देश कै उत्कृष्ठ कफी सहकारीलाई सम्मान

यो समाचार 196 पटक पढिएको

  •  समिक्षा शर्मा

पर्वत । सहकारीको माध्यामवाट अर्गानीक कफीको व्यवसायीक उत्पादन, प्रशोधन र बजारीकरणको साथै सदस्यहरुको व्यवसायीकतामा जोड दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले देश कै उत्कृष्ठ कफी सहकारीको रुपमा पर्वतको सदरमुकाम कुश्मामा क्रियाशिल अर्गानीक कफी सहकारी संस्था लाई सम्मान गरेको छ।

offe dibas

 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा नेपाल कफी व्यवसायी महासंघद्वारा षौष १२ र १३ गते दुई दिन सम्म पोखरामा आयोजना गरेको नबौं राष्ट्रिय कफी दिवस तथा दोस्रो राष्ट्रिय कफी महोत्सवको अवसरमा कृषि बिकास मन्त्री टेकबहादुर थापा घर्तीको साथै बोर्डका कार्यकारी निर्देशक रमण पाठक र महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारी लगायतले उक्त सम्मान पत्र वितरण गर्नुभएको हो।

उत्पादीत कफीको बजार व्यवस्थापन नभएको तथा विभिन्न कफी कम्पनीहरुको लापरवाहिको कारण कृषकहरु मर्कामा परेपछि ४ वर्ष अगाडी व्यवसायीक कफी कृषक तथा पल्परकर्ताहरुको प्रयासमा उक्त सहकारीको स्थापना गरिएको थियो। कुल ६० जना सदस्य रहेको उक्त सहकारीले अहिले पर्वत जिल्ला लगायत बागलुङ र म्याग्दी जिल्लामा उत्पादीत कफीको बजारीकरणको साथै उक्त क्षेत्रमा कफी प्रबर्धनको काम समेत गर्दै आएको सो संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष भवानीप्रसाद शर्माका अनुसार सहकारीले पर्वत, बागलुङ र म्यादी जिल्लाका कफी क्षेत्रका विभिन्न गाविसमा रहेका ३२ बटा पल्पीङ केन्दै मार्फत करिव १५ मेटि्रकटन कफी राष्ट्रिय तथा अर्न्तराष्ट्रिय बजारमा बिक्रि गर्दै आएको छ।

नेपाल कफी व्यवसायीक महासंघका महा–सचिव एवं केन्द्रीय कफी सहकारी संघका उपाध्यक्ष समेत रहनुभएका शर्माका अनुसार संस्थाले आफ्ना सदस्यहरुको व्यवसायीकताकाको लागि कृषिका विभिन्न क्षेत्रमा सुलभ व्याजदरमा ऋण लगानी गर्नुको साथै उत्पादीत बस्तुको बजारीकरणमा समेत सहजीकरण गर्दै आएको छ। संस्थाले व्यवसायीक कफी खेतीको साथै व्यवसायीक बाख्रा पालन, गाई भैसी पालन, कुखुरा पालन, माहुरी पालन र व्यवसायीक तरकारी खेतीको साथै विभिन्न कृषि तथा व्ययपार व्यवसायमा लगानी गरेको गर्दै आएको सो सहकारीले जनाएको छ।
यस बाहेक उक्र सहकारीले ‘धौलागिरि कफी’ नामको ब्राण्ड तयार गरि स्थानीय र राष्ट्रियको साथै अर्न्तराष्ट्रिय बजारमा समेत धुलो कफी बिक्रि गर्दै आएको अध्यक्ष शर्माले वताउनुभयो। शर्माका अनुसार सहकारीले यसै बर्षदेखी कफी उद्योग स्थापना गरि सम्पुर्ण प्रशोधनका कार्यहरु संचालन गर्ने भएको छ। त्यसको लागी कतीपय मेसीन औजारहरु कफी तथा चिया विकास शाखा किर्तिपुर मार्फत अनुदानमा प्राप्त भएको र कतिपय सहकारी आफैले खरिद गरेको सहकारीले जनाएको छ। सहकारीका अनुसार यस वर्षदेखी कफीको प्रशोधन सम्वन्धी सम्पुर्ण कार्यहरु संचालन गरिने अध्यक्ष शर्माले बताउनुभयो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :