बैंकिङ ऋणमा वाइस प्रतिशत किसानको मात्र पहुँच

यो समाचार 217 पटक पढिएको

काठमाडौं \  नेपाल राष्ट्र बैंकले कृषि र उर्जा क्षेत्रमा कूल कर्जाको वाह्र प्रतिशत ऋण प्रभाव गर्नुपर्ने नीति अ ितयार गरेपनि किसानहरू अझै पनि आफन्तको सहयोगमा खेतिपाती गर्दैआएका छन। ठूला बैंकहरूको फरक फरक प्रक्रिया र किसानमैत्री ऋण प्रवाह गर्ने नीति नभएका कारण अधिकाँश किसानहरू आफन्तहरूको ऋणको सहयोगमा खेतीपाती गर्दैआएका छन।

agro bank

केन्द्रिय तथ्याँक विभागले गत मंगलबार सार्वजनिक गरेको एक तथ्याँकअनुसार बैंकिङ ऋणमाथि हालस म वाइस प्रतिशत किसानको मात्र पहुँच पुगेको छ। बाँकी किसानले भने बैंकबाट ऋण नलिएरै खेतिपाती गर्दैआएका छन। विभागले गरेको छैठौं कृषि गणनाको प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको छ। गणनाको प्रतिवेदनअनुसार ७८ प्रतिशत किसानहरूले बैंकिङ ऋणभन्दा अन्य क्षेत्रको सहयोगको आधारमा खेतिपाति गर्दैआएका छन। ‘सरकारी र नीजि क्षेत्रका ठूला बैंकहरूमा २२ प्रतिशतको हाराहारीमा मात्र किसानको पहुँच भएको देखियो,Ó विभागका कृषि शाखाका निर्देशक अ िवका वस्यालले भने,’झण्झटिलो प्रकृयाका कारण पनि बैंकहरूप्रति किसान आकर्षित नहुन सक्छन।Ó

विभागको तथ्याँकअनुसार ३७ प्रतिशत किसानहरू आफन्तको आर्थिक सहयोगमा खेतिपाति गर्छन। १४ प्रतिशत किसानले महिलाहरूले बचत गरेको रकमको सहयोगमा कृषि कर्म गर्छन। यस्तै १७ प्रतिशत किसानले गाउँघरमा खुलेका स-साना कोअपरेटिभ सहकारी संस्थाको आर्थिक सहयोगमा र १३ प्रतिशत किसानले कृषि विकास बैंकबाट ऋण सहयोग लिएर कृषि पेशालाई निरन्तरता दिदैं आएका छन। निर्देशक बस्यालकाअनुसार १० प्रतिशत किसान खेतिपातिका लागि आफै जोहो गर्छन भने नौं प्रतिशत किसानले अन्य साना फाइनान्स संस्थाहरूबाट ऋण सहयोग लिएका छन।

बैंक, कोअपरेटिभ, फाइनान्स संस्थास म पहुँच पुगेका किसानहरूले हालस म सबैभन्दा बढी पशु र कुखुरा पालनका लागि ऋण लिएको विभागको तथ्याँकस बन्धी प्रतिवेदनले देखाएको छ। यसैगरी २४ प्रतिशत किसानले रसायनिक मल तथा वीउबिजनका लागि बैंकबाट ऋण लिने गरेका छन। १७ प्रतिशत किसानले सिंचाई, एक प्रतिशतले माछापालन र सात प्रतिशतले अन्य प्रयोजनका लागि ऋण लिने गरेका छन। तथ्याँकले सबैभन्दा अर्को चाखलाग्दो तथ्य पनि सार्वजनिक गरेको छ। विश्वभर कृषि क्षेत्रले पर परावादी खेतिप्रणाली छाडेर आधुनिक प्रविधिसहितको प्रणालीलाई अपनाइसकेको अवस्थामा नेपालमा भने पाँच प्रतिशत किसानहरूले मात्र कृषि यन्त्र र उपकरणका लागि बैंकहरूबाट ऋण लिने गरेका छन।
कृषिमा कर्जा प्रवाह गर्न सबै ब्यांक तथा वित्तीय संस्थाको प्रकृयामा एकरूपता तथा वित्तीय संस्थाले कृषि क्षेत्र ‘जोखिम क्षेत्रÓ मानिएकाले पनि नेपाल राष्ट्र बैंकको उक्त नीति कडाईका साथ कार्यान्वयनमा आउन नसकेको हो। अधिकाँश ब्यांक तथा वित्तीय संस्थाहरू ठूला शहर केन्द्रित हुने र त्यस्ता वित्तीय संस्थाबाट प्रवाह हुने सुविधा शहर केन्द्रित मात्रै भएकाले पनि किसानहरू उक्त सुविधा उपभोग गर्न सकेका छैनन्।
नेपालमा हाल ३१ वटा कमर्सियल बैंक सञ्चालनमा छन। राष्ट्र बैंकको तथ्याँकअनुसार बाणिज्य बैंकहरूले गत असोज कात्तिकमा करिब साढे ४१ अर्ब रूपैयाँ कृषि ऋणतर्फ प्रवाह गरेका थिए। त्यसअघि असार साउनमा करिब २९ अर्ब लगानी भएको बैंकको तथ्याँकले देखाएको छ। बैंकका गभर्नर युवराज खतिवडाले आगामी दुई बर्षभित्र कृषि क्षेत्रमा क तीमा एक खर्ब रूपैयाँ लगानी गर्नुपर्ने सुझाव दिएका छन।
कृषिमा ब्याँकिङ क्षेत्रले अहिले ४१ अर्ब रूपैयाँ लगानी लगाइसकेको जानकारी गराउँदै गर्भनर खतिवडाले आगामी दुई वर्षभित्रमा क तीमा सय अर्ब लगानी गर्न सकिए यो क्षेत्रमा केही सुधार हुने बताए। उनकाअनुसार बैंकहरूले पछिल्लो समयमा कृषि ऋणसहित पशुपन्छी बिमा, बाली बिमा, माछा बिमालगायतका कार्यक्रममा लगानी लगाएको जानकारी गराए। ‘तर अहिले पूर्ण रूपमा यो कार्यान्वयनमा आउन सकेको छैन, प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन बैंकहरूलाई निर्देशन दिइएको छ,Ó उनले भने।

 

केका लागि कति ऋण

क्षेत्रगत                                                 प्रतिशत

सिंचाई                                                   १७

पशु/पंछि पालन                                    ४६

यान्त्रिकरण                                           ५

मल/बीउबिजन                                   २४

माछा                                                    १

अन्य                                                    ७

रचनात्मक प्रतिक्रिया दिनुहोस् :