बैठक बोलाउने विवादको छिनोफानो राजनीतिक समितिमार्फतः कोइराला

यो समाचार 92 पटक पढिएको

काठमाडौँ,  १९ पुस \नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको पहिलो बैठक बोलाउनेबारेको छिनोफानो राजनीतिक समितिमार्फत टुंगो लगाउनुपर्ने बताएका छन् । उनले स्वाभाविक रुपमा राष्ट्रपतिले संविधानसभाको बैठक आह्वान गर्ने प्रचलन भए पनि बैठक कसले बोलाउने भन्नेमा अहिले राजनीति अल्झनमा परेको भन्दै समितिमार्फत त्यसको टुंअगो लगाउनुपर्ने बताएका हुन् ।

sushil-koirala-300x239

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको दशौँ केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै उनले अघिल्लो संविधानसभाको बैठक कार्यवाहक राष्ट्राध्यक्षको हैसितयले गिरिजाप्रसाद कोइरालाले बोलाएको स्मरण गर्दै अहिलेको बैठकपनि राष्ट्रपतिले बोलाउनुपर्ने संकेत गरे ।

उनले भ्रष्टाचार नियन्त्रण गरेर मुलुकलाई समृद्धितर्फ अघि बढाउन चुनौति रहेको औंल्याए । उनले जलस्रोत र पर्यटन क्षेत्रको विकासबाट मात्र परनिर्भरता हटाउन सकिने बताए ।

 

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :