यसैवर्ष थप चार नयाँ दाना उद्योग

यो समाचार 208 पटक पढिएको

  • १ अर्ब लगानी
  • ६ महीनाभित्र पूर्ण सञ्चालनमा आउने

काठमाडौं,  गाइभैसी तथा कुखुरालाई आवश्यक पर्ने दानाको माग बढेसँगै थप चार नयाँ दाना उद्योग सञ्चालनमा आउने भएका छन् । दाना आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ थप चार नयाँ दाना उद्योग सञ्चालनमा आउन लागेको नेपाल दाना उद्योग सङ्घका अध्यक्ष डा. chicken-feedतिलचन्द्र भट्टराइले अभियानलाई बताए । ‘व्यावसायिक रुपमा कुखुरा तथा पशुपालनको शुरुआत भएसँगै दानाको माग बढेको छ,’ उनले भने, ‘मागलाई पूर्ति गर्न थप नयाँ दाना उद्योग सञ्चालनमा आउन लागेका हुन ।’

भट्टराईका अनुसार कोहलपूर, विराटनगर, इटहरी र चितवनमा सञ्चालन हुन लागेका दाना उद्योगमा १ अर्ब रुपैयाँ लगानी हुन्छ । त्यसमध्ये विराटनगर र इटहरीमा स्टार पिलेट फीड र एशिया पिलेट फीड, चितवनमा वेलहब पिलेट फीड र कोलहपूरमा सागर दाना उद्योग सञ्चालनमा आउन लागेको सङ्घका महासचिव रविन पुरीले बताए । विराटनगर र इटहरीमा सञ्चालनमा आउन लागेको दुइ दाना उद्योगमा करीब ५० करोड लगानी हुने सञ्चालकहरूले बताएका छन् ।
सङ्घका अध्यक्ष डा. भट्टराईले विराटनगरमा सञ्चालनमा ल्याउन लागेको दाना उद्योगले दैनिक १ सय २० टन दाना उत्पादन गर्ने क्षमता छ । आगामी ६ महीनाभित्र सञ्चालनमा ल्याउने तयारीका उद्योगको संरचनाको कार्य शुरु भएको छ । पछिल्लो समय बर्डप्mलुका कारणले दाना उद्योग धराशायी बन्दै गएपछि बर्डप्mलु नियन्त्रणमा आएपछि दाना उद्योग फस्टाउने सङ्घले बताएको छ ।
‘कुखुरा व्यवसायलाई प्रमुख आम्दानीको रुपमा लिएको छ,’ उनले भने, ‘त्यसै कारणले पनि दानाको माग बढिरहेको छ, ।’ सानो लगानीमा समेत कुखुरा व्यवसाय सञ्चालन गर्न सकिने र बजार पनि शुनिश्चित भएकाले यसतर्पm मानिस आकर्षिक भएको दाना व्यवसायीहरूको भनाइ छ । झण्डै एकवर्ष अघि हेटौडामा करीब १ अर्ब रुपैयाँको लगानीमा नयाँ दाना उद्योग सञ्चालनमा आएको थियो । पोल्ट्री तथा दाना व्यवसायमा लामोसमयदेखि सङ्लग्न व्यवसायीहरूको सयुक्त लगानीमा सिद्धाथ पिलेट फीड इण्डष्ट्रिज सञ्चालनमा आएको हो । ‘अहिले उद्योगले व्यावसायिक उत्पादन शुरु गरेको छ,’ उद्योगका अध्यक्ष नारायणहरी खत्रीले भने ।
सङ्घका महासचिव पुरीका अनुसार सरकारले बर्डप्mलु पैmलिएका कुखुरा नष्ट गरेपनि सुली व्यवस्थापन गर्न नसकेकाले केही समस्या भएको छ । ‘सुली व्यवस्थापन गर्नसके व्यवसायीले नयाँ कुखुरा राख्न मिल्थ्यो,’ उनले भने, ‘तर, बर्डप्mलु नियन्त्रण गर्न ढिलाइ भएकाले पुनः कुखुरा व्यवसाय गर्न सकिएको छैन ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :