भृकुटीले मकैको विउ पनि उत्पादन गर्ने

This post has already been read 158 times!

गोरखा १९ पुस । गोरखा पालुङटारको भृकुटी विउ उत्पादक समुहले यसबर्षदेखी उन्नत जातको मकैको विउपनि उत्पादन गर्ने भएको छ । पालुङटार ७ बाह्रपिर्केमा अघिल्लो बर्ष मंसीरबाट धानको विउ उत्पादन शुरु गरेको समुहले यसबर्षदेखी मकैको विउ पनि उत्पादन गर्ने भएको हो । जिल्ला कृषि विकास कार्यालय, कृषि क्याम्पस लमजुङ तथा रामपुर मकै विकास केन्द्र लगायतका संघसस्थांसगँको समन्वयमा मकैको विउ उत्पादन गर्ने तयारी थालिएको समहुका सल्लाहकार कृष्ण न्यौपानेले बताए ।Maize

उनले भने “कृषि क्याम्पस लमजुङ , रामपुर मकै विकास केन्द्रबाट मुलबिउ किनेर ल्याउने छौ । त्यसपछि चैत बैशाखमा किसानलाई उपलब्ध गराउने र बाली उठाईसकेपछि फेरी किसानसगँ विउ किनेर गे्रडिङ गरेर वितरण गर्ने तयारी भएको छ ।” पहिलो बर्ष करीब २ सय मुरी मकैको विउ उत्पादन गर्नेगरी विउ बाड्ने समुहको लक्ष्य छ । न्यौपानले भने “ विउ उत्पादनका लागी हामीले किसानलाई दिएको मुलविउ अन्य विउसगँ नमिसाई छुट्टै किसीमबाट रोप्न लगाउछौ ।”

समुहले यसबर्ष विभीन्न जातका ५ सय मुरी धानको विउ उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसका लागी किसानसगँ नयाँ धान किनेर ग्रेडिङ गर्ने काम भैरहेको समुहले जनाएको छ । मकवानपुर, सावित्री, सुख्खा १, सुख्खा २ र रामधान जातका २ सय ७० मुरी धानको विउ किसानबाट संकलन भैसकेको छ । संकलन भएको धानबाट साना दाना तथा फोहोर छुट्टाएर ग्रेडिङ गरी प्याकीङ गर्ने काम भैरहेको समुहका सल्लाहकार न्यौपानेले जानकारी दिए । उनले भने “ अहिलेसम्म मकवानपुरे ५० मुरी ,सावित्री ५५ मुरी , सुख्खा एक ४० मुरी, सुख्खा दुई ४०मुरी र रामधान ३५ मुरी ग्रेडिङ गरेर प्याकीङ भइरहेको छ । अरु धानपनि संकलन हुदैछ ।”

गतबर्ष ४ सय मुरी धानको विउ उत्पादन भएकोमा २ सय मुरी लमजुङ निर्यात भएको थियो । समुहबाट उत्पादन गरेको विउ लगाएमा डेढगुना उत्पादन बढ्ने सल्लाहकार न्यौपानेले दाबी गरे । उनले भने “किसानले घरमा राखेको पुरानो, घुन लागेको, पुत्ला लागेको विउ लगाउथे तर यस समुहबाट उत्पादन भएको बिउले उत्पादन बढाउछ । डेढगुनासम्म उत्पादन बढेको पाएका छौ । यो बर्ष उत्पादन भएको विउ अर्को बर्ष मात्रै लगाउने हो । पुरानो विउले त उत्पादन कम भैहाल्छ नि । ”

यसबर्ष धानको विउ जेठबाट वितरण गर्ने गरी तयारी थालिएको छ । धानको जात अनुसार प्रतिकिलो विउको मुल्य फरक फरक परेपनि औसतमा प्रतिकिलो ४० रुपैया पर्ने न्यौपानेले जानकारी दिए । जिल्लाकै खोप्लाङ, मिरकोट, च्याङली, गाईखुर, आपँपीपल, हर्मी लगायतका किसानले समुहबाट नै उत्पादीत विउ खरीद गरी लगाएका समुहले जनाएको छ । जिल्लामा नै पहिलो पटक पालुङटारमा विउ उत्पादन हुन थालेपछि उन्नत जातका धानको विउ खोज्न किसानहरु जिल्लाबाहीर जानुपर्ने बाध्यता हटेको छ । खाद्यान्न बालीको विउ उत्पादन गर्ने अनुमति पाएको समुहले क्रमैसँग सबै प्रकारका बालीको विउ उत्पादन गर्दै जाने लक्ष्य लिएको छ । विश्व बैंकले आबश्यक मेसीनसँगै भवन बनाउनका लागी ३० लाख रुपैया उपलब्ध गराएको थियो । विउ उत्पादन समुहको भवन बनाउनका लागी स्थानीयले ४ लाख रुपैया बराबरको श्रमदान पनि गरेका थिए ।

कारोबारबाट