि बढेकाले यहाँका किसानलाई प्राविधिक सुविधा उपलब्ध गराउन सरकारले यो स्थानमा च्याउ तालिम तथा अनुसन्धान केन्द्रको स्थापना गरेको हो,Ó उनले भने। उनका अनुसार छलाख ५७ हजारको सहयोगमा उक्त स्थानमा प्रयोगशाला स्थापना गरिएको छ।

निर्देशनालयको सहयोगमा नेपाल खाद्य च्याउ अनुसन्धान तथा विकास प्राइभेट लिमिटेड र च्याउ सहकारी संस्थाको संयुक्त आयोजना गरिएको महोत्सवमा च्याउको मम, करी, फ्राई, छोयला, पकौडा, अचार, सुप र साँधेको परिकारको आठवटा स्टाँल रा ने व्यवस्था गरिएको थियो।

खाद्य च्याउ अनुसन्धान तथा विकास प्राइभेट लिमिटेडका अध्यक्ष सुमन महर्जनका अनुसार बलम्बु गाविसमा मात्रै २ सय फार्मबाट गोव्रे, कन्ये र सिताके जातका बार्षिक १८ लाख किलो च्याउको खेती हुन्छ। च्याउको विक्रीबाट बार्षिक ७५ करोड रु पैयाँ आ दानी हुने उनले बताए। ‘अहिले बजारमा एककिलो च्याउको औषत मूल्य ३ सयस म पर्छ,Ó उनले भने। निर्देशनालयकाअनुसार नेपालभर भने ५ सयको सं यामा रहेका व्यवसायिक फार्मबाट २५ लाख किलो उत्पादन हुँदैआएको छ। सहकारीमार्फत बल बुका ५ सय किसानहरूले च्याउ उत्पादन गर्दैआएका छन्। नेपालमा मु यतया कन्ये र गोव्रे जातका च्याउ लोकप्रिय मानिएको छ। करिब एकसय १४ प्रकारको च्याउ पाइएपनि लोभलाग्दा, गाढा गुलावी, रातो, पहेलो, कालो र दूधजस्तो झोल आउने च्याउ बिषालु मानिन्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :