भूमिमा महिलाको स्वामित्वको अवस्था निरासा

यो समाचार 297 पटक पढिएको

काठमाडौं, पुस १५\ कृषि क्षेत्रमा महिलाको बढ्दो सहभागिता कृषिको व्यवसायीकरणका लागि उत्साहजन भएपनि भूमिका महिलाको स्वामित्वको अवस्था निरासाजनक रहेको सम्वद्ध व्यक्तिहरुले बताएका छन् । भूमिमा महिलाको स्वामित्व बढाउन सके कृषि अझै महिला सहभागिता बढ्ने उनीहरुको भनाइ थियो । पछिल्लो राष्टिय कृषि गणनाले पनि कृषिमा महिला सहभागिता बढेको देखाएको छ ।


विकासका लागि स्थानीय स्वयंसेबकहरुको प्रयास(सल्भ नेपाल) को सहयोगमा नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) द्धारा सोमबार राजधानीमा आयोजित कृषिमा महिला सहभागिता विषय अन्तरक्रिया उनीहरुले सो कुरा बताएका हुन् । सल्भ नेपालका अध्यक्ष नारायण जोशीले पुरुषहरु वैदेशिक रोजगारमा जाने क्रमले महिलाहरुलाई आफै व्यवसाय गर्न वाध्य बनाएको र सोही क्रमम उनीहरु कृषि उद्यमशीलताफर्त अग्रसर भएकोे बताए ।

JONNA-Programe

सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रधानले कृषि क्षेत्रमा महिला सहभागिता बढाउनका लागि सबैभन्दा पहिले भूमिमा महिलाको अधिकार सुनिश्चित हुनपर्ने बताए । चौतर्फी दवावपछि महिलाका नाममा जग्गा रजिष्ट्रलाई सरकारले प्रोत्साहित गरेको भएपनि कार्यान्वयन चुुनौतीपूर्ण रहेको बताए । कतिपय ठाउँमा श्रीमान् र श्रीमतिको सयुक्त लालपूर्जा बनाउने क्रम सुरु भएपनि अधिकांस महिलाले यस अभियानमा आफ्नै परिवारबाट अवरोध खेप्नुपर्ने अवस्था रहेको बताइएको छ ।

कार्यक्रममा ललितपुर जिल्ला भूमि अधिकार मञ्चकी अध्यक्ष तथा अगुवा महिला कृषक सुभद्रा बजगांईले भूमिका महिला स्वाभित्वको अभियान चुनौतीपूर्ण रहेको भन्दै आफ्नो अनुभव सुनाएकी थिइन् । निरन्तरको प्रयासपछि आफ्नो र श्रीमान्को नाममा सयुक्त लालपूर्जा बनाउन सफल भएको पनि उनले बताइन् । सल्भ नेपालको व्यवस्थापन र लुथरन विश्व फेडरेसन नेपालको सहयोगमा ललितपुर जिल्लाका भारदेउ, चौघरे, देवीचौर, घुसेलर भटट्ेडाडा गाउ विकास समितिहरुमा गरिवी र लैगिक अन्यायविरुद्ध महिला सहकारी कार्यक्रम सञ्चालन भइरहेको छ । सोही कार्यक्रममार्फत स्थानीय महिलाहरु व्यवसायीरुपमा कृषि तथा पशुपालनमा लागेर आत्मनिर्भर बनेका छन ।

उल्लेखित महिला सहकारीहरुमा हालसम्म १ एक २१ लाख २१ लाखभन्दा बढी निक्षेष रहेको पनि सल्भ नेपालले जनाएको छ । सल्भ नेपालले लघु वित्त कार्यक्रमअन्तर्गत कृषि तथा पशुपालनका लागि महिलाहरुलाई विनाधितो रकम पनि प्रदान गर्दै आएको दाबी गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :