साताव्यापी खाद्य स्वच्छता दिवस मनाइदैं

यो समाचार 202 पटक पढिएको

काठमाडौं, पुस १९ स्वच्छ खानाः सबैको चाहना भन्ने नाराका साथ विगत वर्षहरु जस्तै यसपटक पनि राष्टिय खाद्य स्वच्छता दिवस विविध कार्यक्रमका साथ मनाइने भएको छ । खाद्य स्वच्छता तथा गुणस्तरवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबारदेखि साताव्यापीरुपमा खाद्य स्वच्छता दिवसको आयोजना गरेको हो ।

विभागले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस १९ देखि २५ गतेसम्म छैटौ राष्टिय खाद्य स्वच्छता दिवस मनाइने जानकारी दिएको छ । विभागले सरोकारवाला निकायहरु उपभोक्तावादी संस्था, खाद्य उद्योग, खाद्य प्रविधि विषयक शैक्षिक संस्थालगायतका निकायहरुसँगको सहकार्यमा हरेक वर्ष राष्टि खाद्य दिवस मनाउँदै आएको छ ।

शनिबार विभिन्न सन्देशमूलक प्लेकार्डसहित काठमाडौको मीनभवन क्षेत्रमा बागमति नदी सरसफाई कार्यक्रम, २३ गते विभाग परिसरमा आयोजना हुने मूल कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण क्षेत्रमा उत्कृष्ट योगदान पुुरयाउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान र उत्कृष्ठ खाद्य उद्योगलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको विभागकी महानिर्देशक जीवनप्रभा लामाले जानकारी दिइन् । उनले पछिल्ला दिनहरुमा खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरणविरुद्ध उजुरी बढ्दै गएको बताएकी छिन् । तर नीतिगत र संरचनागत समस्याका कारण खाद्य गुणस्तर नियन्त्रणको क्षेत्रमा विभागले प्रभावकारीरुपमा काम गर्न नसकेको उनको गुनासो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :