एउटै फर्सी २० किलोको

This post has already been read 169 times!

दमौली, तनहुँको थप्रेक निवासी सविता गुरुङको बारीमा २० किलोभन्दा बढी तौलका १० वटा फर्सी फलेका छन्। बारीमा त्यति ठूला फर्सी फलेपछि हेर्नेको भीड लाग्ने गरेको छ। रैथाने जातको बीउबाट नै यति ठूलाठूला फर्सी फलेपछि गुरु ङसमेत दंग छिन्। उनी भन्छिन्, ुमलजल नगरी त्यतिकै बारीमा फालेको बीउबाट त्यति ठूला फर्सी फलेपछि म अचम्ममा परेकी छु।ुFarsi

यति बेला कृषि मेला नभएकाले फर्सी प्रदर्शनीमा राखेर सबैलाई देखाउने गुरुङको चाहना भने पूरा हुन पाएको छैन। गुरु ङको बारीमा पुगेका नेपाल किसान संघका केन्द्रीय प्रतिनिधि सूर्यभक्त भण्डारी फर्सी देखेपछि दंग परे। उनी भन्छन्, ुआम्मै१ कति ठूलो फर्सी। यस्त्रो फर्सी त मैले जीवनमै पहिलोपटक देखेको हुँ।ु