मोनसान्टो बीउ आयातमा प्रतिवन्धको माग

यो समाचार 256 पटक पढिएको

काठमाडौं, १७ पुस \युवा किसान संघ नेपालले मोनसान्टोलगायत अन्य कम्पनीबाट उत्पादित कुनै पनि प्रकारको बीउ आयात तथा बिक्रि बितरण गर्न नदिन सरकारसँग माग गरेको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले बाहिर मुलुकको वहुराष्ट्रिय कम्पनीबाट आयात हुने विभिन्न प्रकारका बीउका कारण स्थानीय जातका बीउहरु मासिने तथा लोप हुने खतरा भएकाले आयात तथा बिक्रि बितरणमा रोक लगाउनुपर्ने माग गरेका हुन ।

Yuva
संघका अध्यक्ष बाबुराम थापाले हाइब्रीड जातका बीउको आयातको नाममा बर्षेनी अर्बौ रुपैयाँ विदेशिने हुनाले त्यसलाई रोक्न नेपालमै हाइब्रीड जातको बीउ उत्पादन गर्नुपर्ने बताए । मोनसान्टोजस्तो कम्पनीको कुनै पनि जातको बीउ नेपालमा भित्रन नदिन आग्रह गर्दै उनले नेपालकै स्थानीय जातका उन्नत बीउलाई प्रोत्साहन गर्नुपर्ने औल्याए । “सरकारले बाहिरबाट आउने सबैप्रकारका बीउको आयात तत्कालै रोक्नुपर्छ, हाम्रै स्थानीय जातको बीउलाई प्रोत्साहन गरेर नेपाली किसानले दाना नलागेर बर्षेनी भोग्ने समस्याबाट निकास दिनुपर्छ,” उनले भने ।
सरकारले बीउ आयात गर्न गरिने परीक्षणलाई कडाई गर्नुपर्ने माग गर्दै उनले एउटा बीउ आयात गर्न गरिने परीक्षण एक पटक मात्रै होइन, बरु जति पटक आयात हुन्छ, त्यति पटक परीक्षण गर्नुपर्ने सरकारसँंग माग गरेका छन ।

संघले पत्रकार सम्मेलनमा दश बुंदे माग पनि अघि सारेको छ । मोनसान्टोको आनुवांशिक मकैको बीउको आयात तत्काल प्रतिवन्ध गर्नुपर्ने, माध्यमिक तहसम्म कृषि र प्राविधिक शिक्षाको व्यवस्था गर्नुपर्ने, प्रत्येक निर्बाचन क्षेत्रमा कृषि प्राविधिक शिक्षालयको व्यवस्था गर्नुपर्ने र गाउ विकास समिति स्तरीय कृषि तथा प्राविधिक सेवा केन्द्रको स्थापना गर्नुपर्ने माग अघि सारेको छ ।
यस्तै कृषि सामाग्रीहरु मल, बीउ, यन्त्र र उपकरणहरुम पर्याप्त अनुदानको व्यवस्था गर्दै कृषि क्षेत्रमा देखिएका अनियमितता र भ्रष्टाचारको भण्डाफोर गरिने तथा कृषि योग्य जमिनको खण्डीकरण र अतिक्रमण बन्द गर्नुपर्नेलगायतका माग सारेको महासचिब लेखराज गौतमले जानकारी दिए ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :