तरकारी खेतिले बदल्यो, राधाको जीवनस्तर

यो समाचार 186 पटक पढिएको

  • जीवन शर्मा
Tomato
पाकेको गोलभेडा संकलन गरेर उठाउदै राधाका श्रीमान कान्छाराम गुरुङ्ग । तस्विरः जीवन शर्मा

ओखलढुंगा, २० पुस\ फेदिगुठ १ ओखलढुंगा की राधा गुरुङ्ग । केही वर्ष अगाडी सम्म उनले चामलको भात खान चाड पर्व पर्खनु पथ्र्यो । बिहान बेलुकीको हात मुख जोर्न बाह्रै महिना अर्काकोमा ज्याला मजदुरी गर्न जानु पर्ने उनको बाध्यता थियो । बालबच्चाहरु लाई नयाँ कपडा लगाईदिन र एक छाक मासु खाएको पैसा तिर्न समेत उनि रातदिन अरुकै घरको काममा पौठेजोरी खेल्थिन् । एक छाक खान र बच्चाहरुको पढाई खर्च जुटाउन धौ धौ पर्ने गुरुङ्ग अहिले बार्षीक एक लाख ५० हजार सम्म आम्दानी गर्ने थालेकी छन् ।
परिवार भित्रको आर्थिक अबस्था समेत अत्यन्त कमजोर भएकी गुरुङ्गलाइ जीवन स्तर सुधारका लागी स्थानीय पूर्वाधार कार्यक्रम (लिली) ले सिंचाइ पोखरी योजनामा सहयोग गरेपछि उनको जिवनस्तरमा परिवर्तन आएको हो । श्रीमान, एक छोरा र दुई छोरी गरी पाँच जनाको परिवार लाइ अहिले उनकै मेहनतले पालेकी छन् । बाँसको चिमले बेरेर (फुस) खरको छानो भएको सानो घर, करिव ४ रोपनी सुख्खा बारी र दुइ वटा गाइबस्तु उनका नामका सम्पत्ति हुन ।

आफ्नोे खेतीको उत्पादनले मात्र तीन महिना खान पुग्ने राधाको अवस्थामा परिवर्तन आएको देख्दा अहिले उनका छिमेकी समेत छक्क परेका छन् । आम्दानीको कुनै श्रोत नभएकी राधा आफ्नो नाम सम्म लेख्न सक्छीन । सामान्य कखरा चिनेर आफ्नो नाम मात्र लेख्न सक्ने राधा सिंचाईको सुबिधा भएपछि मौसमी बेमौसमी तरकारी खेती र तरकारी नर्सरी सञ्चालन गर्दै वार्षिक १ लाख ५० हजार सम्म आम्दानी गर्न सक्ने भएको बताउँछिन ।
यही कमाइ बाट उनले अहिले बच्चाहरुलाई राम्रै शिक्षा दिक्षा दिईरहेकी छन । आफ्नो कमाईबाटै अर्को एक तले घर समेत बनाईसकेको गुरुङ्गले बताइन । तरकारी खेति बाटै राम्रो आम्दानी गर्न थालेपछि अहिले गाउँ घरमा उनको सम्मान बढेको छ । उनैको सिको गरेर अहिले गाउँमा अन्य कृषकहरुले पनि ब्याबसायिक तरकारी खेती शुरु गरेका छन । “मेरो आम्दानी देखेर गाउँका नैन कला गुरुङ्ग, दुर्गा गुरुङ्ग लगाएतको एक समुह नै व्यवसायिक तरकारी खेति तिर लागेका छन ।’ राधाले भनिन, आफ्नो उत्पादन फलाँटे भञ्ज्याङ्ग र कोषाट बजार सम्म पु¥याएर बिक्रि गर्ने गरेको छौ ।” जिल्ला विकास समिति ओखलढुंगा तथा हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा जनजाती उत्थान समाजद्वारा सञ्चालित जीवन स्तर सुधारका लागी स्थानीय पूर्वाधार कार्यक्रम (लिली) को सहयोगमा सन २०१० मा खानीखोला पोखरी सिंचाई योजना संचालन भए देखी उनी संगै यहाँका दुइ दर्जन भन्दा बढी कृषकहरुको जिवनस्तरमा सुधार भएको छ ।
उनीबाट धेरै कृषकले कृषि परामर्श समेत लिने गरेका छन् । आफ्नो सिको गरेर अहिले गाउँमा अन्य कृषकहरुले पनि व्यावसायिक तरकारी खेती शुरु गरेका उनले बताइन । राधा भन्छिन ,मेरो श्रीमान् पैसा कमाउन धेरै ठाँऊमा चाहार्नु भयो । पैसा त्यसै नफल्ने, जागीर खान पढेको छैन, कसले जागीर दिन्छ ? उनले प्रश्न गरिन । ‘अनुभवी अगुवा कृषकको तालिम पाए पछि अहिले हरेक कुरा आफै गर्न सक्ने भएकी छु ।’ राधाले भनिन, ‘श्रीमानलाइ समेत व्यवसायिक कृषि प्रणली बाट राम्रो रोजगारी मिलेको छ । अहिले आफ्नै आम्दानी बाट बर्ष भरी खान पुगेको छ, भने बच्चालाई कसरी पढाऊँ, के खुवाउँ भनेर चिन्ता गर्नु परेको छैन ।’ पढेर मात्र जागिर खान पाईन्छ, अनि पैसा कमाउन बिदेशमा नै जानु पर्छ भन्ने हाम्रा गाँऊका युवाहरुले एक पटक राम्ररी सोचे विदेशी डलर यही फल्ने ग्रामिण भेगका युवाहरुलाई उनको सुझाव छ ।

पैसा गाँऊमा नै छ, त्यो पैसालाई टिप्ने कला नभएर मात्र नेपालीहरु बिदेश धाईरहेको उनले बताइन् । गाउँमा केही रोजगारी नपाएपछि केही वर्ष अगाडी रोजगारीको शिलशिलामा भारत पुगेका श्रीमान लाइ समेत अहिले आफैले रोजगारी दिएर राखेकी गुरुङ्गले आफ्नै लगानीमा प्लाष्टिक टनेल खरिद गरि व्यवसायिक गोलभेडा खेती पनि गरिरहेकी छन् । भारतमा केही कमाइ नभएपछि घर फर्केर ओखलढुंगा सदरमुकाम र घुर्मी बजारमा व्यापार गर्न घुम्ने उनका श्रीमान र राधाले जेटिएको सल्लाह अनुसार विभिन्न किसीमका तरकारी उत्पादन गरी राम्रो आम्दानी गर्न थालेको लिली परियोजना ओखलढुंगाकी कार्यक्रम संयोजक आशा बुढामगरले बताइन । २०६७ साल बाट लिलीको सहयोगमा सुरु गरेको तरकारी खेतिलाइ व्यवसायिक बनाएर लान थाले पछि उनको जिवनमा नौलो परिवर्तन देखिएको बुढामगरको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :