मोनसान्टो बिरू द्ध सर्वोच्चमा मुद्दा दायर

This post has already been read 172 times!

जिएमओ आयात गर्न  अनुमति दिइएको छैन: मन्त्रालय

काठमाडौं, १४ पुस | खाद्यान्न तथा तरकारी वालीको बीउ उत्पादन गर्दैआएको अमेरीकी वहुराष्ट्रिय क पनी मोनसान्टोलगायत अन्य क पनीको बीउ आयात तथा बिक्रि वितरणमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरिएको छ।

Monsanto 1

मोनसान्टोलगायत अन्य क पनीहरूद्वारा उत्पादन गरिने कुनै पनि प्रकारको बीउ नेपालमा आयात गर्न नदिन तथा त्यस्ता क पनीहरूबाट उत्पादित बीउ बिक्रि वितरणसमेत गर्न नदिन माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका हुन। अधिवक्ता अर्यालद्वारा दायर रिटमा मोनसान्टोसहित अन्य क पनीद्वारा उत्पादित बीउबिजनहरू एक पटक प्रयोग गरेपछि पुन: सोही बीउको प्रयोग गरेर अर्को बीउ उत्पादन गर्न नसकिने भएकाले तत्काल त्यस्ता बीउको आयात तथा बिक्रि बितरणमा रोक लगाउन माग गरिएको छ। अधिवक्ता अर्यालले प रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कृषि विकास मन्त्रालय, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रलाई विपक्षि बनाएर रिट दायर गरेका हुन्।

 

जेनेटिकली मोडिफाइ अर्गानिज्म(वंशाणुगत गुणमा फेर वदल गरिएका) बीउ रोपिएका खेतबाट पराग सेचन भएर अन्य स्थानीय जातका विरूवामासमेत जिएमओको गुण देखिने दावी गर्दै रिटमा अधिवक्ता अर्यालले जिएमओ गुण भएको खाद्य पदार्थको पशुसँगै मानिसमासमेत ग िभर स्वास्थ्य समस्या नि त्याउन सक्ने बताएका छन। रिटमा छिमेकी मुलुक भारतमा मोनसान्टोसहित अन्य क पनीहरूले उत्पादन गरेका विउविजन प्रयोग गर्दा ठूलो ऋण लागेर धेरै किसानहरूले आत्महत्या गर्नुपरेको भन्दै यो बिषयमा सरकारको राष्ट्रिय नीति के हो, त्यो स्पष्ट पार्न माग गरिएको छ। ‘विश्वका ६० भन्दा बढी मुलुकमा मोनसान्टोको उत्पादनहरूमाथि प्रतिवन्ध लागेको अवस्थामा नेपालमा भने जि मेवार अधिकारीहरूले विश्व व्यापार संगठनको सदस्य भएको कारण बीउविजन खरिदमा प्रतिवन्ध लगाउन नसकिने कुरा सार्वजनिक गरेका छन,Ó रिटमा अर्यालले उल्लेख गरेका छन,’विदेशी क पनीहरूको भर पर्नुपर्ने बाध्यात्मक परिस्थितिको श्रृजना हुनुका साथै करौडौं रूपैयाँ बीउबीजनमा खर्च हुने तथा बीउमाथिको किसानको धिकारसमेत समाप्त हुनेछ।Ó

यसैबीच सरकारले बहुराष्ट्रिय क पनी मोनसान्टोद्वारा उत्पादित जीएमओ बीउ नेपालमा आयात तथा विक्री गर्न प्रतिवन्ध रहेको जानकारी गराएको छ। आइतबार कृषि विकास मन्त्रालयले पत्रकार स मेलनको आयोजना गरेर मोनसान्टोद्वारा उत्पादित जिएमओ बीउको आयात तथा बिक्रि बितरणमा नेपालले प्रतिवन्ध लगाएको स्पष्ट पारेको छ। मन्त्रालयले कुनैपनि क पनीलाई जीएमओ बीउ आयात गरेर विक्री वितरण गर्नका लागि स्वीकृत नदिएको दावी गरेको छ।

‘हामीले कुनैपनि क पनीलाई जिएमओ बीउ आयात गर्त तथा बिक्रि वितरणका लागि स्वीकृति दिएका छैनौ,Ó पत्रकार स मेलमा राष्ट्रिय बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीले भने, ‘राष्ट्रिय उ
त्पादनमा खलल पु:याउने बीउलाई आयातका लागि स्वीकृति दिन सकिँदैन्।Ó मन्त्रालयकाअनुसार राष्ट्रिय कृषि नीति २०६१ ले उत्पादन वृद्धिका लागि नेपालमा बर्णशङ्कर(हाइव्रीड) बीउको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा जीएमओको प्रयोगलाई नियमन गर्नेछ भनेर व्यवस्था गरेको छ।
मन्त्रालयका प्रवक्त ा डा. प्रभाकर पाठकले बर्णशङकर बीउलाई विनाकारण रोक लगाउन नमिल्ने बताए । बीउविजन एेन २०५४ र बीउविजन नियमावली २०६९ ले समेत बहुराष्ट्रिय क पनीहरू बाट उत्पादित बर्णशङकर बीउ प्रक्रिया पूरा गरी नेपाल भित्र्याउन पाउने व्यवस्था गरेको छ। हाल नेपालमा आनुवांशिक परिवर्तित विदेशी जात सूचिकृत नगरिएको मन्त्रालयका सचिव जयमुकुन्द खनालले जानकारी दिए । विदेशबाट आयात भएर बजारमा विक्री भइरहेको बीउको नमूना सङ्कलन गरी परिक्षण गर्दा जीएमओ नेगेटिभ भेटिएको खनालको भनाइ छ।
‘नेपालमा मोनसान्टो क पनीका बीउहरू छिमेकी मुलुक भारतबाट आउछ,Ó पाठकले भने, ‘तर, भारतमा समेत मोनसान्टोद्वारा उत्पादित बीउ परीक्षणकै क्रममा रहेको छ।Ó आनुवांशिक परिवर्तित जातको बीउ बारेमा बीउ उत्पादक क पनीले अनिर्वाय रूपमा घोषणा गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यताले गर्दा जिएमओ बीउ आउने स भावना नभएको सचिब खनालले जानकारी दिए। ‘बहुराष्ट्रिय क पनीका वर्णशङ्कर बीउको आयातलाई प्रतिस्थापन गर्न राष्ट्रिय वर्णशङ्कर बाली प्रजनन कार्यक्रमलाई तिव्रता दिइनेछ,Ó सचिब खनालले भने।

हाल नेपालमा ६० बालीका लागि ५ सय ५६ जातमध्ये नेपालमै २ सय १५ जात विकास गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कार्यकारी निर्देशक डा. दिलबहादुर गुरू ङले बताए । बाँकी ३ सय ४१ जात विभिन्न बहुराष्ट्रिय क पनीद्वारा उत्पादित बीउ आयात हुँदै आएको छ। बहुराष्ट्रिय क पनीबाट आयातित बीउमध्ये धानका १७, मकैका ३२ र तरकारीका २ सय ९२ जात रहेको नार्कले बताएको छ । त्यसमध्ये मोन्सान्टो क पनीद्वारा उत्पादित मकैका ५ र तरकारीका ४ जात रहेको बताइएको छ । यो बर्णशङ्कर बीउ भएको मन्त्रालयले बताएको छ ।