धानको मूलबीउ संकलन सुरु

यो समाचार 214 पटक पढिएको

जनकपुरधाम, १५ पुस । पाँच सय ३७ टन सरकारी अनुदानको गहुँको बीउ बिक्री गरेको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, जनकपुर शाखाले अब किसानसँग धानको मूलबीउ सङ्कलन कार्य सुरु गरेको छ ।

seed

सतहत्तर हेक्टरका लागि किसानलाई दिएको १४० टन धानको बीउ सङ्कलन गर्ने लक्ष्य रहेको शाखा प्रमुख रामबाबु महतोले राससलाई बताउनुभयो । गत वर्ष धनुषाका ९० जना किसानलाई ७७ हेक्टर क्षेत्रफलमा धानखेती गर्न दिइएकामा ती ठाउँमा धानको मूलबीउ सङ्कलन गरी वैशाख र जेठमा बिक्री गर्ने लक्ष्य कम्पनीले राखेको छ । किसानबाट सङ्कलन गरिएका धानको बीउ उन्नत तथा राम्रो छ/छैन जाँच्न हेटौँडाको प्रयोगशालामा पठाउने र उन्नत जातको भएमात्र सङ्कलन गरिने बताइएको छ ।

अहिलेलाई स्वबर्णासब, बास्मती, सावामन्सुली, मन्सुली, हर्दिनाथलगायत उन्नत जातको धानको बीउ सङ्कलन गरिने भएको छ । सोना मन्सुली धानमा बढी रोग लाग्ने, उत्पादन कम हुने भएकाले सरकारले त्यसको सट्टा बढी उत्पादन हुने स्वबर्णासब धान किसानमाझ ल्याएको महतोले बताउनुभयो । यो धान प्रतिकट्ठा ४–५ मन उत्पादन हुने गर्दछ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :