विश्वभर ६० हजार प्रजातिका बिरुवा

This post has already been read 244 times!

काठमाडौं । विश्वमा अहिले ६० हजार ६५ प्रजातिका बोटबिरुवा रहेको नयाँ अध्ययनले देखाएको छ । बोटानिलक गार्डेन्स कन्जरभेसन इन्टरनेशनल (बिजिसिआई) ले विश्वभरमा गरेको अध्ययनबाट अहिले पृथ्वीमा ६० हजार ६५ प्रजातिका बोटबिरुवा रहेको पाइएको हो ।

बिजिसिआईले विश्वभरमा रहेका पाँच सय भन्दा धेरै सदस्य संस्थाबाट तथ्यांक संकलन गरी बोटबिरुवाको नयाँ तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । द जर्नल अफ सस्टेनेवल फरेस्टीमा प्रकाशित भएको प्रतिवेदन अनुसार सबै भन्दा धेरै बिरुवाको प्रजाति रहेको देश ब्राजिल हो । ब्राजिलमा ८ हजार ७ सय १५ प्रजातिका बोटबिरुवा छन् ।

यस्तै उत्तरी ध्रुवमा बिरुवा नभएको उत्तर अमेरिका बिरुवाका कम प्रजाति भएको क्षेत्र हो । त्यहाँ १४ सय भन्दा कम प्रजातिका विश्वमा पाइने आधा भन्दा बढी प्रजातिका बिरुवा एक देशमा मात्रै पाइने गरेको अध्ययनले देखाएको छ । ५८ प्रतिशत बिरुवाका प्रजाति एक देशमा मात्रै पाइने र ती प्रजाति जोखिममा रहेको उल्लेख गरिएको छ । वन फडानी तथा मौसममा आएको परिवर्तका कारण पनि ती प्रजाति लोप हुने जोखिम छ ।

झण्डै तीन सय प्रजातिका बिरुवा अति संकटापन्न अवस्थामा रहेको पाइएको छ । ती हरेक प्रजातिका बिरुवाको संख्या ५० भन्दा कम संख्यामा छ । विश्वभरबाट प्राप्त भएको तथ्यांकको विश्लेषणको सुरुवाति चरणमा रहेकाले बिरुवाको प्रजातिको संख्यामा फेरबदल हुन सक्ने बिजिसिआईका महासचिव पल स्मिथले बताए ।