रसुवामा फल्यो डेढ किलोको सखरखण्ड

यो समाचार 318 पटक पढिएको

  • बलराम घिमिरे

रसुवा जिल्लाको डाँडागाउँ गाविसका किसानले गरेको हेलेन जातको सखरखण्डको परीक्षण उत्पादन सफल भएको छ । डाडाँगाउँ गाविसका ५ जना कृषकहरूको घरमा परीक्षणको रुपमा हेलेन सखरखण्ड लगाइएको थियो ।यो सखरखण्डमा भिटामिन ए धेरै पाइने हुँदा सुत्केरी महिला र दुई वर्ष मुनिका बालबालिकाहरूका लागि स्वास्थ्यवद्र्धक मानिन्छ । हेलेन जातको सखरखण्डमा भिटामिन ए र कार्बोहाइडेट प्रचुर मात्रामा पाईने सुआहारा कार्यक्रमका रसुवा संयोजक मनोज मिश्रले बताउनुभयो ।
sakharkarda
जिल्लाको १८ वटै गाविसमा सञ्चालित पोषण तथा सरसफाई क्षेत्रमा कार्यरत सुआहारा कार्यक्रमले यसै वर्ष जिल्लामा परिक्षणको रुपमा हेलेन जातको सखरखण्ड भित्र्याएको हो । डाँडागाउँ गाविसका कृषकहरूको खेतीमा गरिएको परिक्षण उत्पादन राम्रो भएकोले हेलेन जातको सखरखण्ड आगामी दिनमा जिल्लाको १८ वटै गाविसमा लगाउने तयारी गरिएको संयोजक मनोज मिश्रले बताउनुभयो । कृषकहरुलाई सखरखण्डाको लहराका टुक्रा चितवनबाट ल्याएर बितरण गरिएको हो । परीक्षणको रुपमा लगाउँदा पनि डेढ १ किलोसम्मको सखरखण्ड उत्पादन भएको डाँडागाउँका किसान तीर्थ गुरुङले बताउनुभयो ।

सखरखण्डमा प्रोटिन, मैदाको तत्व, एमिनोएम एसिड, मानवस्वास्थ्यमा फाईदा पुग्ने रेशातत्व भिटामिन ए, बी र क्यालिसयम समेत पाईन्छ । विश्व स्वास्थ्य संगठनले दशवटा दश गुणस्तरीय खाद्यान्नमा सखरखण्डलाई समावेश गरेको छ । सुआहाराले जिल्लामा स्वास्थ्य, कृषि, पशु शिक्षा पोषण तथा सरसफाई क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमले २ वर्ष मुनिका बालबालिकाहरू, गभर्गवती र सुत्केरीको पोषण स्थितिमा सुधार ल्याउन कार्यक्रम सञ्चान गरिरहेको छ ।

साभार ः उज्यालो

रचनात्मक प्रतिक्रिया दिनुहोस् :