काठमाडौँको पश्चिमी क्षेत्रमा फस्टाउँदै च्याउ खेती

यो समाचार 203 पटक पढिएको

काठमाडौँ, काठमाडौँको पश्चिम भेग स्थित सतुङ्गल, दहचोक, वाडभञ्ज्याङ लगायतका क्षेत्रमा च्याउ खेती फस्टाउँदै गएको छ । बजारमा च्याउको माग दिन प्रति दिन बढ्दै जान थाले पछि यस क्षेत्रका कृषकले च्याउ खेतीलाई आय आर्जनको माध्यमका रुपमा उपयोग गर्ने गरेका हुन् ।

माग अनुसार च्याउ उपलब्ध गराउन कृषकलाई धौधौ परिरहेको स्थानीय कृषक टीकाराम बस्नेतले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा उत्पादित च्याउ काठमाडौँको प्रमुख तरकारी बजार कालीमाटी, बल्खु तथा भक्तपुर र ललितपुर लगायतका स्थामा पुग्ने गरेको छ । जाडो याममा तरकारीका साथै च्याउको सुप

Massrrom

निकै उपयोगी हुने भएका कारण यो समयमा च्याउको धेरै माग हुने उहाँले बताउनुभयो ।

काठमाडौँको पश्चिम भेगमा उत्पादित च्याउ पछिल्लो समयमा फार्मबाटै बिक्री हुनुले पनि आफूहरू च्याउ खेती तर्फ आकर्षित भएको कृषकहरू बताउँछन् । लगानी अनुसार च्याउ खेतीमा आम्दानी राम्रो हुने भएका कारण कृषकको रोजाइ च्याउ खेती बनेको कृषक बस्नेतको भनाइ छ । उहाँले च्याउको प्रकृति अनुसार २०० देखि ४०० सम्म प्रति किलो फार्मबाटै बिक्री हुने गरेको बताउनुभयो ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :