मनाइयो पोल्ट्री दिवस

यो समाचार 153 पटक पढिएको

 रत्‍ननगर , चितवनमा पहिलो राष्ट्रिय पोल्ट्री दिवस मनाइएको छ। पूर्वी चितवनको रत्ननगरमा बुधबार धुमधामसाथ पहिलो पोल्ट्री दिवस मनाइएको हो। सरकारले बाराको परवानीपुरमा सेन्ट्रल ह्याचरी स्थापना गरि विधिवतरुपमा समुद्घाटन गरेको दिन पारेर पुस १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसको रुपमा घोषणा गरे पछिको यो पहिलो औपचारिक कार्यक्रम हो।

poultry

२०१७ पुस १७ गते तत्कालीन राजा महेन्द्रले ह्याचरीको औपचारिक उद्‍घाटन गरेका थिए। नेपाल पोल्ट्री महासंघ, पशुसेवा विभाग, पशुपंन्छी बजार प्रवद्र्धन निर्देशनालयले सम्युक्तरुपमा आयोजना गरेको हो। पोल्ट्री दिवस २०७० का संयोजक शिवराम केसीले समग्र नेपालको पोल्ट्रीको अवस्था र कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। कार्यक्रममा सहभागीहरुले सरकारी नीति कमजोर हुनु, व्यवसायीमा इमान्दरीताको कमी हुनुले पनि पोल्ट्री व्यवसायमा समस्या सिर्जना भएको बताएका थिए।

कार्यक्रममा पशुसेवा विभागका महानिर्देश डा. नरबहादुर रजवारलगायतले पोल्ट्री दिवसको महत्वबारे प्रकाश पारेका थिए। नेपालको कूल राष्ट्रिय आयमा चार प्रतिशत योगदान रहेको दाबी गरिएको पोल्ट्री व्यवसायमा ६० अर्वको लगानी भएको अनुमान छ। यो व्यवसायमा देशभर पाँच हजार भन्दा बढी व्यवसायी रहेको र ६५ हजार जना भन्दा बढीले प्रत्येक्ष रोजगारी पाएको अनुमान छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :